२९ असार २०७७ सोमबार
अन्य

सकियो बिस्काः जात्रा

९ दिन ८ रात लामो बिस्काः जात्रा बिहीबार सम्पन्न भएको छ । भैरवनाथको रथ तानेर जात्रा समापन गरिएको हो।

भक्तपुरको टौमढीमा रहेको भैरवनाथको रथ तानेर जात्रा सुरु गरिएको थियो। जात्राको अन्तिम दिन रथलाई नगरको माथिल्लो टोलतिर तानेर लाने गरिन्छ, जसलाई स्थानीय नेपाल भाषामा द्यो थाविज्याकेगु (देउता माथि लाने) भन्निछ। यस बेला भैरवनाथको रथ भक्तपुरको गःहिटीमा राखिएको हुन्छ। यहाँं राखिएको रथलाई नगरको माथिल्लो टोलतिर तानेर लाने गरिन्छ। गःहिटीबाट रथलाई टौमढी हुँंदै माथिल्लो टोलतिर लाने गरिन्छ। यसअघि जात्राको अन्तिम दिन चैत ३० गते उठाइएको हात नभएको लिंगो ढालिएको थियो।

भक्तपुरका स्थानीय गोकुल माक भैरवनाथको रथ ल्योसिंखेलबाट ल्योसिंग द्यो (हात भएको लिंगो) ढालेपछि रथ गःहिटीमा तानेर ल्याइने बताउँछन्। गःहिटीमा भैरवनाथको रथ ल्याएपछि भद्रकालीको रथ पनि गःहिटीसम्म तानेर ल्याउने उनी सुनाउँछन्। त्यसपछि ती दुइटा रथलाई जुटाउने परम्परा रहेको उनले जानकारी गराए। रथ जुटाउनुको अर्थ झगडा नभई माया गरेको भन्ने जनविश्वास छ। द्यो थाविज्याकेगु (देउता माथि लाने) दिन पनि भैरवनाथको रथलाई दुवैतिर तान्ने गरिन्छ।

भक्तपुरका सुमन कर्माचारी द्यो थाविज्याकेगु (देउता माथि लाने) दिन असाध्यै खुसी हुने बताउँछन्। उनी भन्छन्, ‘यो दिन तलतिर भैरवनाथको रथ तान्न सजिलो हुन्छ।’ यो दिन हाम्रो साइतमा देउता आउने भएकाले आफू खुसी भएको उनी बताउँछन्।

भक्तपुरका विजय जाकिबंजारले जात्रा एकदम रमाइलो भएको बताए। यस वर्षको बिस्काः जात्रा अरु वर्षभन्दा राम्रो रहेको उनी सुनाउँछन्। यसवर्ष लिंंगो उठाउदा र लिंगो ढाल्दा कुनै पनि व्यक्तिलाई क्षति नभएको उनले बताए।

सस्कृतिविद् ओम धौभडेलका अनुसार द्यो थाविज्याकेगु भनेको भैरवनाथको रथ माथिल्लो टोलतिर लाने नभएको बताउँछन्। धौभडेल भन्छन्, ‘द्यो क्वबिज्याइगु भनेको भैरवनाथ देउता उसको घरबाट निस्कनु हो र द्यो थाविज्याकेगु भनेको भैरवनाथको देवता आफ्नो द्योछे (देउताको घर) फर्किनु हो।’ अर्थात् बिस्काः जात्रा सुरु भैरवनाथ देउता घरबाट बाहिर आएर सुरु हुन्छ र सम्पन्न भैरवनाथ उसको देउता घर फर्केर सम्पन्न हुने उनले जानकारी गराए। तर, अहिलेका युवा यो कुरा नबुझी द्यो क्वविज्याइगु भनेको (तल्लो टोलतिर तानेर लग्ने) अर्थात् नासमनासम्म र द्यो थाविज्याकेगु भनेको माथिल्लो टोलतिर रथलाई लाने भन्ने बुझेका छन्। तर यो बुझाइ गलत रहेको उनले बताए।

जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तान्नु, लिंगो उठाउनु र ढाल्नु हो।

 

प्रकाशित: ६ वैशाख २०७६ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App