७ वैशाख २०८१ शुक्रबार
अन्य

झम्सिखेलमा हिमालयन आर्ट ग्यालरी

पर्यटकहरू घुमेर नेपालबाट फर्कने बेला कोसेलीस्वरूप चित्र किनेर लान्छन्। उनीहरू हिमाल, संस्कृति, जनजीवन र देवताका मूर्ति अंकित चित्र किन्छन्। प्रमुख पर्यटकीय केन्द्रहरू ठमेल, झम्सिखेल, सौराहा, पोखरा लगायत ठाउँमा आर्ट ग्यालरी सञ्चालित छन्।

मकवानपुरे कलाकार मेखराम श्रेष्ठले आर्ट ग्यालरी चलाउन थालेको तीस वर्ष भैसक्यो। उनले ललितपुरको दरबार क्षेत्रमा ०४६ वैशाख १ मा ‘पाटन आर्ट ग्यालरी’ खोलेका थिए। अचेल उनी स्वयम्भूनाथ र झम्सिखेलको होटल भिभान्ता अगाडि ‘हिमालयन आर्ट ग्यालरी’ चलाउँदै छन्।

पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै आएको झम्सिखेलमा उनले भर्खरै ग्यालरी खोलेका। त्यहाँ मुलुकका चर्चित कलाकारका चित्र बिक्रीमा राखिएको छ। केही वर्ष यता नेपालीले पनि घर तथा कोठामा चित्र सजाउन थालेका छन्। यसबाट उनी उत्साहित छन्। 

बिचौलियाका कारण व्यवसाय धरापमा पर्दै गएको छ। उनीहरूले पर्यटक घुमाउने गाइडको सहयोगमा व्यापार गर्नुपर्छ। ‘पहिलापहिला गाइडलाई १५ प्रतिशत कमिसन दिइन्थ्यो’, श्रेष्ठ भन्छन्, ‘हिजोआज गाइडहरू ५० प्रतिशत माग्छन्। यसले हामीलाई समस्यामा पारेको छ।’
सम्पर्क : मेखराम श्रेष्ठ : ९८५१२३३०३५

प्रकाशित: ४ आश्विन २०७६ ०४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App