८ वैशाख २०८१ शनिबार
अन्य

चल्तीमा हटपाइन्ट

भक्तपुरको दत्तात्रलयस्थित लुगा पसल सञ्चालन गरेकी संगीता त्वायना अहिले फुर्सदिली भएकी छन्। उनी भक्तपुरको लाग्ने बिस्काः जात्रा लाग्ने क्षेत्रमा पसल खोलेर बसेकी छन्।

उनको पसलमा एकदम भिड देखिन्छ। उनलेको पसलमा यो भिड अरु लुगा किन्नको लागि नभई हटपाइन्ट किन्न घुइँचो लागेको हो। उनका अनुसार हटपाइन्ट किन्न आउनेमा अधिकांश टिनएजर्स युवती छन्। युवतीहरू ग्रन्च जिन्स हटपाइन्ट खोज्ने गरेको चाहिने संगीता बताउँछिन्। उनको पसलमा गर्मीमा लगाउने फेसनेवल लुगा राखिएको छ, जस्तै:  हटपाइन्ट, ट्याक्स टप्स, लामो सर्ट। उनी भन्छिन्, ‘अहिले गर्मीको सिजन भएकाले अधिकांशले हटपाइन्ट र ट्याक्क टप्स मनपराएका छन्।’

थरीथरीका हटपाइन्ट
बजारमा धेरै थरीका हटपाइन्ट पाइने गरेको उनी सुनाउँछिन्। पछिल्लो समय सादा जिन्सको हटपाइन्ट मात्र बजारमा पाइथ्यो। अहिले ग्रन्च जिन्स हटपाइन्ट, प्लने (सादा) जिन्स हटपाइन्ट, फेक्सिबल हटपाइन्ट, न्यू डिजाइन हट पाइट र कपडाका हटपाइन्ट चल्तीमा रहेको उनी सुनाउँछिन्। यी पहिरन मलसँगै फुटपाथमा पनि पाइने उनी बताउँछिन्।

ग्राहकले मनपराउने हटपाइन्ट
हटपाइन्टको रोजाइ उमेर समूह अनुसार फरक हुने गरेको उनी सुनाउँछिन्। उनी भन्छिन्, ‘टिनएजर्सले ग्रन्च मनपराउँछन् भने अन्यले सादा र न्यू हटपाइन्ट रोज्ने गरेका छन्।’ टिनएजर्स युवतीले छोटो र ग्रन्च नै ग्रन्च भएको हटपाइन्ट मन पराउने उनी बताउँछिन्।

मूल्य
ग्रन्च पाइटको मूल्य गुणस्तर अनुसार फरक रहेको उनी सुनाउँछिन्। उनले एक हजारदेखि दुई हजार रूपैयाँसम्मको हटपाइन्ट राखेको सुनाइन्। ‘बजारमा योभन्दा कम मूल्यको हटपाइन्ट पाइन सक्छ। तर, यसको क्वालिटी हुँदैन।’काठमाडौंकी प्रिटी स्वर पनि गर्मी महिना सुरु भएपछि हटपाइन्ट लगाउन थालेकी छन्। हटपाइन्ट लगाउँदा सहज अनुभव हुने उनी सुनाउँछिन्। ‘मलाई त हटपाइन्ट लगाएपछि ‘ठन्डा ठन्डा, कुल कुल’जस्तो महसुस हुन्छ,’ उनले सुनाइन्। गर्मी मौसममा बाहिर जानका लागि जिन्सको हटपाइन्ट लगाउने उनी सुनाउँछिन्। घरमा भने कपडाको हटपाइन्ट लगाउने गरेको उनले बताइन्।

अधिकांशको रोजाइमा जिन्सको हटपाइन्ट परेको छ। जिन्समा पनि कालो, सेतो र नीलो रङको हटपाइन्ट रोजाइमा परेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘कपडाको हटपाइन्ट किन्न आउनेहरूले कालो र मरुन रङ खोज्छन्।’ पछिल्लो एक महिनामा ३० ग्रन्च जिन्स हटपाइन्ट बेचिसकेको उनले सुनाइन्। उनी भन्छिन्, ‘हटपाइन्ट नयाँ फेसन त होइन। तर, यसले यही वर्षदेखि चल्यो।’ २५ वर्षीयसोफया श्रेष्ठले आफूलाई  हटपाइन्ट लगाउन एकदम रुचि रहेको बताइन्।  हटपाइन्टमा अहिलेको जस्तो एकदम छोटो नभई ठिकको मनपर्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘आजभोलिको हटपाइन्ट एकदम छोटो छ। मलाई त्यो देखेर अहिले हटपाइन्ट बाहिर लाउन छोडेकी छु।’ घर बस्दा होस् वा बाहिर निस्कँदा, हटपाइन्ट लगाउने गरेको उनी बताउँछिन्।

भक्तपुरकी १७ वर्षीयसरु लेबा भन्छिन्, ‘मलाई सेक्सी देखिन हटपाइन्ट लगाउन मनपर्छ। विदेशी गायिका लेडी गागाजस्तै हट देखिन मन भएको उनी बताउँछिन्। उनीलाई पनि छोटोछोटो कपडा लगाउन मनपर्ने उनी बताउँछिन्। कालो रङको हटपाइन्ट मनपर्ने उनी सुनाउँछिन्। भक्तपुर, सुकुलढोकामा दुई वर्षदेखि लेडिज लुगा बेचिरहेकी छिन्, एलिसा मूल। यसपालि हटपाइन्टको बिक्री राम्रो भएको उनी सुनाउँछिन्। त्यसमा पनि ग्रन्ज जिन्स हटपाइन्ट धेरैले मनपराएको उनको भनाइ छ। अरु हटपाइन्ट भने ग्राहकले खासै मननपराएको उनी सुनाउँछिन्। अहिले हटपाइन्टमा लामो सर्ट अथवा टिसर्ट लगाउनले फेसन रहेको उनले बताइन्। हटपाइन्टका साथै गर्मीका फेसनेवल लुगा बजारमा पाइने व्यापारी बताउँछन्। साना नानीका लागि पनि हटपाइन्ट किन्न ग्राहक आउने गरेको व्यापारी बताउँछन्।

 

प्रकाशित: २ वैशाख २०७६ ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App