१६ चैत्र २०८० शुक्रबार
अन्य

लोकसेवा आयोगका अध्यक्षले भने, ‘संवैधानिक निकायको काममा अवरोध नगर’

फाइल तस्बिर ।

काठमाडौं – लोक सेवा आयोग अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरूको काममाथि अवरोध नगर्न सरकार र संसद दुवैलाई सचेत गराएका छन्।

अध्यक्ष मैनालीले संविधानअनुसार चल्ने लोक सेवा आयोगलगायतका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको कामलाई सघाउ पु-याउने पनि स्पष्ट पारे। उनले संवैधानिक निकायको काम सरकार र संसदलाई नै सहयोग पु¥याउनु रहेकाले उनीहरूको काममाथि अवरोध गर्न नहुने बताए।

बुधबार मधेसी आयोगले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै लोक सेवा आयोग, अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरूले उत्कृष्ट कार्य सम्पादन गर्न सक्ने पनि स्मरण गराए।

अध्यक्ष मैनालीले संघीय निजामति सेवा ऐन छलफलको क्रममा रहेकाले त्यसमा सबै समुदायको आरक्षणको स्पष्ट व्यवस्था गर्न पनि संघीय संसदको ध्यानाकर्षण गराए। उनले आरक्षणसम्बन्धी कतिपय विषय स्पष्ट नभएकाले समावेशी कोटा निर्धारणमा आयोगलाई समेत समस्या पर्ने गरेको पनि उल्लेख गरे। आरक्षणको उचित व्यवस्थाका लागि संघीय निजामति सेवा ऐनमा आवश्यक सुझाव दिन सम्बन्धित आयोगहरूलाई पनि अध्यक्ष मैनालीको आग्रह छ।

अध्यक्ष मैनालीले नेपालको संविधान समावेशीताका दृष्टिले उत्कृष्ट रहेको उल्लेख गर्दै यसको कार्यान्वयनमा सबै पक्षको ध्यान जानुपर्ने आवश्यकता पनि औंल्याए।

प्रकाशित: २५ असार २०७६ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App