७ वैशाख २०८१ शुक्रबार
अन्य

अपहरणकारीको पन्जाबाट उम्किइन् बालिका

प्रतिकात्मक तस्बिर

दमक– झापाको विर्तामोडकी एक ८ वर्षीया बालिका अपहरणकारीको पन्जाबाट भाग्न सफल भएकी छन्। विर्तामोड–८ बस्ने ती बालिकालाई चकलेट किनिदिने बहानामा एक जना व्यक्तिले विर्तामोडको पश्चिम स्टेन्ड पु-याएका थिए।

घरमुनि खेलिरहेको अवस्थामा फिरफिटे चकलेट किन्दिने भनेर फकाएर अटो रिक्सामा चढाएका थिए। विर्तामोडस्थित होटल विनायक पछाडिबाट बालिकालाई अपहरण गरी लगिएको थियो। साँझ साढे ६ बजेबाट बालिका हराएको हजुरबुबा राम बस्नेतले जानकारी दिए।

अपहरण प्रयास गर्नेले बालिकालाई अटो रिक्सामा चढाइ मुक्तिचोकबाट फेरि पश्चिम पु-याएको प्रहरीको भनाइ छ। पश्चिम स्टेण्डमा पु-याएपछि अपहरणकारीले बालिकालाई हातपात गर्न खोजेपछि बालिका भागेर घर आएकी थिइन्। ८ बजेर २० मिनेटमा अपहरणकारीको पन्जाबाट भागेर बालिका घर आएको प्रहरीको भनाइ छ।

डिएसपी मोहन थापाका अनुसार बालिका नियन्त्रणमा लिएको क्षेत्रमा सिसी क्यामेरामा हेर्ने काम भइरहेको छ।

प्रकाशित: ९ असार २०७६ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App