coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

तीज नृत्यको क्याप्टेन हुँदा

सर्वज्ञा राई
कक्षा–१०, गोल्डेनपिक हाइस्कुल,काठमाडौं।

दोस्रो उपत्यकाव्यापी गोल्डेन पिक अन्तरविद्यालयीय तिज नृत्य प्रतियोगिता राष्ट्रिय नाचघर काठमाडौंमा यही भदौ ९ गते गरिएको थियो। विद्यालयको विद्यार्थी परिषद्को अध्यक्ष तथा स्कुल क्याप्टेनको हैसियतले मेरो भूमिका ज्यादा थियो। त्यसमााथि म एक डान्सर पनि हुँ। एकातिर नृत्य देखाउनु थियो भने अर्कोतिर करिब ३५ जना स्वयंसेवक विद्यार्थीलाई परिचालन गर्दै कार्यक्रम सफल बनाउनु थियो।

हामी बिहान ९ बजे नाचघरमा उपस्थित भइसकेका थियौ। चावहिलको सरस्वतीनगरमा रहेको हाम्रो स्कुलले आयोजना गरेको दोस्रो अन्तरविद्यालयीय तिज नृत्य प्रतियोगितामा उपत्यकाका जम्मा २९ विद्यालयले भाग लिएका थिए। सबै विद्यालयको प्रस्तुति उत्तिकै राम्रा थिए। तिनै विद्यालय माझ नागार्जुन भ्याली एकेडेमी स्कुल प्रथम स्थान हासिल गर्न सफल भयो। प्रतियोगितामा सिर्जना ज्ञानसागर स्कुल दोस्रो र कौशल ईङ्गलिस सेकेन्डरी स्कुल तेस्रो भए।

प्रतियोगितामा ब्राइट एन्जलस स्कुल चौथो, एआइए स्कुल पाँचौ, अमृत आवासीय स्कुल छैटौं, प्याराडाइज रिडर्स स्कुल सातौं, हिमरश्मि हाइस्कुल आठौं, ग्रीनल्यान्ड स्कुल नवौं र नेरिक एकेडेमी दसौं भएका छन्। पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १२ हजार र ८ हजार रुपैयाँ नगद प्रदान गरियो। त्यसैगरी चौथौ र पाँचौं हुनेलाई ५÷५ हजार रुपैयाँ नगदका साथ शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताका विजयीलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाकी सदस्य रामकुमारी झाँक्रीले पुरस्कार, शिल्ड र प्रमाणपत्र वितरण गर्नुभएको थियो। यस्तै चौथोदेखि दसौं हुने स्कुललाई शिल्ड र प्रमाणपत्र पत्रकार तथा लेखक दामोदर न्यौपाने, पत्रकार रामकला खड्का, पत्रकार कालिका शिवाकोटी, महिला अधिकारकर्मी लक्ष्मी न्यौपाने, उपत्यका प्याब्सन अध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौंका वरिष्ठ उपाध्यक्ष राम केसी, गोल्डेन पिक हाइस्कुलका प्रिन्सिपल छत्रमणि राईले प्रदान गर्नुभएको थियो। निर्णायक मण्डलमा खड्ग बुढा, रेखा कटुवाल र महेश गोदार रहेका थिए।

कार्यक्रमको उद्घाटन काठमाडौं महानगरपालिकाका उपप्रमुख उपमेयर  हरिप्रभा खड्गीबाट पानसमा बत्ती बालेर गरिएको थियो। आफ्नो संस्कृति, संस्कार र सम्पदाबाट देशलाई चिनाउन हाम्रो स्कुलले चालेको यो कदम सराहनीय छ भन्दै मिठो भाषण पनि गर्नुभयो। वरिष्ठ उपाध्यक्ष काठमाडौं प्याब्सनका राम केसीले संस्थागत विद्यालयले हरेक वर्ष धेरै लगानी गरेर संस्कृति जगेर्ना र राष्ट्रका विभिन्न संस्कृति, परम्परा जोगाउँदै आएको जानकारी दिए।

उपत्यका प्याब्सनका अध्यक्ष थकिनकुमार गुरुङले नेपालका हरेक संस्कार र संस्कृतिलाई राष्ट्रव्यापी र विश्वव्यापीकरण गर्न प्याब्सन र संस्थागत विद्यालयहले महŒवपूर्ण भूमिका खेलेको बताए। कार्यक्रमका अध्यक्ष अर्जुनकुमार खत्रीले सम्पूर्ण विद्यालय र नृत्यांगनाहरूलाई धन्यवाद व्यक्त गर्दै तिजको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि झाँक्रीले तिज सांस्कृतिक प्रसारण हुँदै सबै नेपालीहरूको पर्वका रूपमा फैलिएको बताउनुभयो। खास धर्म, खास क्षेत्रको र खास जातिको

मात्र नभई यो पर्व नेपालीभाषीहरूको साझा बन्दै गएको छ। तिजलाई कर्पोरेट गर्न पनि राम्रो हो भन्नुभयो। उहाँले हामीलाई सचेतक बन्न र प्रिन्सिपलहरूलाई विद्यालयमा विद्यार्थीहरूलाई कानुन पनि पढाउनुपर्छ भन्नुभयो।

सबैको भाषण एकदम गतिलो थियो। विद्यालयकी निर्देशक कला राईले अतिथिहरूलाई मायाको चिनोेस्वरूप दामोदर न्यौपानेका ‘स्वर्णिम समय’, ‘कर्म’, ‘एम्बुसमा ६ वर्ष’ जस्ता पुस्तकहरु दिनुभएको थियो। हामीले यहीबीच तीन ओटा नृत्य पनि देखायौं। विद्यार्थीका तर्फबाट यस्तो महŒवपूर्ण कार्यक्रममा नेतृत्व गर्न पाउनु मेरा लागि ठूलो अवसर थियो। बेलुकी घर पुग्दो ९ बजेको थियो। 

प्रकाशित: २१ भाद्र २०७६ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App