coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

को हुनेछ नागरिक नायक?

सामान्य नागरिकबाटै बन्छन् एक प्रेरक नायक भन्ने विचारका साथ हामीले हरेक वर्ष विभिन्न क्षेत्र, स्थान र विधाबाट यस्ता नागरिक वा संस्थाको खोजी थालेका छौँ, जसले समाजको हितमा दूरदर्शिता देखाएको होस् र देश तथा जनताका लागि आशा र मार्गनिर्देशन गरेको होस् ।

प्रतीक्षा गर्नुहोस् । नेपाल रिपब्लिक मिडियाको १३ औं वार्षिकोत्सवका अवसरमा नागरिक नायक २०७८ घोषणा गरिनेछ । वैशाख ११ गते, साँझ ५ बजे नेपाल टेलिभिजन बाट प्रत्यक्ष प्रसारण। 

 

नेपाल रिपब्लिक मिडियाद्वारा समाज परिवर्तनका लागि सकारात्मक भूमिका खेल्ने कुनै पनि व्यक्ति वा संस्थालाई गरिने सम्मान, तिनको काम र तिनले खेलिरहेको भूमिकालाई उजागर गर्ने र तिनको प्रचार प्रसार गर्दै तिनलाई थप उत्प्रेरित गराउने उद्देश्यका साथ चालिएको अभियान नै नागरिक नायक हो ।

यो सम्मान हरेक वर्ष नागरिक दैनिक, रिपब्लिका अंग्रेजी दैनिक, शुक्रवार साप्ताहिक तथा नागरिक परिवार मासिक म्यागेजिनको प्रकाशक नेपाल रिपब्लिक मिडियाको वार्षिक स्थापना दिवसको अवसरमा देशका प्रभावशाली राजनीतिक, व्यावसायिक, सामाजिक कार्यकर्ता, कूटनीतिज्ञ र विकास तथा अन्य क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको भव्य उपस्थिति  र भव्य समारोहबीचमा उच्च सम्मानसाथ प्रदान गरिन्छ ।

नागरिक नायकका कार्य प्रेरणादायक हुनुपर्छ र सो कार्यले देशको नागरिकको सामाजिक र आर्थिक उन्नतिका लागि प्रभावशाली भूमिका खेलेको हुनुपर्छ । समाजमा अभिनव र आधारभूत परिवर्तन ल्याउन सक्ने, वैचारिकरुपमा अब्बल र आफ्नो विचारले समाजलाई डोर्याउन सक्ने, सामाजिक कार्यमा उद्यमी तथा सामुदायसँग नजिक रहेर कार्य गरेको व्यक्ति वा संस्था नै यस सम्मानको हकदार हुन्छन् ।

यस सम्मानपछि मिडियामार्फत् उजागर गरिने उनका कार्यलाई नायकको यात्रा कथा र अनुभव संसारले सुन्नेछ । देश र विदेशबाट कयौं सहयोगी हातहरु उनको अभियानका लागि उठ्नेछन् । यसबाट नागरिक नायक वा संस्थाको कार्यको उचित सराहना हुन पुगी आफ्नो कार्यलाई निरन्तरता दिन र अन्यलाई सिको गर्न थप हौसला र उत्प्रेरणा मिल्ने छ भन्ने हाम्रो विश्वास छ । यही उत्प्रेरणा र निरन्तरताबाट नै आगामी दिनहरुमा नयाँ नयाँ क्षेत्रबाट महान् नवीन नायकको उत्पत्ति हुनेछ र  अन्ततः एक साधारण नागरिकबाट नै सम्मान योग्य नागरिक नायकको जन्म हुनेछ ।

 

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०४:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App