१६ चैत्र २०८० शुक्रबार
अन्य

आत्ममनन– ६

अनन्त शुद्ध औ बुद्ध म मायादेखि दूर छु ।
आफ्नो भन्ने देहलाई अरुको सरि देख्दछु ।।

मन इन्द्रिय प्रज्ञाको चेष्टा जे जति देख्दछौंँ ।
आत्मज्ञानविना हामी सत्य मानेर चल्दछौँ ।।
 
सम्पत्तिमा जगत् मित्र आपत्मा चित्त छ स्थिर ।
लाभ हानि नलिई बाँच्छु हाँसो शोक नलीकन ।।

निरीह कामनाहीन नभझैँ स्वस्थ निस्पृह ।
शान्त औ रूपरहित नचल्ने र चिरायु छ ।।

पञ्चभूत ब्रह्म नै हो भुवनत्रय ब्रह्म हो ।
अहिले राम्ररी जाने ‘म’ परब्रह्म नै त हो ।।

सबैले जान्न सकिने जगत्देखि ऊ दूर छ ।
आकाशझैँ सबैलाई व्याप्त पारेर बस्दछ ।।
तत् शब्दले बताएको ऊ त्यै हो अरु होइन ।।

प्रकाशित: १७ चैत्र २०७४ ०२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App