७ वैशाख २०८१ शुक्रबार
अन्य

हलिउडमा बिक्दैछ विविधता

हलिउडको इतिहासमा ‘ब्ल्याक प्यान्थर’ सर्वाधिक कमाउने फिल्मको सूचीमा नवौं स्थानमा छ। टाइटानिक, अवतारसँगै सर्वाधिक कमाउने सूचीमा सामेल हुनु यो फिल्मको चानचुने उपलब्धि थिएन । कारण यो हलिउडमा पहिलो फिल्म थियो जहाँ प्राविधिकदेखि कलाकारसम्म अफ्रिकी मुलका थिए । अफ्रिकी मुलका कलाकार लिएर यो हदको सफलता धेरैको कल्पनाभन्दा बाहिरको कुरा थियो । तर विश्वभर १३ खर्ब अमेरिकी डलर कमाइ गर्दै फिल्मले सर्वाधिक कमाउने १० हलिउड फिल्मभित्र आफूलाई सूचित ग-यो।

गोरा जातिका कलाकार बाहुल्य रहेको फिल्मले मात्र बक्स अफिसमा पैसा छाप्छन् भन्ने मान्यता रहेका बेला ‘ब्ल्याक प्यान्थर’को सफलताले धेरैका घैंटामा घाम लाग्यो । यही समयमा इजरायली अभिनेत्री गाल गाडोटको अभिनय रहेको फिल्म ‘वन्डर वुमन’ले पनि बक्स अफिसमा चमत्कार गरेपछि त हलिउडले लामो समयसम्म गोराको मात्र ‘हेजीमोनी’ कायम गरेको सत्य सतहमा आयो।

हलिउडले बेलाबेलामा एसियाका कथामा फिल्म बनाएर राम्रो पैसा कमाएको छ। तर त्यस्ता फिल्मप्रति तत्देशका दर्शकको गुनासो छ, ‘हाम्रो कथा भन्नलाई उनीहरूले हाम्रा अभिनेतामा भरोसा देखाएनन्, गोरा अभिनेता नै खोजे।’

हलिउडमा यसअघि महिला मुख्य भूमिकामा रहेको फिल्मले पनि खास व्यापार गर्दैन भन्ने पनि  भ्रम थियो । तर ‘वन्डर वुमन’ले यो भ्रम पनि तोडिदिएपछि हलिउडमा विविधताको बहस जोडतोडले सुरु भएको छ । यही बहसमा एसियाको मुद्दा पनि सामेल भएको छ जब एसियन मुलका कलाकारको बाहुल्य रहेको ‘क्रेजी रिच एसियन्स’ले पनि हलिउड बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । रिलिजको छैटौं दिनसम्म आइपुग्दा फिल्मले ३८ करोड अमेरिकी डलर कमाइगरेको छ जुन सन् २०१५ यता कुनै पनि रोमान्टिक कमेडी जनराको फिल्मले गरेका थिएनन्।

सन् २०१५ मा रिलिज भएको एमी सुमर्स अभिनित फिल्म ‘ट्रेनवेक’ले पहिलो दिन दिनमा ३१ करोड अमेरिकी डलर कमाइ गरेको थियो भने फिल्मको लाइफटाइम कलेक्सन १ सय अर्ब बराबर थियो।

हलिउडले बेलाबेलामा एसियाका कथामा फिल्म बनाएर राम्रो पैसा कमाएको छ । तर त्यस्ता फिल्मप्रति तत्देशका दर्शकको गुनासो छ, ‘हाम्रो कथा भन्नलाई उनीहरूले हाम्रा अभिनेतामा भरोसा देखाएनन्, गोरा अभिनेता नै खोज ।े’  म्याड डेमन अभिनित ‘दि ग्रेट वाल’ चाइनिज दर्शकको चित्त दुखाइको कारण बनेको थियो । डेमनले फिल्ममा चाइनिज योद्धाको भूमिका निर्वाह गरेका छन् जो सहरको संकट टार्न राक्षसँग लड्छन् । रोचक के थियो भने यो फिल्म चिनियाँ निर्देशक झाङ यिमाउले निर्देशन गरेका थिए । यस्तै विवाद स्कारलेट जोन्सन अभिनित ‘घोस्ट इन दि सेल’ले पनि खेपेको थियो । जापानी कमिक्समा आधारित फिल्ममा जापानी कलाकार नलिएर गोरा कलाकार लिएको भन्दै यहाँ पनि जापानीले चित्त दुखाएका थिए।

आलोचकहरू स्टुडियोका कारण हलिउडले कास्टिङमा मनोमानी गर्दै आएको ठान्छन् । स्टुडियोले सन् १९०० सयको सुरुवातदेखि नै युरोप बजारमा केन्द्रित रहँदै आएका छन् । तर युरोपको जनसंख्या एसियाको तुलनामा कम छ । फिल्म हेर्न हल जाने जनसंख्या पनि अरु महादेशमा भन्दा एसियामा ज्यादा छ । एसियाको अर्को विशेषता यो पनि छ कि यहाँ विविध जातिका मानिस बस्छन् र संस्कृति पनि विविध छ । अमेरीका बाहेकका जनताले विश्वमा विविधता देख्छन् किनकि अमेरिका भन्दा बाहिर साँच्चै विविधता छ।

‘क्रेजी रिच एसियन्स’ २५ वर्षयता एसियन अमेरिकन कलाकारको मुख्य भूमिका रहेको पहिलो फिल्म हो । २५ वर्षअघि बनेको ‘दि जोय लक क्लब’मा पनि यो फिल्ममा झैं एसियन मुलका अमेरिकी कलाकारको बाहुल्य थियो । यति मात्र होइन, हलिउडको ठूलो निर्माण कम्पनी वार्नर ब्रोजले लगानी गरेको पनि यो पहिलो फिल्म हो।

जोन एम चु निर्देशित फिल्म केभिन क्वानको यही नाममा प्रकाशित उपन्यासमा आधारित छ । समर सिजन फिल्मको व्यापारका लागि उपयुक्त समय मानिन्न । त्यसका बावजुद समीक्षकले फिल्मको व्यापारमा देखिएको संख्या हलिउडले एसियाका स्टारमा पनि देखाएको भरोसाका रुपमा चित्रित गरेका छन् । उनीहरूको तर्क छ, ‘क्रेजी रिच एसियन्स’को सफलताले विविधतापूर्ण कास्टिङले पनि फिल्म हल भरिन्छन् र फिल्मले नाफा पनि कमाउँछन् भन्ने सत्य स्थापित भएको छ।

हलिउडमा गरिएको एक सर्वे अनुसार अमेरिकामा ल्याटिनोपछि फिल्म हेर्न हलमै जाने समुदायमा एसियनको प्रतिशत उच्च छ । सो सर्वेका अनुसार गतसाल फिल्म हेर्न हल जाने एसियनको प्रतिशत ८ प्रतिशत थियो भने, ‘क्रेजी रिच एसियन्स’ हेर्न जाने प्रतिशत ४० प्रतिशत छ।

‘क्रेजी रिच एसियन्स’ले सिनेमाको खेल परिवर्तन गरेको समीक्षकको बुझाइ छ । अल्पसंख्यकले हलमा दर्शक तान्न सुपरहिरो नै बन्नु पर्छ भन्ने छैन । उनीहरू सुपरहिरो नभइकन र अमेरिकी जीवनमा आउने अनौठा अनौठा ‘भिलियन’सँग नलडीकन पनि पनि दर्शकको मन जित्न सक्छन् भन्ने उदाहरण, ‘क्रेजी रिच एसियन्स’ बनेको छ ।  ‘क्रेजी रिच एसियन्स’ हलिउडका लागि धेरै हिसाबमा पाठ बनोस् र यसको सन्देश लिन हलिउडले अर्को २५ वर्ष कुर्न नपरोस्।
(एजेन्सीको सहयोगमा)

प्रकाशित: ९ भाद्र २०७५ ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App