७ आश्विन २०७७ बुधबार
अन्य

हेलम्बु जाऊ, डाक्टर भगाऊ !

अंग्रेजीमा एउटा भनाई छ– स्याउ खाऊ, डाक्टर भगाऊ । सिन्धुपाल्चोकको हेलम्बुमा स्याउ छैन । तर, यहाँ स्याउको जस्तो मिठास र गुणकारी मनहरू मनग्ये भेटिन्छन् । त्यसैले कतिपयले भन्छन्– हेलम्बु जाऊ, डाक्टर भगाऊ । 

जलवायु परिवर्तन तथा अन्य विविध कारणले यहाँका डाँडामा स्याउ फस्टाउन सकेन । तर, लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने समग्र हेलम्बुवासीको अनुहारमा स्याउजस्तो मुस्कान अझै भेटिन्छ । 

हेलम्बुको चिसो हावापानी, अर्गानिक खानेकुरा र स्थानीयको सौहार्दपूर्ण व्यवहारले यहाँ आउने जो कोही पर्यटक रमाउँछन् । हेलम्बु क्षेत्रमा भ्रमण गर्नेले नयाँ ताजगी पाएको महसुस गर्छन् । 

हेलम्बुको चिसो हावापानी, अर्गानिक खानेकुरा र स्थानीयको सौहार्दपूर्ण व्यवहारले यहाँ आउने जो कोही पर्यटक रमाउँछन् । हेलम्बु क्षेत्रमा भ्रमण गर्नेले नयाँ ताजगी पाएको महसुस गर्छन् । 

गाउँमा मोटर पुगेका छन् । विदेशीको तुलना स्वदेशी पर्यटक बढी देखिन्छन् । बारीमा करु पाकेका छन् । आलु, मुला, सिमी र सागका भान्सामा पाकेका छन् । अँगेनामा बसेर नुन हालेको चिया दिँदै गर्दा उनीहरू हसिला भेटिन्छन् । 

कुनै बेला पदयात्राको लागि प्रसिद्ध यो ठाउँ पछिल्लो केही समय ओझेलमा प-यो । यहाँ आउने अतिथि घटेका छन् ।   यहाँ सुन्दरता छ । तर, त्यसको प्रचार छैन । यहाँका उत्पादन स्वादिलो छ । तर, बजार सहज छैन । 

उनीहरूको घर आँगनमा आएका सर्वसाधारणको आतिथ्यतामा कुनै कमी छैन । आगन्तुकलाई मिठा खान्कीले मात्र होइन, मिठासपूर्ण बोलीले स्वागत गर्छन् ।  

जलवायु परिवर्तन तथा अन्य विविध कारणले यहाँका डाडामा स्याउ फस्टाउन सकेन । तर, लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने समग्र ह्योल्मोवासीको अनुहारमा स्याउजस्तो मुस्कान अझै भेटिन्छ । 

मुलुकका अन्य भागमा जस्तै यहाँका बस्तीबाट पनि घरैपिच्छेजस्तो वैदेशिक रोजगारीका लागि गएका छन् ।  त्यसैले होला उनीहरू घरमा आएका आफन्तलाई आफ्नै परिवारका सदस्य जस्तो ठान्छन् । श्रद्धाले भोजन खुवाउँछन् । 

हेलम्बु क्षेत्रको मेलम्चीघ्याङ, शेर्मान्थाङ, बरुवा, नाकोते, तार्केघ्याङ, छिमीघ्याङ लगायतका स्थानीय दिनभर काम गर्छन् । समुद्री सतहबाट एक हजार मिटरदेखि पाँच हजार मिटरसम्मको भू–भाग हेलम्बु गाउँपालिकामा पर्छ । त्यसैले एउटै गाउँपालिकामा पनि यसको भौगोलिक विविधता देखिन्छ । 

लेकमा मानिसहरू साँझपाख अँगेनाको छेउमा आगो तापेर बस्छन् । आदिवासी भनेर चिनिने अल्पसंख्यक ह्योल्मो जातिको बसोबास बाक्लो छ यहाँ । 

उनीहरू मेलम्चीको तल्लो क्षेत्रलाई बेसी भन्छन् । बेसीबाट आएका पाहुनालाई स्वागत गर्न पाउँदा भाग्यमानी ठान्छन् । बेसीबाट लेकमा उक्लनेको हातमा बदाम र सुन्तला हुन्थे भने लेकबाट तल झर्नेको हातमा स्याउ र मुला । 

यस क्षेत्रमा सद्भाव भेटिन्छ । यहाँका विद्यालयमा तराईदेखि पहाडसम्मका शिक्षकले पढाउने गरेका छन् । चाडपर्वमा सबै समुदायको सहभागिता रहने गरेको छ । गुम्बाबाट निस्कने मानेको धुन र मन्दिरबाट निस्कने घन्टको धुन दुवैमा रमाउँछन्, सर्वसाधारण । समग्रमा सुन्दरता, सद्भाव र शितलताको संयोग यो ठाउँमा स्याउभन्दा पनि रसिलो छ । 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App