coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

कहिले बन्लान् कंलकी–नागढुंगा र बौद्ध–साँखु सडक?

कंलकी–नागढुंगा र बौद्ध–साँखु सडक राष्ट्रियस्तरमै चर्चा भइरहन्छ बेलाबेला । सर्वसाधरणको दबाब थेग्न नसकेपछि कहिलेकाहीँ मर्मत कार्य गरिन्छ, खाल्डा पुरेर।

भदौ पहिलो साता यी सडकमा धमाधम विस्तारको काम गरियो। रातदिन नभनी सडक बनाएको देख्दा सर्वसाधारण चकित परे। ती सडक मात्रै होइन, उपत्यकाका अन्य सडकका स–साना खाल्डा समेत खोजीखोजी पुर्न थालियो।

पाहुना आउँदा र सम्मेलन हुँदा सरकारले सडक चाक्ला बनाउँछ। पाहुना हिँड्ने सडक मात्रै चाक्ला बनाउँदा सर्वसाधारणको सरकारप्रति आलोचना खेप्न नसिकएला भनेर कंलकी–नागढुंगा र बौद्ध–साँखु सडकमा काम थालियो।

भदौ दोस्रो साता भएको बिम्स्टेक सम्मेलनमा आएका पाहुना गोकर्ण रिसोर्ट लैजाने सरकारको तयारी थियो। त्यसैको लागि बौद्ध खण्डको सडकमा रातदिन नभनी काम गरिएको थियो। तर, पाहुना हिँड्न लायक बनाउन समय पुगेन। जसले गर्दा गोकर्ण रिसोर्टमा पाहुना लगिएन। त्यसपछि सडक विस्तारको गति समेत सुस्त बनाइएको छ।

पाहुना गएपछि भने सडक पुरानै अवस्थामा फर्किन थाल्छन्। कंलकी–नागढुंगा र चावहिल–साँखुका सडकमा पनि त्यही अवस्था दोहोरियो। पाहुना गएपछि रातदिन नभनी गरिएको सडक विस्तार गति सुस्त भयो।

भदौ दोस्रो साता भएको बिम्स्टेक सम्मेलनमा आएका पाहुना गोकर्ण रिसोर्ट लैजाने सरकारको तयारी थियो । त्यसैको लागि बौद्ध खण्डको सडकमा रातदिन नभनी काम गरिएको थियो । तर, पाहुना हिँड्न लायक बनाउन समय पुगेन । जसले गर्दा गोकर्ण रिसोर्टमा पाहुना लगिएन । त्यसपछि सडक विस्तारको गति समेत सुस्त बनाइएको छ।

तर, सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ भने सडक विस्तार तीव्र गतिमै भइरहेको दाबी गर्छन्। ‘हामीले कंलकी–नागढुंगा र बौद्ध–साँखु सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं,’ उनले भने, ‘ती सडकमा अहिले पनि धमाधम काम भइरहेका छन् ।’ उनका अनुसार विस्तारको लागि उपलब्ध भएका ठाउँमा पोल गाड्ने, वाला लगाउने, ढल पाइप गाड्ने, पेटी बनाउने लगायतका काम भएका छन्। त्यसैगरी सडकमा रहेका खाल्डा पुर्ने काम पनि गरिरहेको उनले दाबी गरे।

तर, जोरपाटीका स्थानीय जयराम श्रेष्ठ भने बिम्स्टेक सम्मेलनको जसरी सडक विस्तारको कार्य नभएको बताउँछन्। ‘रातदिन नभनी काम गरेको देख्दा अबचाहिँ सडक बन्ला जस्तो लागेको थियो,’ सम्मेलनअघि सडकमा भएको काम सम्झिँदै उनले भने, ‘अहिले त गरेको जस्तो मात्रै गरिन्छ सडकमा काम ।’ उनका अनुसार सम्मलेनअघि एक घण्टा गर्ने कामलाई अहिले एक दिन लगाइन्छ । जनशक्ति र मेसिन पनि कम भएको गर्ने गरिएको उनले बताए।

मध्यमाञ्चल क्षेत्रीय सडक कार्यालयका निर्देशक शिवहरि सापकोटा कामको गति केही कम भए पनि काम नरोकिने उनले बताए । ‘कंलकी–नागढुंगा र बौद्ध–साँखु सडकको काम रोक्ने पक्षमा हामी छैनौं,’ उनले भने, ‘कुनै हालतमा पनि यो आर्थिक वर्षभित्रमा कालोपत्रे गर्नेछौं ।’ उनका अनुसार कालोपत्रे गर्न प्रधानमन्त्री केपी शर्मा ओलीबाटै पनि निर्देशन आएको छ। प्रधानमन्त्रीको समेत निर्देशन आएपछि सडक कालोपत्रे नरोकिने उनले दाबी गरे। यथावत अवस्थामै कालोपत्रे गरेर सडक विस्तारको काम समेत नरोक्ने सापकोटाको दाबी छ।

तर, प्रधानमन्त्रीकै निर्देशनले मात्रै सडक बन्ला भनेर ढुक्क हुन सकिँदैन । किनकी, प्रधानमन्त्री ओलीले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी ५० दिनभित्र पुर्न निर्देशन दिएका थिए । असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, मन्त्रालयका सचिव,  सडक विभागका प्रमुखलाई कार्यालयमा बोलाएर कलंकी–थानकोट, चाबहिल–जोरपाटी–बौद्ध सडक तत्काल स्तरोन्नतिसहित कालोपत्रे गर्न निर्देशन दिएका थिए । तर, प्रधानमन्त्री ओलीको निर्देशनअनुसार भने काम हुन सकेन। सडकमा केही ठूला खाल्डाखुल्डी पुरिए पनि अझै सडकमा सानातिना खाल्डाहरू यथावत देखिन्छ।

सापकोटा भने वर्षाको कारणले स–साना खाल्डा पुर्न नसकेको स्वीर्काछन् । ‘प्रधानमन्त्रीको निर्देशनपछि सडकमा आकाश पतालको परिवर्तन ल्याएका छौं,’ उनले भने, ‘५० दिनमै चाक्ला सडक त बनाउन सकिँदैन । अबको ६ महिनामा भने चाक्ला सडक बन्छ । यसमा ढुक्क हुनुस् ।’ कालोपत्रे गर्ने योजना अगाडि सारिएकाले पनि ठूला खाल्डा पुरेर सहज बनाएकाले साना खाल्डा बाँकी बसेको उनले बताए।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले कंलकी–नागढुंगा, चाबहिल–जोरपाटी–साँखु सडकलाई खण्डखण्डमा विभाजन गरेर २०७२ असोजमा फरक फरक निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । २०४५ सालमै उपत्यका नगर विकास समितिले कायम गरे मापदण्ड अनुसार सडकलाई विस्तार गरेर केन्द्रबाट ११÷११ मिटरको बनाउने भन्ने थियो । यो ठेक्का २०७४ चैतसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । तर, विभिन्न बाधा आएको भन्दै विस्तारको काम एक चौथाई मात्रै भएपछि एक वर्षको लागि म्याद थपिएको छ । थपिएकै म्यादभित्र उपलब्ध ठाउँमा कालोपत्रे गरिने सडकको योजना छ।

प्रकाशित: २५ भाद्र २०७५ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App