coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

फेसन युनाइटस् दोस्रो संस्करण

व्यावसायिक मोडलहरूको क्याट वाक र फेसन सोसँगै फेसन युनाइट्सको दोस्रो संस्करण काठमाडौं सम्पन्न भएको छ ।

नेपालका अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजु कोरीयोग्राफी र सानु बज्राचार्यको ड्रेस डिजाइनमा फेसन युनाइट्स सेकेन्ड एडिसन सम्पन्न भएको हो ।

फेसन सोमा २० व्यावसायिक मोडलको सहभागिता थियो । मौलिक नेपाली संस्कृति झल्किने ढाकाका फेसनेबल फ्यूजन पहिरनको साथमा सिल्क, पार्टीवेयर, क्याजुअल, समर वेयरलगायत मोहक पहिरनहरूमा मोडलहरूले र्याम्पमा क्याट वाक गरेका थिए । फेसन सोका पहिरन रिता लिम्बु, निर्मला केसी, सुजिना तण्डुकार, पृथा मुलेपति घिमिरे, रोजी बज्राचार्य, आशिका श्रेष्ठ प्रजापति र यंपु फेसन डिजाइनिङ इन्स्टिच्युटकी फाउन्डर डिजाइनर सानु बज्राचार्यले तयार पारेका हुन् ।

नेपाली चलचित्रकी चर्चित अभिनेत्री शुभेच्छा थापाले सोज–टपरको रूपमा बेग्लै पहिरनमा फेसन–सो भएको थियो । ‘फेसन सोहरु भइरहने गर्छ र विभिन्न सोमा मोडलको रूपमा, निर्णायकको रूपमा, दर्शकको रूपमा विभिन्न किसिमले सहभागिता पनि जनाइयो ।

यो फेसन शो अलि फरक ढंगको महसुस भएको छ । यस सोमा सहभागी भएर निकै खुसी छु,’ अभिनेत्री थापाले भनिन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भएको कार्यक्रमको संयोजन श्रीषा बैदार फैजुले गरेकी थिइन् । कोरीयोग्राफी भने आयोजक संस्थाका फाउण्डर साथै इन्टरनेसनल कोरियोग्राफर राज फैंजुले गरेका थिए ।

प्रकाशित: ४ श्रावण २०७५ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App