१६ चैत्र २०८० शुक्रबार
अन्य

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ? | गाडी खरिद गाइड

गाडी दिर्घकालीन प्रयोगको लागि किन्ने गरिन्छ । गाडी किन्दा आफ्नो दिन प्रतिदिनको कामका लागि उपयुक्त हुने भयो भने हाम्रो काम धेरै सहज बन्न जान्छ । बजारमा विभिन्न ब्रान्डका गाडी पाइन्छन्र;गाडीको ब्रान्ड र बनावट अनुसार आफूलाई मनपर्ने छनोट गर्न सकिन्छ ।

आफूलाई चाहिएको गाडीको पहिचान गरिसक्नुभएको छैन भने विभिन्न किसिमका गाडीको यो सूचीले तपाईंलाई निष्कर्षमा पुग्न सहज बनाउनेछ । तपाईंले आफूलाई चाहिएको गाडी ठम्याइसक्नुभएको छ भने पनि यो सूचीले अरु विकल्पबारे जानकारी दिनेछ । बजारमा धेरैजसो पाइने मोडलमा तलका गाडीका प्रकार निकै लोकप्रिय छन् :

सेडान प्रायः चारजनासम्म यात्रुको लागि बनाइएको हुन्छ । दिनहुँ छोटो यात्रा गर्न र कहिलेकाहिँ लामो यात्राको लागि पनि उपयुक्त हुन्छ । सानो परिवार भएका व्यक्तिका लागि सबैभन्दा उपयुक्त सेडान नै हुन्छ। परिवारलाई लक्ष्य गरी डिजाइन गरिएका सेडान गाडीलाई सुरक्षाको हिसाबले पनि उचाइ कम हुने यी गाडी अग्ला गाडीभन्दा सजिलै सन्तुलन गर्न सकिने हुनाले सुरक्षित पनि हुन्छ।

सेडान गाडीमध्ये कम बजेट लाग्ने गाडीमा भित्र सरल डिजाइन गरिएको हुन्छ, जसमा चाहिने फिचर थोरै मात्र अपडेट गरेर राखिएको हुन्छ । भित्रको मनोरञ्जन गर्न राखिएका साधनमा अपग्रेड गर्न पनि मिल्छ र कतिपय सेडानमा पहिले नै अपग्रेड गरिएको हुन्छ । तर, त्योसँगै बजेटमा पनि अपग्रेड चाहिने हुन्छ ।

MODEL NAME ENGINE PRICE
HONDA CITY

 

1498 cc          

 

Rs. 38,75,000/-        

HYUNDAI ELANTRA 1591 cc Rs.59,96,000/-
HYUNDAI VERNA 1591 cc Rs. 42,56,000/-
MARUTI SUZUKI DZIRE 1197 cc Rs.30,89,000/-
MAZDA 6 2000 cc Rs.81,00,000/-
MG M6 1796 cc Rs.57,50,000/-
NISSAN SUNNY 1498 cc Rs.38,99,000/-
SKODA RAPID 1498 cc Rs. 38,95,000/-
TATA TIGOR   Rs. 23,45,000/-
VOLKSWAGEN PASSAT 1798 cc Rs. 86,45,000/-

 

यी गाडीहरु सेडानभन्दा थोरै फरक हुन्छन्। विशेषतः पछाडिका सिट सबै फोल्ड गर्न मिल्ने ह्याचब्याक गाडीमा यात्रु नभएको बेला अझ धेरै सामान अट्ने;सुविधा भएकाले कतिले यस्ता गाडी रुचाउँछन्। कतै पिकनिक जाने बेलामा साउन्ड सिस्टम राख्नदेखि सामान सार्ने बेलामा सोफा जत्तिको ठूलो सामान राख्न काम आउने भएकाले ह्याचब्याक गाडी निकै लोकप्रिय छन्।

 

ह्याचब्याक गाडीहरु पनि सेडानजस्तै उचाइ कम हुने भएकाले यी गाडी पनि निकै सुरक्षित मानिन्छन्। अहिलेका नयाँ ह्याचब्याक गाडीलाई कामका लागि कुशल मात्र नभई मनोरन्जनात्मक पनि बनाउन थालिएको छ, जसले गर्दा भित्र हुने मनोरञ्जनका साधनलाई नयाँ प्रविधिअनुसार डिजाइन गरिन थालिएको छ ।

MODEL NAME ENGINE PRICE
DATSUN GO 1198 cc Rs. 22,39,000/-
HYUNDAI EON 814 cc Rs. 18,96,000/-
KIA PICANTO 998 cc Rs. 24,99,000/-
RENAULT KWID 799 cc Rs. 17,20,900/-
SUZUKI WAGON R 998 cc Rs. 22,59,000/-
TATA TIAGO 1199 cc Rs. 22,55,000/-
VOLKSWAGEN CROSS POLO 1598 cc Rs. 35,45,000/-

स्पोर्ट युटिलिटी भेहिकल अग्लो ग्राउन्ड क्लियरेन्स भएको पाँचदेखि सात यात्रुसम्म अट्ने बनावटको हुन्छ । अफ रोड जान सजिलो हुने भए पनि सामान्य सडकमा पनि एसयुभी निकै चलेको देखिन्छ । एसयुभीको मुख्य विशेषता भनेको यसको ठूलो बनावट हो । यसको आकारले गर्दा यो गाडी लिएर बाटो पुगेको तर अफ रोड भए पनि निकै दुर्गम ठाउँसम्म पुग्न सकिन्छ । त्यति मात्र नभई, एसयुभीमा तीन पंक्ति सिट पछाडि पनि टन्न सामान राख्ने ठाउँ छुट्ट्याइएको हुन्छ ।

यात्रा गरिरहने परिवारलाई यस्तो गाडीले निकै सजिलो बनाउँछ । तर यसको मुख्य कमजोरी पनि यसको ठूलो आकार नै हो । वजन प्रायः अरु गाडीभन्दा धेरै हुने भएकाले यसले अरु किसिमका गाडीभन्दा इन्धन अलि धेरै खपत गर्दछ ।

MODEL NAME ENGINE PRICE
FORD ENDEAVOUR 2198 cc Rs.1,12,00,000/-
HYUNDAI TUCSON 1999 cc Rs. 81,96,000/-
KIA SPORTAGE 1999 cc Rs. 78,95,000/-
MAHINDRA SCORPIO 2523 cc Rs.38,60,000/- 
MAZDA  CX- 5  1998 cc Rs.92,25,000/-
NISSAN X-TRAIL 1997 cc Rs.90,00,000/-
SSANGYONG TIVOLI 1597 cc Rs.56,99,000/-
SUBARU FORESTER 1995 cc Rs. 93,00,000/-
TATA HEXA 2179 cc Rs.7,795,000/-
TOYATA FORTUNER 2755 cc Rs. 1,30,00,000/-

यी गाडीहरु अघिल्लो भागमा एसयुभी जस्तै देखिन्छन्। पछिल्लो भागमा भने मालसामान ओसारपसार गर्न ठूलो खुल्ला र खाली ठाउँ बनाइएको हुन्छ । तपाईंलाई धेरै सामान लग्ने र ल्याउने किसिमको काम पर्छ भने यस्ता पिकअप ट्रक धेरै उपयोगी हुन्छ ।

हेभी गाडीबाहेक बनावटमा पिकअप ट्रकभन्दा ठूलो गाडी सायदै बजारमा हुन्छन्। साइज ठूलो भएकोले यसमा यात्रा गर्न सुरक्षित महसुस पक्कै हुन्छ । तर आकार ठूलो भएकाले यसको सन्तुलन पनि साना सेडान गाडीभन्दा अलि कठिन हुन्छ । तर आजकलका पिकअप ट्रकहरुमा पनि सुरक्षाका लागि ट्र्याक्सन कन्ट्रोल र ब्लाइन्ड स्पटको जानकारीजस्ता नयाँ प्रविधि राखिएको हुन्छ जसले गर्दा यसको सुरक्षामा पनि सुधार आउँछ ।

MODEL NAME ENGINE PRICE
FORD RANGER 2198 cc Rs. 58, 90,000/-
MAHINDRA BOLERO CAMPER 2523 cc Rs. 17,80,000/-
MAHINDRA BOLERO MAXI 2523 cc Rs. 16,25,000/- 
MAHINDRA GENIO  2489 cc Rs. 17,95,000/-
MAHINDRA SCORPIO PICKUP 2609 cc Rs. 31,45,000/-
NISSAN NAVARA 2488 cc Rs. 67,00,000/-
SSANGYONG ACTYON SPORTS 1998 cc Rs. 61,99,000/-
VOLKSWAGEN AMAROK 1968 cc Rs. 82,00,000/-

प्रकाशित: १९ माघ २०७४ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App