२६ असार २०७७ शुक्रबार
अन्य

गुटफुटविरुद्ध एकता प्रयत्न सफल

२०२५ सालमा म कम्युनिस्ट आन्दोलनमा प्रवेश गरेदेखि पार्टीमा भएका गुटफुटबारे मैले जे देखेँ, जे भोगेँ र एकताको पक्षमा सोच, लेखन र काममा जे–जति चिन्तित र प्रयत्नशील भएँ, त्यसै सन्दर्भमा केही अनुभूति ‘गुटफुटविरुद्ध कम्युनिस्ट आन्दोलन र पार्टी एकताका पक्षमा’ शीर्षक यस संग्रहका लेखहरूमा अभिव्यक्त गरेको थिएँ।

२०४६ मंसिर १२ गते रौतहटको इनरबारीमा नेकपा (माले)को एक आमसभा थियो । त्यस क्रममा कमरेड माधव नेपाल, मोहनचन्द्र अधिकारी, डा. वंशिधर मिश्रसहित म पनि सहभागी भएको थिएँ । त्यसबेला नेपाल कम्युनिस्ट पार्टीका अनेक गुट बनेका थिए । त्यसबेला तुलसीलाल अमात्य पनि आमन्त्रित हुनुहुन्थ्यो।

त्यस सभामा विभिन्न वक्ताले आ–आफ्नो समूहको पक्षमा बोल्दै गएपछि, त्यहाँ एउटा अत्यन्त मार्मिक परिवेश उपस्थित भयो । त्यसैबीच आँखाभरि आँसु पारेर छातीमा मुठी राख्दै बूढा कार्यकर्ता सीताराम पटेलले भन्नुभयो, ‘यदि अब तपाईंहरूले एकता गरेर एउटै पार्टी बनाउनुहुन्न भने, म तपाईंहरूकै सामु आत्महत्या गर्छु ।’ उहाँको त्यो आत्मिक वेदनायुक्त अभिव्यक्तिले मेरो सिंगै शरीरलाई सन्न पार्यो र मन–मस्तिष्कमा भुइँचालो ल्याइदियो । त्यस दिनको गहिरो वेदना मेरो मन–मस्तिष्कमा धेरै दिनसम्म मडारिइरह्यो।

कार्लमाक्स र एंगेल्सले उद्घोष गरेको, ‘विश्वका मानव श्रमजीवी हो, एक होऊ !’ को सन्देश र त्यसले सिर्जना गरेको विश्वव्यापी अभियान चल्दै जाँदा नेपालका कम्युनिस्टहरू भने चिराचिरा परी आठ–दश गुटमा परिणत भएका थिए । सबैले एक–अर्कालाई ‘दक्षिण पन्थी, अवसरवादी, गुटबाज’ जस्ता आरोप लगाउँदा मेरो मनमा धेरै दिनसम्म नेपालका कम्युनिस्ट नेताहरूको हैसियत सम्झिसम्झी उद्वेग र पीडा लहराइरहे।

२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीमा दुई–तीन वर्षपछि नै गुटवादी अंक¬रहरू देखापर्न थालेका थिए । समय क्रममा पुष्पलाल, मनमोहन, तुलसीराम, डा. केशरजंग रायमाझी, मोहनविक्रम सिंह, रोहित आदि–आदिका समूह बन्दै गए र ती प्रत्येक समूहले, ‘विश्वका मजद¬र एक हौँ’ भन्ने नारा लगाउन भने छाडेनन् । ती गुट, उपगुट बनेका बिचरा समूहका मुखबाट त्यस्ता नारा स¬न्दा, मलाई सधैँसधैँ चिन्ता र वितृष्णाको भावनाले घेरिरहन्थ्यो ।म २०२६ सालदेखि बनारसमा कमरेड पुष्पलालको साथमा बसेर, ‘क्रान्तिकारी’ सांस्कृतिक मोर्चाको निर्माणमा क्रियाशील भएको थिए । त्यसैबेला बनारसमा पढ्न बसेका मदन भण्डारीको साहित्यिक प्रतिभा देखेर, निकै लामो समयपछि उहाँलाई सांस्कृतिक मोर्चामा संगठित हुन सहमत गराइएको थियो ।

हामीले भारत प्रवासमा बसेका बिपी कोइराला र पुष्पलाललाई दुवै पक्षका साथीहरू मिलेर बनारसको बेनियाँ बागमा विशाल सभा आयोजना गरी, दुवै नेताको मुखबाट ‘निरंक¬श पञ्चायती व्यवस्थाविरुद्ध संघर्षमा संयुक्त रूपले अघि बढ्ने’ भाषण गर्ने स्थितिमा पु¥याएका थियौँ । तर, त्यसको एक महिनापछि बिपी र गणेशमानले, ‘भारतले अप्ठेरो पार्ने स्थिति देखिएकाले, हामी जेलमै बस्नुपरे पनि नेपाल फर्कने भयौँ,’ भने । प¬ष्पलाल पनि निराश हुनुभयो । नितान्त एक्लोपनको निराशाले उहाँको जीवन यात्रा टुंग्यायो।

त्यसपछि हामीले नेकपा (माले) गठन गरी अघि बढ्दै जाने क्रममा अनेक वाम समूह मिली नेकपा (एमाले)को निर्माण भयो । त्यसपछि लामो प्रयत्नबाट वाम शक्ति र नेपाली कांग्रेसको संयुक्त प्रयासबाट निरंक¬श राजतन्त्रको समापन हँ¬दै हामी अहिले ‘गणतन्त्र युगमा’ आइपुगेका छौँ।

यही समग्र पृष्ठभूमिका बीचमा २०५४ मा नेकपा (एमाले)को महाधिवेशन हुने सन्दर्भमा कमरेड वामदेवले मतान्तर देखाउन थालेको स्थिति देखेर मैले ‘ग¬टफुटविरुद्ध कम्य¬निस्ट आन्दोलन र पार्टी एकताको पक्षमा’ सहित गुटगत प्रवृत्तिविरुद्ध समय–समयमा लेखिएका लेख संग्रह गरी प्रकाशित गरेको हँु । तर नेकपा एमालेभित्र पनि अलिअलि आंशिक गुट–उपगुट देखापर्दै रहे । अर्कातिर कमरेडहरू रोहित, मानन्धर, मधुगुरु आदि–आदिका गुट उपगुट चल्दै रहे।
त्यसबेलाका गुट उपगुटका विभिन्न चर्तिकला र एकअर्काप्रति आक्षेप–प्रत्याक्षेप आदिका वाक् य¬द्धको विचित्रको स्थिति थियो । त्यसबेला वामपन्थी एकता किन आवश्यक छ भनी बृहत् अभियान चलाउने सन्दर्भमा मैले यो ‘गुट–फुटविरुद्ध कम्युनिस्ट आन्दोलन र पार्टी एकताको पक्षमा’ शीर्षक लेखसंग्रह पार्टीको नेपालगन्ज महाधिवेशनमा प्रकाशित गरी वितरण गरेको थिएँ । तर परिस्थितिले भद्रगोल रूप लिँदै गयो।

तर, त्यसै महाधिवेशनपछि कमरेड वामदेवको एउटा छुट्टै समूह बन्यो । हामीले सहिद दिवस मनाउन लाग्दा बुटवलमा त्यस समूहले, प्रदीप ज्ञवालीको टाउको रक्ताम्य पार्दै, मेरो बायाँ हातमा ठूलो चोट पुर्यायो । त्यसपछि मेरो मोटरसाइकलमा चढ्ने क्षमता समेत सदाका लागि समाप्त भयो । जीवन भयो पैदल पैदल !

राजनीतिमा यस्ता विविध घटना घटिरहन्छन् । दरबार र दिल्लीको सहयोगमा उत्रेर सशस्त्र द्वन्द्वले छिन्न–भिन्न पारेको देश । दुई कम्युनिस्ट पार्टी शत्रु–शत्रु जस्तै बनेको परिस्थितिले लामै समयको पराजयपछि, जब दुई वाम चुनावमा मिले नेपाली कांग्रेसलाई हार्नैपर्ने स्थितिमा पुर्यायो । बल्ल देशमा गणतन्त्र उदायो । कल्पना गर्नुस्, कति ठूलो प्रयत्नले यो परिवर्तन सम्भव भयो ।

प्रकाशित: १९ जेष्ठ २०७५ ०८:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App