coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

भक्तपुर नगरपालिका वडा नं ९ दत्तात्रयमा यस्ता छन् समस्या

बेलुका ११ बजेपछि होहल्लाको समस्या
सुरेश बनेपाली
स्थानीयवासी व्यापारी

वडाको समस्या भन्नुपर्दा भक्तपुरको दत्तात्रयमा बेलुका ११ बजेपछि होहल्ला हुने समस्या छ। ११ बजेसम्म पुलिस हुने भएकाले त्योभन्दा पहिला होहल्ला हुँदैन। तर, ११ बजेपछि सुत्नै नसकिने गरी होहल्ला हुने गर्छ। साथै ती होहल्ला गर्ने व्यक्तिले बाटोमा राखेको नो पार्किङ लेखेको बोर्ड पनि इनारमा फालेर जाने गर्छन्। यसले गर्दा सर्वसाधारणलाई सुत्न एकदम समस्या भएको छ। बिहान हामी वडावासीले नो पार्किङको बोर्ड इनारबाट निकालेर फेरि राख्ने गर्छाैं। त्यसैले मेरो आग्रह ११ बजेसम्म मात्र होइन, रातभरी नै पुलिस हुनुप-यो।

पानी तथा शौचालयको समस्या
छोरीमाया लवजु
स्थानीय, गृहिणी

वडामा पानीको समस्या धेरै छ। धारामा पानी नआएपछि इनारमा बिहान ३ बजेदेखि पानी लिन जानुपर्छ। फेरि त्यहि बेला गएन भने इनारमा पनि पानी हुँदैन। किनकि इनार धेरै गहिरो छैन। ट्यांकीबाट पानी किन्नलाई पनि राख्ने ठाउँ छैन। धारामा दिनको एकचोटी भए पनि पानी आइदिएको भए हामीलाई सजिलो हुन्थ्यो। पानी नभए केही पनि हुँदैन। बिहानको दिन सुरु भएदेखि पानीको माग सुरु हुन्छ।
अर्को समस्या भनेको शौचालयको हो। भक्तपुरको दत्तात्रयमा सार्वजनिक शौचालय छैन। बाहिरको मान्छेलाई शौचालय जानुप-यो भने एकदम समस्या छ। त्यसैले सार्वजनिक शौचालय एउटा पनि भए राम्रो हुन्थ्यो।

कुकुरको समस्या
मनिस प्रजापति
स्थानीय, सूर्यमढी कर्मचारी

वडामा समस्या त धेरै छन्। जस्तै बाटोघाटोको। यहाँ ठाउँ–ठाउँमा घर बनाइराखेको हुनाले घर निर्माणका सामग्री बाटोमा राखिएका छन्। भक्तपुरको दत्तात्रयमा पार्किङको समस्या छ। दत्तात्रयमा चिया खान आउने सबैले मन्दिर अगाडि बाइक पार्क गर्छन्। त्यसले मन्दिरको सोभा नै घटाएको छ। यस्तै, राती राती कुकुरको समस्या पनि त्यतिकै छ। राती ८ बजेपछि कुकुरहरूको एक गु्रप दत्तात्रय मन्दिरको अगाडि बसेका हुन्छन्। त्यसैले सर्वसाधारणलाई हिँड्न एकदम कठिन भएको छ। हामी दिनहुँ हिँड्नेलाई त डर लाग्छ झन् कहिलेकाहीँ मात्र ढिलो यो बाटो हिँड्नेलाई झन् कस्तो होला ? त्यसैले यी सबै समस्याको समाधान भए सर्वसाधारणलाई सजिलो हुन्थ्यो।

रविन्द्र ज्याख्व्
वडा अध्यक्ष

हामीले पानीको समस्या समाधानका लागि ठाउँठाउँमा बोरिङ गरिरहेका छौं। एक–दुई ठाउँमा काम सम्पन्न हुने अवस्थामा छ। सम्पन्न भएपछि हामीले ठाउँ–ठाउँमा पानी वितरण गर्नेछौं। अर्को राती हुने होहल्ला नियन्त्रण गर्ने प्रक्रियामा छौं। सल्लाह भइरहेको छ। यसको छिट्टै नै समाधान गर्ने पक्षमा छौं। बाटोघाटोको त हामीले चाहिने जति मात्र निर्माण सामग्री ल्याउने गर्नुभन्ने आग्रह गर्दै आएका छौं। यो केही समय घर पुनः निर्माणको काम भएसम्म मात्र हो। अरु बाँकी समस्याबारे पनि हामी छलफल गर्नेछौं। यी सबै समस्यालाई छिट्टै नै समाधान गर्नेछु। प्रस्तुति : रेणु त्वानाबासु

प्रकाशित: १५ चैत्र २०७५ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App