coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘संघले उद्योग सञ्चालन गर्न सक्दैन’

नेपाल धितोपत्र बोर्डले आयोजना गरेको प्रशिक्षण कार्यक्रमका अतिथि। तस्बिरः कमलेश ठाकुर/नागरिक

धनुषा– प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले संघीय सरकारले उद्योगधन्दा सञ्चालन गर्न नसक्ने बताएका छन्। सिंहदरबार केन्द्रित शासन र सरकारले उद्योगधन्दा सञ्चालनमा ल्याउन नसक्ने उनले बताएका हुन्।

शनिबार नेपाल धितो पत्र बोर्डले जनकपुरमा आयोजना गरेको एक दिवसीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘सिंहदरबार केन्द्रित शासनले, सिंहदरबार केन्द्रित सरकारले वीरगञ्ज चिनी उद्योग र जनकपुर चुरोट कारखाना सञ्चालन गर्न सक्दैन। सिंहदरबारले उद्योगधन्दा सञ्चालन गर्न असक्षम भयो। अब प्रदेश सरकारको मातहतमा दिए, प्रदेश सरकारले सबै बन्द उद्योग सञ्चालन गर्छ।’

‘प्रदेश २ को उद्योगधन्दा सञ्चालन गर्न सम्बन्धित परिषद्को बैठकमा अर्थमन्त्रीलाई चिठी लेखर मैले जानकारी गराएको थिएँ,’ उनले भने, ‘३० करोडको लागतमा वीरगञ्ज चिनी उद्योग सञ्चालन गर्न स्टिमेट बनाएर दिएको थिएँ। राष्ट्रपतिले पनि सञ्चालन गर्ने आश्वासन दिएका थिए तर, पछि नीति तथा कार्यक्रमबाट नै योजना हटाइयो।’ बजेट अभावमा उद्योगधन्दा सञ्चालन हुन नसकेको भन्दै संघीय सरकारका अर्थमन्त्रीले अहिलेसम्म प्रदेश २ को उद्योगधन्दा सञ्चालन गर्ने/नगर्ने बारे पत्रको जवाफ नपठाएको उनले बताए।

‘प्रदेश २ का ५४ लाख जनताले मिलेर सरकारलाई ३० देखि ३३ प्रतिशतसम्म राजस्व तिर्छ,’ उनले भने, ‘तर बजेट संघीय सरकारले नेपालको कुल बजेटमध्येबाट  मात्र १५ प्रतिशतबाट सातै प्रदेशलाई बाँढ्छ।’

आर्थिक विनियोजनमा संघीय सरकारले विभेद गरेको भन्दै आर्थिक समन्ताको लागि प्रदेश सरकार आन्दोलनमै रहेको उनले बताए। देशमा आर्थिक समृद्धि ल्याउनका लागि जनताले अझै संघर्ष गर्नुपर्ने भन्दै आवश्यकता र औचित्यको आधारमा बजेट विनियोजन गर्न उनले माग गरे।

प्रकाशित: २९ वैशाख २०७६ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App