१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

अनलाइनबाट साथी चुन्दा ख्याल राख्नुस्

जीवनसाथी डटकम, नेपाली माट्रिमोनी डटकम, कम्युनिटीमाट्रिमोनी डटकम जस्ता वेबसाइटमा कतिपय नेपाली भाषी समुदाय र कतिपय नेपाली युवाले आफ्नो वैवाहिक जीवनको विज्ञापन गरिरहेका हुन्छन् । तीमध्ये अधिकांश ३० वर्षभन्दा माथिका छन् ।

यस्ता अनलाइनमा हरेक उमेर समूह, धर्म, जाति, शिक्षा र व्यवसायिक क्षेत्रका आधारमा वरवधु चयन गर्न सकिन्छ । यस्ता अनलाइन एक हिसाबले बरदान साबित भएको छ भने कतिका लागि अभिशापसमेत बन्न पुगेको छ । 

एउटा शोधका अनुसार अनलाइन माट्रिमोनीको मामिलामा सयमा ६० प्रतिशत वरवधुको जीवन खुसियालीपूर्ण छ भने ४० प्रतिशत ठगी तथा असन्तोषको शिकार बन्न पुगेको छ ।

इन्टरनेट बिहे अर्थात् माट्रिमोनियल वेडिङका लागि सुरुमा माट्रिमोनियल साइटमा आफूलाई रजिस्टर (दर्ता) गर्नुपर्छ । यस्तो दर्ता दुई किसिमका हुन्छन् । एउटा सित्तैमा गरिने दर्ता र अर्को पैसा तिरेर गरिने दर्ता । पैसा तिरेर गरिने दर्तामा सबैले देख्ने गरी प्रोफाइल र तस्बिरहरु आउँछन् । इन्टरनेटमा प्रोफाइल हेरेर कसैले वर वा वधुसँग सम्पर्क साँध्न सक्छन् । यसका लागि केही रकम तिर्नुपर्ने हुन्छ । जसले तपाईंको प्रोफाइल रुचाउँछ, उसले थोरै रकम तिरेर तपाईंको सम्पर्क नम्बर लिन्छ ।

यसका फाइदा 

- अनलाइन माट्रिमोनीको सबैभन्दा ठूलो फाइदा तपाईंको चाहना, रुचिअनुसारको जीवनसाथी खोज्न सक्नुहुन्छ । तपाईंलाई मन नपर्ने कुरालाई सुरुमै प्रतिबन्ध लगाइदिने हुनाले सम्झौताका कुरा नै रहँदैन । कोसँग तपाईं आफूअनुकूल रहन सक्नुहुन्छ ? को तपाईंका लागि असल पार्टनर हुनसक्छ ? आदि कुरा सुरुमै जान्ने मौका तपाईंले पाउनुहुन्छ ।

दवावमुक्त

- अनलाइन माट्रिमोनीका माध्यमबाट बनेका सम्बन्धहरु बन्धनमुक्त हुन्छन् । यसमा कुनै पनि किसिमको दबाब हुँदैन । यस्तो सम्बन्धमा बाबुआमाको रोकटोक हुँदैन भने आफ्नो इच्छाअनुसारको पार्टनर छान्न सक्नुहुन्छ ।

छनोट र अस्वीकार

- यहाँ तपाईंले कयौँ सम्भावनायुक्त वर या वधु खोज्न सक्नुहुन्छ । यसमा कसैले कसैलाई अस्वीकार ग¥यो भने पनि तपाईंलाई कुनै असर पर्दैन । नत्र त अन्य कयौँ अवस्थामा केटा÷केटीको आत्मविश्वास कमजोर बन्न पुग्छ भने हीनभावनाले घर गर्ने गर्छ ।

समान धर्म–जाति

- हामी नेपालीहरु धर्म र जाति आफ्नै किसिमको होस् भन्ने चाहन्छौँ । एक हिसाबले पनि यो ठीकै हो किनभने इतर धर्म र जातजातिका विवाहमा कतिपय समस्या निम्तने गर्छन् । आफ्नै जाति र धर्मअनुसारका व्यक्ति फेला परुन् भन्ने उद्देश्यले नै धेरैजसोले आफ्नो धर्म र जातिको खुलासा गरेका हुन्छन् ।

समयको वचत

- बिहेबारीको कुरा चल्न थालेपछि परिवारका सदस्यहरुको समय र धन दुवै निकै खर्च हुने गर्छ । कयौँ अवस्थामा त समय अभावका कारण असल वर÷वधु चिप्लने डर हुन्छ । यी सबै कारणले अनलाइन माट्रिमोनीले तपाईंको समय वचत गर्छ ।

यसका कमजोरी पनि छन्

फेक प्रोफाइल

- यस्ता साइटमा राखिने प्रोफाइलमा आफ्ना गुणगान बढाइचढाइ प्रस्तुत गर्ने चलन छ । यसमा अधिकांशतः लुच्चा, लफङ्गा र कहिलेकाहीँ त आपराधिक मनोवृत्तिका मानिसहरुले पनि ‘मुर्गा’ फँसाउने चाहनाले काम गरिरहेका हुन्छन् । यस्तो अवस्थामा सावधानी अपनाइएन भने भविष्य अन्धकारमय हुनसक्छ ।

धोका र ठगी

इन्टरनेटमा साथी बन्नु, प्रेम बस्नु र त्यही प्रेमलाई हतियार बनाएर ब्ल्याकमेलिङ गर्नेहरुको कुनै कमी छैन । प्रायः यस्ता मानिसहरुले माट्रिमोनियल वेबसाइटलाई निशाना बनाएर प्रयोगकर्ताका प्रोफेसन डिटेल्स निकालेर ब्ल्याकमेलिङ गर्ने गर्छन् ।

फ्लर्टिङ

एक पटक सम्पर्क साँधेपछि प्रायः अचेलका युवा च्याटिङमा मस्त हुन थाल्छन् र त्यो फ्लर्टिङसम्म पुग्छन् । उनीहरुलाई च्याटमा रहेका व्यक्तिको एकादुई कुरा मन पर्ने बित्तिकै घरमा बिना कुनै जानकारी दिई सम्भावित दुलाहा वा दुलहीसँग डेटिङ जान थाल्छन् । यदि डेटिङमा गएका व्यक्तिमध्ये कुनै एक जना मात्र पनि गलत मानसिकताको भए भने ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ ।

उसो भए केमा ध्यान दिने त ?

- चयन प्रक्रियामा दुवैतर्फका परिवारलाई सहभागी गराउनुहोस्

- सुरुवाती कुरा चल्नेबित्तिकै केटा वा केटी दुवै पक्षले दुवैतर्फका बारेमा आधारभूत सूचनाहरुका बारेमा जानकारी लिइहाल्नुहोस्

- वेबसाइट, फेसबुक लगायतका सामाजिक सञ् जालमा दिइएका कुनै पनि जानकारीलाई सयप्रतिशत सत्य नमान्नुहोस् ।

- बिहेका मामिलामा फोटो हेरेरै चाँडो निर्णय नलिनुहोस् ।

- कुनै युवक वा युवती मन परे तुरुन्तै उससित सम्पर्क गरिनहाल्नुहोस् ।

- विवाह हुने पक्का गर्नुअघि वर÷बधुका छिमेकी वा नजिकका आफन्तबाट पर्याप्त जानकारी लिनुहोस् ।

- वर वा बधुका बारेमा गुगल, फेसबुक वा लिङ्क्डइनबाट जानकारी लिनुहोस् ।

प्रकाशित: २४ मंसिर २०७५ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App