८ वैशाख २०८१ शनिबार
अन्य

भक्तपुर नगरपालिका वडा नं ८ का समस्याहरु

बाटोको समस्या
बुद्धलक्ष्मी कोजु
लिवाली, गृहिणी

वडामा त धेरै समस्याहरु छन नि। तर अहिलेको लागि काम  गरिहाल्नु पर्ने  समस्या बाटोको हो। भक्तपुरको हाइवे हनुमन्ते पुलबाट लिवाली छिर्ने बाटो ढलको ध्यांङ्ग राख्ने बेलामा विगारेको थियो। त्यो बाटो अहिले सम्म बन्न सकेको छैन्। त्यो बाटो विहान ५ देखि बेलुका ११ बजेसम्म गाडी तथा स्थानीयहरु हिड्ने बाटो हो। यहाँ घाम लाग्ने बेलामा मान्छे नै नदेखिने गरी धुलो उड्छ। अनि पानी पर्ने बेला हिड्नै हुदैन् पानी पानी र हिलैहिलो हुन्छ। झन ठूलठूला ट्कहरु आrt5उने बेलामा त झन हिलो छापेर जान्छ। यो बाटो विग्रिएपछि पानी पर्ने बेलमा बाटामा पानीहरु जमेर पोखरी जस्तै हुने गर्छ। त्यही भएर धेरै बाइक तथा स्कुटरहरु पनि लडेका छन्। कोही कोही त घाइते पनि भएको छन्। त्यसैले यो धेरै चल्ती बाटो भएकोले यो बाटो छिटो बनाउनु पर्यो। वडाअध्यक्ष ज्यू यो बाटो चाहि कहिले बन्छ ? यसले सर्वसाधारणलाई धेरै समस्या भएको छ।

पूणनिर्माणको समस्या
लक्ष्मीश्वरी छ्वाजु
जेलाँ, विद्यार्थी

भूकम्पले भत्काएका घरहरु बनाउन नसकेको समस्या छ। २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट धेरै धनजनको क्षती भएको ठाउँ हो जेलाँ टोल। यहाँ धेरै घरहरु भत्केका थिए। त्यो घरहरु अहिले सम्म बन्न सकेका छैन्न्। अहिले पनि यहाँ भूकम्पले भत्काएका घरहरु जस्ताको तस्तै छन्। कसैको पैसा नभएर घर बनाउन सकेका छैनन्् भने कसैको दाजुभाई नमिलेर। यी समस्याहरु छन्। यसले गर्दा बाटोमा हिड्ने बटुवाहरुलाई पनि समस्या भएको छ। जेलाँ टोललाई छिटो कसरी हुन्छ पुर्णनिर्माण गर्न सहयोग गरिदिए हुन्थ्यो वडाले।

जगाती चोक अस्तव्यस्त
गोविन्द किसी
जगाती, व्यापारी

जगातीमा अहिलेको समस्या भनेको जगाती चोकको बाटोको हो।  यहाँ बनेपाको गाडी रोक्ने बेला यहाँ मान्छे जान र मोटरसाइकल लान एकदम कठिन भएको छ। सूर्यविनायक नगरपालिकामा बाटो फराकिलो बनाएको छ। तर यता भक्तपुर नगरपालिकामा गरेको छैन्। बाटो फराकिलो नभएकोमा त्यति गुनासो छैन्। तर भएको बाटोमा पनि फुटपाथमा पसलहरु राखेर हिड्न तथा बाइक लान नहुने भएको छ। साथै बाटोमा १ फिट जति पांगो माटो राखेर हैरान भएको छु। त्यो पांगो माटो राख्नेलाई भेटाए भने म त्यति त्यसलाई गाडिदिउ जस्तो भाको छ। पानी पर्ने बेलामा हिलो भएर हिड्न र बाइक गुडाउन समस्या भएको छ। जहिले त्यहि बाटो भएर जानु पर्छ घर। त्यसैले यसको छिटै नै वडाले समाधान गर्नुपर्यो।

महेन्द्र खयामली
वडाअध्यक्ष

जगाती सडक विग्रेको वडाले गर्ने होइन्। यसको काम सडक विभागले गर्नुपर्ने हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेयल)ले ढल बनाइरहेको हो। यसकारणले लिवालीको ढल बनाउने काम भइरहेकोले बाटो पिच नभएको हो। यसको काम नसकेसम्म चाहि सर्वसाधारणलाई अलि गाह्रो हुन्छ। यो ढलको काम सकेपछि बाटो फेरी पिच हुनेछ। वडाको बजेट अनुसार कामहरु गरिराखेका छौं। प्रस्तुति : रेणु त्वानाबासु

 

प्रकाशित: १८ चैत्र २०७५ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App