coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

आत्मस्वरूप निरूपण– ९

छिद्रहीन स्फटिकमा आकाश देखिएसरी ।
सबै पदार्थमा देख्छौ परमेश्वर त्यसरी ।।

भित्र–बाहिर एउटै हो ज्योति सर्वत्र एक छ ।
त्यस्तै स्वरूप आत्माको सर्वथा अद्वितीय छ ।।

ऐनामा सूर्यको छाया उज्यालो पार्छ जस्तरी ।
त्यस्तै उज्ज्वल आत्माको पार्छ छाया त्यसै गरी ।।
ऐनाझैँ बुद्धि यदि भो भने स्वच्छ बराबरी ।।

आत्माको ज्योतिलेमा मात्र चम्किएको छ विश्व यो ।
डोरीमा सर्पझैँ चिन्दा सर्प त्यो डोरी मात्र हो ।।

 

 

प्रकाशित: १९ जेष्ठ २०७५ ०३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App