६ वैशाख २०८१ बिहीबार
अन्य

‘सहरप्रति कोही संवेदनशील छैनन्’

मरिस्का पोखरेल, नायिका

तपाईंलाई मनपर्ने सहर कुन हो?
मलाई मनपर्ने सहर बुटवल हो । गर्मी ठाउँ मलाई मन पनि पर्छ । तीन–चार दिनअघि मात्रै सुटिङको सिलसिलामा त्यहाँ पुगेकी थिएँ । अन्तभन्दा बुटवल व्यवस्थित रहेछ । सहरीकरण पनि व्यवस्थित किसिमले भइरहेको छ । गर्मी ठाउँ भए पनि विकासमा काम राम्ररी गरिएको छ।

पोखरा र काठमाडौं कस्तो लाग्छ?
पोखरा पनि राम्रो छ । तर, नयाँ संरचना बनाउने शैली मलाई राम्रो लाग्दैन । आधुनिकता मात्रै खोजिएको छ । पोखरा चितवन र काठमाडौंका सहरमा मौलिकता मेटिँदै गएको छ । काठमाडौं र पोखरालाई हेर्दा त्यहाँ प्रकृतिले नै अनुपम सौन्दर्य भरेको छ । यी सहरको मौसम र प्राकृतिक सौन्दर्यले मन लोभ्याउँछ । पहाडको नजिक पर्ने यति सुन्दर सहर विश्वमा सायदै होलान् । तर, हामीले गरेका विकासका काम सही भएनन् । अर्को कुरा, काठमाडौं सहर आफैमा नराम्रो होइन । अहिलेभन्दा १० वर्ष पहिलेको उपत्यका हेर्ने हो भने धेरै व्यवस्थित र शान्त थियो । उतिबेलाको व्यवस्थित सहर अहिले बस्नै नमिल्ने जस्तो भएको छ । सहरभरी प्रदूषण मात्रै छ । शिक्षा, स्वास्थ्य क्षेत्र पनि देशका अरु भागमा भन्दा काठमाडौंमा राम्रो छ । तर, सहरमा एउटा कुराको कमी छ, त्यो हो– सचेतना र व्यवस्थित विकास निर्माणका काम।

काठमाडौं बिग्रनुको कारण के होला?
सरकारको सही भिजन र पोलिसी भएन । हिजो विकासका काम गर्दा आजलाई याद गरिएन । अल्पकाली र क्षणिक सोचमा सहरको विकास गरियो । जसले गर्दा अहिले सहरमा समस्यै समस्या भरिएको छ । सहरका नागरिक पनि सचेत छैनन् । सहरको कानुन समान छैन । सहरभरि अशिक्षितहरू छन् । एकले अर्कालाई सम्मान गर्न जान्दैनन्।

काठमाडौंलाई व्यवस्थित पार्न के गर्नुपर्ला?
सरकार जिम्मेवार हुनुपर्यो । आजलाई होइन, भोलिलाई हेरेर सहरको विकासतर्फ लाग्नुप¥यो । बनाउने हो भने काठमाडौं धेरै नै सुन्दर बन्न सक्छ । तर, कस्ले बनाउने भन्ने विषय अहिले पनि अन्योल छ । राजनीतिक दलहरू सत्ताको मोहका लागि मात्रै राजनीति गरे । काठमाडौंमा वर्षौं बसेर पनि सहरको विकास गर्न नसक्ने नेताहरूले सहरमै छन् । ती नेतालाई पनि सहर यति कुरूप हुँदा लाज लाग्नुपर्ने हो।

सहरको विकासमा नागरिकले कस्तो भूमिका निभाउनुपर्ला?
हाम्रो सहरका नागरिकहरू अराजक छन् । कोही पनि सहरप्रति संवेदनशील छैनन् । सबैले आफू अनुकूल काम गरेका हुन्छन् । घर सफा भएपछि सहर जतिसुकै फोहर होस् मतलब राख्दैनन्।

काठमाडौंको राम्रो लाग्ने पक्ष के हो?
यहाँका केही ठाउँ र पक्षहरूले दिक्क लाग्ने भए पनि धेरैथोक राम्रा छन् । काठमाडौंको मौसम सदावहार छ । ऐतिहासिक मठ–मन्दिर, सबैखाले सेवा–सुविधा र मौसम पनि राम्रो छ । मलाई स्वयम्भू, पशुपति र तीन जिल्लाका दरबार क्षेत्रमा साँझपख घुम्न रमाइलो लाग्छ।

तपार्इं कस्तो सहरको परिकल्ना गर्नुहुन्छ?
म बसेको सहर सफा होस् । सहरको चोकहरू हरियाली र सुरक्षित हौन् । सडक र यातायात व्यवस्थित होस् । सहरमा हरेक सेवा–सुविधा लिने ठाउँहरू छुट्याइएका हौंन । सहरी इलाकाभित्र २÷३ सय मिटरको फरकमा पार्कहरू हौन् । युवाहरूलाई प्रशस्त घुम्ने ठाउँहरू हौंन्।

सहर कसरी व्यवस्थित होला?
जनताहरू सचेत हुनुप-यो । अदुरदर्शी नेताहरूमा चेतना आउनुप-यो । सहरको विकासको लागि सरकारी निकायले प्लानिङ गर्नुपर्छ । मनलाग्दी नीति नियम बनाएर सहरीकरण बसाल्नु भएन।

नेपालभन्दा बाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ?
विश्वमा सुन्दर मानिने केही सहर पुगेकी छु । जापान, दुबई, थाइल्याण्ड, भारतलगायत देशका सहर पुगेकी छु।

कस्ता रहेछन् त्यहाँका सहर?
विदेशका सहर अति नै सुन्दर छन् । सबैतिर व्यवस्थित छन् । त्यहाँ नियमले सबैलाई बाँधेको हुन्छ । सहरभित्र हरेक इलाकाहरू छुट्याइएको हुन्छ।

ती देश र हाम्रा सहरबीच के भिन्नता पाउनुभयो?
विदेशका सहरमा मानिसहरू नीति नियमले चलेका छन् । सबैतिर सरकार बलियो भएर लागेको हुन्छ । गल्ती गर्नेलाई तुरुन्त सजाय दिइन्छ । तर, विकास निर्माणको हिसाबले हामी धेरै पछि छौं । प्रकृतिले दिएको कुरा हामी संसारमै घनी छौं।

काठमाडौं कसरी सफा होला?
सरकारले ल्याएको नीतिलाई पालना गर्नुप-यो । सहरवासी पनि उत्तिकै सजग हुनुप¥यो । नागरिक एकजुट भएर सरकारी निकायलाई घच्घच्याउनुप-यो।

यहाको मन नपर्ने पक्ष?
काठमाडौं बाध्यताको सहर भएको छ । धुवाँधुलो, ट्राफिक जाम र प्रदूषण मन नपर्ने पक्ष हुन्।

उपत्यका नजिकै कतै घुम्न जानुप-यो भने कुन ठाउँ रोज्नुहुन्छ?
त्यति घुम्ने बानी छैन । प्रायः घरमै बस्छु।

उपत्यकाको मनपर्ने खानेकुरा के हो?
मलाई ब्वाइल गरेको खानेकुरा मनपर्छ । चिल्लो तथा पिरो त्यति मन पर्दैन।

पछिल्लो समय घुमेको सहर कुन हो?
केही दिनअघि बुटवल पुगेकी थिएँ।

मन भएर पनि पुग्न नपाएको सहर?
त्यस्तो कुनै एक ठाउँमात्रै छैन । मेरो लक्ष्य विश्व यात्रा गर्नु हो।

प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: २८ श्रावण २०७५ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App