८ वैशाख २०८१ शनिबार
अन्य

दुर्इ धारे सामाजिक संजाल

विश्वले विज्ञान तथा प्रविधिको क्षेत्रमा अद्भुत, रोमाञ्चक र अकल्पनीय आविस्कार, विकास र प्रगति गरेको छ। कतिपय यस्ता आविस्कारहरू सुन्दा र देख्दा पत्याउनै गाह्रो छ। २१ औं शताब्दीका अनेक आविस्कारहरूमध्ये एक आकर्षक र रोमाञ्चक छ, जुन अहिले आम मानिसको पहुँचसम्म सजिलै पुगेको छ। गाउँघरका सर्वसाधारणसमेत अहिले यस रोमाञ्चक प्रविधिमा मस्त रमाइरहेका छन्। सारा संसारलाई हेर्न, देख्न र पृथ्वीको एकदेखि अर्को कुनासम्म सम्पर्क गर्न पाइरहेका छन्। त्यो अद्भुत आविस्कार हो, इन्टरनेट र सोसल मिडिया।

सोसल मिडिया दुव्र्यसन जस्तै इन्टरनेट दुव्र्यसन पनि हल्का र कडा खालको हुन सक्छ। यसले पनि विथड्रवल लक्षण देखाउँछ। जस्तैः मानसिक तनाव, बैचनी, चिडचिडापना तथा उदासी। कसैकसैलाई निद्राको समस्या हुने, काँप्ने वा पाचन प्रक्रिया गडबड हुने गर्छ। 

सोसल मिडिया के हो ?
सोसल मिडिया बा“की मिडिया (प्रिन्ट तथा इलेक्ट्रोनिक) भन्दा अलग छ, जसले वेबसाइट र मोबाइल एप्समार्फत् प्रयोगकर्तालाई सिर्जना गर्न तथा सामाजिक साझेदारी गर्न वा सामाजिक नेटवर्किङमा जोड्छ। अर्को शब्दमा भन्ने हो भने सोसल मिडिया एक विशाल सञ्जाल (नेटवर्क) हो, जसले सारा संसारलाई जोडेको छ। फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम, गुगल प्लस, लिंक्डइन, व्हाट्सअप तथा माइस्पेस आदि सोसल मिडियाको प्रसिद्ध प्लेटफर्म हुन्। नेपालमा सबैभन्दा बढी चलाइने सोसल मिडिया फेसबुक हो। गृहिणी तथा विद्यार्थीले बढी प्रयोग गर्ने सोसल मिडिया पनि फेसबुक नै हो। पछिल्लो तथ्यांक अनुसार सोसल मिडियामा पहु“च भएका ९३.५४ प्रतिशत नेपालीहरूले फेसबुक, ४.०६ प्रतिशतले युट्युब, ०.८ प्रतिशतले ट्विटर तथा बा“कीले अन्य सोसल मिडियाहरू चलाउने गर्छन्। 

सोसल मिडियाको उज्यालो पक्ष
हिजोआज सोसल मिडिया समाजको एक अभिन्न र महत्वपूर्ण अंग बनेको छ। सोसल मिडियाका कारण नै सारा संसार मानिसको घर–घरमा, हात–हातमा पुगेको छ। सूचना आदनप्रदान गर्न, मनोरञ्जनात्मक कार्यक्रम हेर्न तथा खेल्न, ज्ञानगुन र सीपका कुरा प्रस्तुत गर्न तथा सिक्न सोसल मिडिया वरदान सावित भएको छ। सोसल मिडियाका कारण नै आफन्त तथा साथीसंगीसँग सिधा सम्पर्क गर्न सजिलो भएको छ। सोसल मिडियामार्फत निःशुल्क र तुरुन्त सन्देश, फोटो तथा भिडियो आदनप्रदान गर्न सकिन्छ। फेस टु फेस कुराकानी गर्न सकिन्छ। 

सोसल मिडिया अभिव्यक्तिको एक सशक्त माध्यम पनि हो। त्यसैले हिजोआज सोसल मिडिया अन्याय, अत्याचार र भ्रष्टचारविरुद्ध आवाज उठाउने सशक्त साधन पनि भएको छ। सोसल मिडियाका कारण सामाजिक मुद्दालाई आम मानिससम्म पु-याउन सकिन्छ। डा. गोविन्द केसीको आन्दोलन होस् वा निर्माला पन्तको हत्या प्रकरण होस्, यी दुवै घटनामा राज्यको ध्यानाकर्षण गर्न सोसल मिडियाको महत्वपूर्ण भूमिका रहेको सर्वविदिदै छ। नागरिकलाई राजनीतिक रूपमा जागरुक बनाउन पनि सोसल मिडियाले महत्वपूर्ण भूमिका खेलेको छ। 

लोकप्रियताको प्रचारप्रसारमा पनि सोसल मिडिया एक उत्तम प्लेटफर्म हो, जसको सहायताबाट व्यक्ति स्वयंको अथवा आफ्नो कुनै उत्पादनलाई लोकप्रिय बनाउन सक्छ। सोसल मिडियाको यही विशेषताका कारण हिजोआज सिनेमाको ट्रेलर तथा टिभी प्रोग्रामहरूको प्रसारण समेत सोसल मिडियाको माध्यमबाट हुने गर्छ। 

गायक प्रेम परिवार तथा अशोक दर्जीको प्रतिभालाई प्रकाशित र प्रसारित गर्न सोसल मिडिया (युट्युब र फेसबुक)को महत्वपूर्ण भूमिका रहेको धेरैलाई थाहा नै छ। 

सोसल मिडिया ज्ञानको भण्डार हो। जहाँ हरेक कुराको ज्ञान पाइन्छ। विशेषज्ञहरूसँग परामर्श लिन सकिन्छ भने युट्युब आदिमा च्यानल बनाई आफ्नो प्रतिभा देखाई नाम र दाम कमाउन पनि सकिन्छ। मानिसहरूले हास्य कार्यक्रम बनाएर, पढाएर, यात्रा ब्लग बनाएर, कुकिङ सिकाएर, गीत गाएर, अभिनय देखाएर तथा स्वास्थ्य टिप्स दिएर नाम र दाम कमाइरहेका छन्। वास्तवमा सोसल मिडियाले रोजगारको नया“ अवसर सृजना गरेको छ। अतः समाजिक जीवनलाई सहज, सुगम र सबल बनाउन सोसल मिडियाले महत्वपूर्ण भूमिका निभाएको छ। त्यसैले सोसल मिडियाको उचित सदुपयोग गरेर व्यक्ति, संस्था, समूह, समाज तथा राष्ट्रलाई आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक रूपले समृद्ध बनाउन सकिन्छ।

सोसल मिडियाको अँध्यारो पक्ष 
संसारका हरेक प्रविधिहरू दोहोरो धारको तरवारजस्तै छन्। सोसल मिडिया पनि यसमा अछुतो छैन। त्यो किनभने यसका जत्ति फाइदाहरू छन्, उति नै बेफाइदाहरू पनि छन्। सोसल मिडिया दुरुपयोगले समाजमा विकृति पनि देखिएका छन्। हिजोआज सोसल मिडियाको दुरुपयोग हुने क्रम बढ्दैछ। वास्तवमा भन्ने हो भने यस्ता नेटवर्कहरूले टाढाका मानिसहरूलाई नजिक तथा नजिकका (घरपरिवार तथा गाउँठाउँका) मानिसहरूलाई टाढा बनाएको छ। तर, फेसबुक आदिका यस्ता साथीसंगीहरू र अधिकांश सामग्रीहरू भरपर्दो र विश्वसनीय नहुने कुरा अध्ययनहरूले देखाएका छन्। 

सोसल मिडियामार्फत् कतिपय असामाजिक तत्वहरूले, बेइमान राजनीतिज्ञ र उनका कार्यकर्ताहरूले झुठो तस्बिर, भिडियो तथा तथ्यहीन सामग्रीहरू बनाएर अफवाह फैलाउने गर्छन्। यसले अनेक सामाजिक तथा राजनीतिक समस्याहरू पैदा हुन सक्छ, दंगाहरू समेत भएका छन्। साइबर अपराध सोसल मिडियासँग जोडिएको एक समस्या हो। 

फेसबुकले पढाइ–लेखाइ चौपट 
फेसबुकका कारण विद्यार्थीको पढाइ–लेखाइ चौपट हुने गरेको छ। अचेल अधिकांश विद्यार्थीको ध्यान पढाइ–लेखाइमा होइन, स्मार्ट फोनमा हुने गरेको छ। नेपाली विद्यार्थीले पनि स्मार्ट फोनलाई फोटो खिँच्न, फेसबुक चलाउन, गेम खेल्न र पोर्नग्राफ्री हेर्न प्रयोग गर्ने गर्छन्। गृहिणीहरू फेसबुकमा व्यस्त हुँदा दुध उम्लिएर पोखिएको, कुकर पड्किएको घटनाहरू पनि सुनिने गर्छन्। मानिसहरू सोसल मिडियाको लतमा सजिलै पर्छन्, यो यसको सबैभन्दा खतरनाक कमजोरी हो। सोसल मिडियाको लतले एकातिर समय र पैसा नास हुन्छ भने अर्कोतिर पारिवारिक, शारीरिक तथा मानसिक समस्या पैदा हुन्छ। सोसल मिडियामा भुलिरहने मानिसहरूको आ“खा त कमजोर हुन्छ नै, मधुमेह, रक्तचाप, मुटुरोग तथा थाइरोडिज्म आदि पनि निम्ताउँछ। 

सोसल मिडिया लत 
साधारण शब्दमा भन्ने हो भने सोसल मिडिया प्रयोग गर्ने अनियन्त्रित इच्छा वा लतलाई सोसल मिडिया दुव्र्यसन भनिन्छ। सोसल मिडिया दुव्र्यसनमा फसेको व्यक्तिको ध्यान केवल यस्ता मिडियाहरू प्रयोग गर्नमा हुन्छ। अम्मली व्यक्ति दिनको १०—१२ घण्टासम्म पनि यसमा झुम्मिने गर्छन्। यसको प्रयोग नगरी बस्न सक्दैनन्। प्रयोग गर्न नपाए उनीहरू बेचैन तथा आक्रोशित हुन्छन्। यहाँ उल्लेखनिय कुरा के भने नया“ प्रविधि सिक्न घण्टौं प्रयासरत रहनु या आवश्यकता अनुसार यसको प्रयोग गर्नु लत होइन। यो तबसम्म नशा होइन, जबसम्म यसले सामान्य जीवनयापनमा वा सम्बन्धमा नराम्रो प्रभाव पार्दैन। सोसल मिडिया दुव्र्यसन जस्तै इन्टरनेट दुव्र्यसन पनि हल्का र कडा खालको हुन सक्छ। यसले पनि विथड्रवल लक्षण देखाउ“छ। जस्तैः मानसिक तनाव, बैचनी, चिडचिडापना तथा उदासी। कसैकसैलाई निद्राको समस्या हुने, का“प्ने वा पाचन प्रक्रिया गडबड हुने गर्छ। 

सोसल मिडिया लत अहिलेको एक गम्भीर समस्या हो। तुलनात्मकरूपमा किशोर–किशोरी तथा युवावर्गहरू बढी यस्तो लतको दलदलमा फस्ने गरेको भएता पनि बालबालिका तथा पाका मानिसहरूमा पनि यस्तो लत कम छैन नेपालमा सोसल मिडिया लगायतका प्रविधि दुव्र्यसनीको संख्या कति छ भन्ने एकिन नभएता पनि प्रविधि दुव्र्यसनमा फस्नेहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। तर, सरकारले यस समस्याप्रति कुनै चासो देखाएको छैन। अस्ट्रेलिया, चीन, भारत, जापान, इटाली, कोरिया तथा ताइवान जस्ता देशहरूमा भने इन्टरनेट दुव्र्यसनलाई एक गम्भीर समस्याको रूपमा लिएका छन्। र, यस समस्याको समाधानका लागि उपायहरू खोजिरहेका छन्।

हालै गरिएको एक मनोवैज्ञानिक शोधका अनुसार सोसल मिडिया लत ड्रग्स वा मद्यपानको लत जस्तै खतरनाक र हानीकारक देखिएको छ। विशेष गरी बालबालिका, किशोर तथा युवावर्ग सोसल मिडिया एडिक्सनबाट बढी पीडित छन्। अनलाइन गेम तथा सोसल नेटवर्कको बढी प्रयोग तथा अश्लील चिजहरू हेर्ने आदत यसको सुरुवाती लक्षण हो। आदत बढ्दै गएमा सोसल मिडिया प्रयोग गर्न नपाउ“दा बेचैनी, चिडचिडापन तथा क्रोध आउने स्थिति देखा पर्छ। यो नै सोसल एडिक्सन डिसअर्डरको लक्षण हो। चाइनिज एकाडेमी अफ साइन्सको रिसर्च अनुसार सोसल मिडियाको लतले मस्तिष्क तथा इम्युन सिस्टमलाई कमजोर बनाइदिन्छ। जसले गर्दा मस्तिष्क शक्ति तथा स्मरणशक्ति घट्ने तथा रोगस“ग लड्ने क्षमता ह्रास हुने गर्छ। यसको अध्याधिक प्रयोगले मानिसको सोच्ने शक्ति तथा सृजनशीलतामा पनि निकै असर गर्छ।

के हो त समाधान 
सोसल मिडिया तथा इन्टरनेट जस्ता प्रविधिहरूको लतले व्यक्तिको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने र यसले अन्य मनोरोगहरूको समस्या समेत निम्ताउने हुनाले छिटोभन्दा छिटो उपचार गर्न आवश्यक हुन्छ। त्यसो त हल्काखाले इन्टरनेट लतको उपचार आफैं पनि गर्न सकिन्छ। जस्तो कि सोसल मिडियामा बिताउने समय कम गर्दै जाने। बाहिर खेलहरू बढी खेल्ने। साथीसंगी तथा परिवारको साथमा समय बिताउने। राम्रा किताबहरू पढ्ने। राती छिट्टै सुत्ने र बिहान सबेरै उठ्ने बानी बसाल्ने। योग, ध्यान तथा व्यायाम गर्ने। सोसल मिडिया चलाउने समय तालिका बनाउने। सोही समयमा मात्र इन्टरनेटको प्रयोग गर्ने। यससम्बन्धी सेल्पहेल्प किताबहरू पढेर उल्लेखित उपायहरूको पालना गर्ने। तर, कडा खालको प्रविधि लतको उपचारका लागि विशेषज्ञको आवश्यकता पर्छ। प्रविधि दुव्र्यसन एक मनोवैज्ञानिक समस्या भएकाले यसको उपचार पनि मनोवैज्ञानिक तरिकाबाट गर्नुपर्छ। कग्निटिभ बिहेभियर थेरापी (सिबिटी) तथा इडिएमआर जस्ता मनोवैज्ञानिक पद्धतिहरू प्रविधि दुव्र्यसन डिसअर्डरका लागि उत्तम उपचार पद्धतिहरू हुन्। 

अन्त्यमा 

अतः आधुनिक जीवनमा इन्टरनेट तथा सोसल मिडिया जस्ता प्रविधिहरूको ठूलो महत्व र आवश्यकता रहेको कुरामा दुई मत छैन। यस्ता प्रविधिहरूलाई आवश्यकता अनुसार सदुपयोग गर्दा धेरै नै फाइदा हुन्छ। आवश्यकता अनुसार प्रविधिहरूको उपयोग गर्नु लत तथा दुव्र्यसन होइन। त्यसैले सोसल मिडियालाई नशा नबनाइकन त्यसबाट सक्दो फाइदा उठाउनु नै बुद्धिमानी हो। यसतर्फ सबैको ध्यान जान आवश्यक छ। 
(लेखक साइकोथेरापिस्ट हुन्।)

प्रकाशित: २९ मंसिर २०७५ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App