धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानको श्रम संस्कृति पार्कमा सरकारी पैसा खर्च नभएको बताएका छन्।
शुक्रबार (आज) अख्तियार दुरुयोग अनुसन्धान आयोगलाई जवाफी पत्र पठाउँदै उनले यस्तो बताएका हुन्। 'जे गर्दैछन्, जनताले आफैँ गर्दैछन्। यहाँ एकपैसा सरकारी पैसा खर्च भएको छैन। दाताहरूले खाना खानु भनेर दिएको कुरा खोज्नुहुन्न,' उनले भनेका छन्।
यस्तै उनले सुम्निमा-पारूहाङको प्रतिमा पनि सरकारी खर्चबिना नै बनाउने बताएका छन्। त्यसको काम निकट भविष्यमा नै सुरु हुने उल्लेख गर्दै उनले भनेका छन्, 'पशुपतिनाथ कसरी निर्माण भयो भनेर अख्तियारले खोज्न पाउला नपाउला। तर, सुम्निमा-पारूहाङको प्रतिमा सरकारी खर्च बिना बन्यो भनेर सम्मान गरियोस्।'
यस्तै उनले आफूल श्रमदानबाटै धराने जनतालाई पानी खुवाएको दाबी गरेका छन्। एडीबीले ५६ लाख बोकाएर पनि पानी खुवाउन नसकेको तर, आफूले केही महिनामा श्रमदानबाटै पानी खुवाउँदा विश्व चकित परेको उनले बताएका छन्।
तर, अख्तियारले भने पानी लाको लाकै गरेको उनले गुनासो गरेका छन्।
![](https://images.nagariknewscdn.com/2024/third-party/1736520787_473193637_1140222161232846_6030689356973187653_n.jpg)
प्रकाशित: २६ पुस २०८१ २०:३३ शुक्रबार