१६ चैत्र २०८० शुक्रबार
अन्य

समृद्ध घरको पहिचानः मोडुलर किचन

लोचन केसी, प्रमुख कार्यकारी, एभरेष्ट किचन कन्सेप्टस

चुलोको विकासक्रमः भाँडोको विकाससँगै चुलोको पनि विकास भएको हो। सुरुमा चुल्ढुंगामाथि राखेर खानेकुरा पकाएर खाइन्थ्यो। त्यसपछि फलामको ओदानको प्रयोग हुन थाल्यो। मट्टितेलको विकाससँगै स्टोभमा खाना पकाउने चलन आयो। स्टोभ चुलोको सँगसँगै पकाउने मानिसलाई पनि सजिलो होस् भन्ने हेतुले किचन र्याक तथा स्ल्याब ढलानको विकास भयो।

यी सबै प्रविधिको प्रयोग गर्दैगर्दा चुलोबाट निस्कने धुवाँ तथा रागले खाना पकाउने मानिसको स्वास्थ्यमा गम्भीर असर परिरहेको थियो। परिवर्तनशील मानिसहरु (वैज्ञानिकहरु) को निरन्तरको खोज अनुसन्धानबाट अहिले ग्यास तथा बिजुलीबाट चल्ने धुवाँरहित चुलो तथा ओभनको प्रयोग हुन थालेको छ। आधुनिक मानिसलाई चुलो मात्र धुवाँरहित भएर पुगेन, समग्र भान्सा कोठा तथा घर नै धुवाँ तथा खाररहित स्वस्थकर चाहियो। विज्ञहरुको निरन्तरको खोज अनुसन्धानले मोडुलर किचन कन्सेप्टको विकास भयो। 

मोडुलर किचन कन्सेप्टले मानिसलाई चुलो तथा भान्सालाई केवल पकाउने ठाउँ विशेषको रुपमा मात्रै सीमित नराखी अहिले सम्मकै अत्याधुनिक सुविधा सम्पन्न, स्वस्थकर र सुन्दर आधुनिक भान्सा कक्षको रुपमा विकास गरिदियो। 

प्रविधिको ज्ञान र प्रयोग : आधुनिक तथा विकसित शहरमा मोडुलर किचन हरेक घर तथा परिवारको अनिवार्य शर्त बनिसक्यो। आधुनिक शहरका कलकारखानामा काम गर्ने कामदारका लागिसमेत सुविधा सम्पन्न मोडुलर किचन हुन्छ। तर नेपालको शहरीया समाजमा अझै पनि उर्वान सामाजिक चरणको स्ल्याब ढलान प्रविधि बाँकी नै छ। कतिपय मानिसहरु भान्सा कोठामा स्ल्याब ढलान गरेपछि मोडुलर किचन खोजी गर्न आउँछन्। उनीहरुले मोडुलर किचन स्ल्याबरहित अत्याधुनिक प्रविधि हो भन्ने कुरा नै बुझ्न बाँकी छ। 

प्रविधिको विकास र मानिसको नयाँ–नयाँ प्रयोगप्रतिको उत्कृष्ट चाहनाले चुलो अब केवल चुलोको रुपमा रहेन। भान्सा कोठा पहिले गोप्य राखिन्थ्यो। तर अहिले डाइनिंग, लिभिंगसहित खुला बनाउने चलनचल्ती छ। भान्सालाई घरको बनोट र दिशाअनुसार वास्तुशास्त्रीय दृष्टीकोणले समेत कहाँ कसरी राख्ने र कस्तो स्वरुपमा देखाउने भन्ने कुरा इन्टेरियर डिजाइन गरी बन्नु अगावै थ्रीडि डिजाइन हेर्ने र आन्तरिक सजावट गर्ने प्रचलन आएको छ। 

सुविधा र देखासिकी : घरको आन्तरिक सजावटमध्येको महत्वपूर्ण पाटो भान्सा कक्षलाई आजकल एकदमै सुविधा सम्पन्न, स्वस्थकर र सुन्दर लुक्समा सजावट गर्नु हरेक आधुनिक घर परिवारको अनिवार्य सर्त बनिसकेको छ। मोडुलर किचन सेटमा खाना पकाउने प्रविधि मात्र नभई, खाना पकाउँदा निस्कने धुवाँ, तेल तथा खुर्सानी पकाउँदा वा झान्दा निस्कने राग समेतलाई कलेक्ट गरी फाल्ने प्रविधिसहितको अत्याधुनिक चिम्नी, एकै पटकमा चार पाच प्रकारको खाना पकाउन मिल्ने हब (चुलो) तथा, सबै प्रकारका भाडा वर्तन राख्ने बास्केट, डिसवासर (भाडा माभ्mने मेसिन), फ्रिज, ओभन र किचनमा निस्कने फोहर राख्ने डस्टबिन होल्डरलगायत किचनमा प्रयोगमा आउने सबै सामग्रीहरु राख्न तथा सजाउन मिल्ने प्रविधि मोडुलर किचन सेटमा रहेको हुन्छ। 

त्यससँगै अहिले मोडुलर किचन हरेक मध्यम तथा उच्च वर्गको सौख र देखासिकीको विषय नै बनिरहेको छ। यसको विकास र प्रभावले अहिले हरेक घरका किचन भान्सा चै मोडुलर नै बनाउने भन्ने कुरा व्याप्त छ। किचन मानिसको स्वास्थ्यसँग समेत जोडिएको हुँदा यो कुनै देखासिकी वा प्रदर्शनको वस्तुमा सीमित राख्नु स्वंमकै लागि घातक हुन सक्छ। मानिसको स्वास्थ्य र सामग्रीको लाइफ (टिकाउपन) लाई समेत मध्यनजर गरी मोडुलर किचनमा प्रयोग हुने सामग्रीहरु खिया तथा कीरा प्रतिरोधक कच्चापदार्थ र केमिकलको प्रयोग गरी बनाइन्छ। जस्तैः मोडुलरमा प्रयोग हुने बास्केट, ह्यान्डिल, च्यानल, चिम्नी, चुलोलगायतका सामग्री निर्माण गर्दा नै खिया नलाग्ने, सफा गर्न सजिलो हुने स्ट्याण्डलेक स्टीलबाट बनेका हुन्छन्। त्यस्तै मोडुलरमा प्रयोग हुने प्लाई तथा फर्माइकामा कीरा नलाग्ने र पानीले असर नगर्ने केमिकल तथा प्रविधिको प्रयोग गरी बनाइएको हुन्छ। साथै मानिसले खाना बनाउँदा कति उचाइमा चुलो राख्नुपर्छ। चिम्नी कहाँ राख्नुपर्छ कुन भाँडा कहाँ कसरी राख्ने भन्नेलगायतका सबै विषयमा लामो अनुसन्धान र प्रयोगपछि तयार भएको आधुनिक सुविधा सम्पन्न प्रविधिसहितको समृद्ध परियोजना हो मोडुलर किचन। 

सस्तो, शुलभ र टिकाउ खोज्नु मानिसको नेचर नै हो। अहिले सस्तो तथा शुलभको नाममा नक्कली सामानको व्यापार गर्नेहरु संसारभर व्याप्त छन्। त्यसैगरी सस्तो शुलभको नाममा ठगी गर्ने डुलुवा फिरन्ते भैयाहरु काठमाडाैंलगायत नेपालका विभिन्न शहरहरुमा छरपस्ट छन्। झट्ट हेर्दा उस्तै देखिने स्टिलको सट्टा फलाममा स्टिल लेपन भएको सामग्री तथा लोकल प्लाई र फर्माइका प्रयोग गरी बनाइने त्यस प्रकारको किचन कमसल त हुन्छ नै त्योभन्दा पनि बढी स्वास्थ्यका हिसाबले एकदमै खतरा हुन्छ। यसरी अरुको देखासिकीका लागि सस्तो तर उस्तै भन्ने नाममा नक्कली र अस्वस्थकर मोडुलर कदापि बनाउन हुँदैन। धेरै ठगी हुने भनेकै नयाँ–नयाँ विकास र प्रविधिमा हो। सबैले सचेत हुन जरुरी छ। 

समृद्धताको पहिचान : मोडुलर किचन अलिक महँगो छ भन्ने पनि थुप्रै छन् र यो सक्नेले बनाउने हो भन्ने पनि यदाकदा सुनिन्छ। तर कुनै चिजलाई निरपेक्षरुपमा महँगो वा सस्तो भनेर भन्न मिल्दैन। महँगो केको तुलनामा गरिएको हो। कराैंडोको घरमा १०।१२ लाखको किचन कसरी महँगो भयो। फेरि आफ्नो आवश्यकताअनुसार डेढ लाखदेखि बाइस तेइस लाखसम्मको मोडुलर किचन बनाउन सकिन्छ। भाँडा माभ्mने मेसिनदेखि धुवा तथा तेलको राग सबै व्यवस्थापन गर्ने हाइजेनिक प्रविधिसमेत समावेश भएको मोडुलर किचन महँगो होइन, अहिले हरेक घर परिवारको सम्पन्न र समृद्धताको पहिचान हो।

प्रकाशित: २१ फाल्गुन २०७५ ०७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App