८ वैशाख २०८१ शनिबार
अन्य

चिसोबाट यसरी बचौँ

दूध वा ग्रिन टी उत्तम

 

जाडोमा ज्यान तताउने बहानामा हामी पटकपटक तातो चिया वा कफी पिउँछौँ । तर, यसले उल्टो बेफाइदा गर्छ । चिया र कफी बढी पिउँदा शरीरमा क्याफिन तथा सुगरको मात्रा बढ्छ । यसले शरीरमा पानीको मात्रा कम हुने, रगतमा चिनीको मात्रा बढ्ने, निद्रा नलाग्ने समस्या हुन सक्छ । चिया वा कफीको सट्टा जाडोमा तातो दूध, ग्रिन टी अथवा तातो पानी खाने बानी बसाल्नु उपयुक्त हो ।

जाडोमा सिरकबाट निस्किन मन लाग्दैन । त्यसैले धेरैजसो मानिस ढिलोसम्म सुत्ने गर्छन् । छुट्टीको दिन सिरक ओडेर सुतेर बिताउने कतिपयको बानी हुन्छ । तर, यस्तो गर्नु राम्रो हुँदैन । वर्षैभरि सुत्ने र उठ्ने समय एउटै बनाउन सके स्वास्थ्यलाई फाइदा हुन्छ ।

पानी धेरै पिउनुस्
जाडोमा पसिना नआउने कारण त्यति तीर्खा लाग्दैन । तीर्खा लागेन भन्दैमा पानी नपिउने अथवा असाध्यै कम पिउने गर्नु हुँदैन । जाडोमा छाला फुस्रो हुने, कब्जियत बढ्ने, ओठ फुट्ने आदि समस्या देखिन्छ । बेलाबेला तातोपानी पिउनाले यस्तो समस्या कम हुन्छ ।

घाम बढी नताप्नुस्
जाडोमा घाम स्वाभाविक रूपमा प्यारो हुन्छ । तर, धेरैबेर घाम ताप्नु हुँदैन । आधा अथवा पौने घन्टाभन्दा बढी घाम ताप्नु हुँदैन । लामो समय घाम तापेमा छाला डढ्ने, अनुहारमा चाया आउने लगायत समस्या देखा पर्न सक्छ ।
सनब्लक लोसन लगाउनुस्
जाडोमा घाम चर्किएको महसुस नहुने भएकाले धेरैले घाममा निस्कँदा सनब्लक लोसन लगाउँदैनन् । तर, छालालाई हानि गर्ने विकिरण जाडोमा पनि निस्किरहेको हुन्छ । त्यसैले जाडोमा पनि सनब्लक लोसन लगाउन बिर्सनु हुँदैन । घाम ताप्दा पनि अनुहार र हातमा सनब्लक प्रयोग गर्नुपर्छ ।

चाँडै उठ्ने गर्नुस्
जाडोमा सिरकबाट निस्किन मन लाग्दैन । त्यसैले धेरैजसो मानिस ढिलोसम्म सुत्ने गर्छन् । छुट्टीको दिन सिरक ओढेर सुतेर बिताउने कतिपयको बानी हुन्छ । तर, यस्तो गर्नु राम्रो हुँदैन । वर्षैभरि सुत्ने र उठ्ने समय एउटै बनाउन सके स्वास्थ्यलाई फाइदा हुन्छ । निद्रासँगै जाडो मौसममा शारीरिक व्यायाम आवश्यक हुन्छ । सुत्ने र उठ्ने समय भंग भएमा दीर्घकालमा अनिद्रालगायत समस्या उत्पन्न हुने जोखिम हुन्छ ।
मास्क लगाउने
अहिले धेरैजसो धुवाँधुलोका कारण हामी दिउँसो मात्रै मास्क तथा स्कार्फले मुख ढाकेर हिँड्ने गर्छौं । तर, हामी बाहिर हिँड्दा सधैँ मास्कको प्रयोग गर्नुपर्छ । किनभने, जाडो मौसममा बिहान र बेलुका वायुमण्डलको तल्लो तहमा ब्याक्टेरिया, भाइरसलगायत जीवाणु बढी क्रियाशील भइरहेका हुन्छन् । साथै, धुलोका कण पनि यो समय वायुमण्डलको तल्लो तहमा जम्मा भएका हुन्छन् । यस्तोमा मास्क नलगाई निस्किएमा श्वासप्रश्वास, छाला आदि सम्बन्धी रोगको जोखिम बढ्ने चिकित्सक बताउँछन् ।
न्यानो लुगा लगाउने
धेरैजसो युवतीलाई जाडो मौसममा कसरी फेसनेबल देखिने भन्ने चिन्ता हुन्छ । त्यसैले जाडो सहेर पनि पातलो लुगा लगाएर हिँड्ने देखिन्छन् । तर, जाडो मौसममा फेसनेबल र शरीर नछोपिने खालका लुगाभन्दा गम्म परेका लुगा लगाउनु उपयुक्त हुन्छ । जाडोमा हेलचेक्राइँ गरे रुघाखोकी, ज्वरो, निमोनिया हुने र नशामा रगत जम्नेजस्ता समस्या उत्पन्न हुन सक्छ ।
समय लगाएर तातोपानीले ननुहाउने
जाडोमा नुहाउन कष्टकर हुन्छ । तर, तातोपानीले नुहाउनु स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । तर, बढी तातोपानी खन्याउनु हुँदैन । बढी तातोपानी खन्याउँदा छालामा रहेको प्राकृतिक ‘म्वाइस्चराइजर’ कम हुन गई छाला फुस्रो बन्छ ।
– एजेन्सीको सहयोगमा

प्रकाशित: २२ पुस २०७४ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App