३० माघ २०८१ बुधबार
image/svg+xml
अन्य

मोन्टीलाई प्रधानमन्त्रीको धन्यवाद- तपाईंको योगदान सम्झिरहने छौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक मोन्टी देशाईलाई धन्यवाद दिएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षकमा निरन्तरता नदिने निर्णय गरेपछि शनिबार बिदा भएका देशाईलाई प्रधानमन्त्री ओलीले धन्यवाद भनेका हुन्।

एक तस्बिर साझेदारी गर्दै प्रधानमन्त्री ओलीले फेसबूकमा लेखेका छन्, 'धन्यवाद कोच मोन्टी! नेपाली क्रिकेटमा तपाईंको योगदान सम्झिरहने छौँ।'

देशाईको कार्यकालमा नेपालले ओडिआई मान्यता जोगाउनुका साथै ओडिआई विश्व कपको छनोटसमेत खेलेको थियो। उनकै कार्यकालमा नेपालले पहिलो पटक एसिया कपसमेत खेलेको थियो।

प्रकाशित: २० माघ २०८१ २०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App