८ वैशाख २०८१ शनिबार
अन्य

उद्यमी महिलामा सामग्री प्रर्दशनी

समुदायको सीपलाई उद्यमशीलतासँग जोड्दै स्थानीय तहसँगको सहकार्यमा समुदायस्तरीय व्यापार मेला सुरु भएको छ। समुदायका महिलाले आफ्नो सीप र क्षमता प्रयोग गरी उत्पादन गरेका हस्त सामग्री बिहीबारदेखि काठमाडौंका विभिन्न स्थानमा प्रर्दशनीमा राखिएको छ।

मैजुवहाल, सिनामंगल, वंशीघाट, बालाजुलगायत स्थानमा समुदायका महिलाहरूले उत्पादन गरेका ह्यान्डि क्रापट, क्रिस्टलका गहना, विभिन्न किसिमका कपडा, झोला, गुडिया, धुप, खाद्य सामाग्री प्रदर्शनीमा छन्। तीन दिनसम्म चल्ने मेलामा करिब १० लाखको कारोबार हुने अपेक्षा गरिएको छ भने मेलाको ५ हजार बढीले अवलोकन गर्ने अनुमान छ। सीप विकास तथा प्रवर्धनका लागि समुदायस्तरीय मेलाले समुदायका महिलाको सीपलाई बजारसँग सम्बन्ध बनाउन सहयोग गर्नेछ।

सुरक्षित वास अधिकारको सवालमा काम गर्दै आएको नेपाल महिला एकता समाजको पहल र सहयोगमा भएको प्रदर्शनीको काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले उद्घाटन गरेकी छन्।

नेपाल महिला एकता समाजले महिलाको आर्थिक स्तर वृद्धि होस् भन्ने हेतुले विगतदेखि नै यस किसिमका काम गर्दै आएको छ। नेपाल एकता समाज काठमाडौंका महिलाले महिला उथान र सशक्तीकरण गर्ने उद्देश्यले खोलेको एक सामाजिक संस्था हो।

प्रकाशित: २० वैशाख २०७६ ०५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App