२१ जेष्ठ २०७७ बुधबार
अन्य

यौन र वैदिक समय

रोशन दाहाल
सम्भोग दाम्पत्य जीवनको सुखको आधार हो । कामसुखबाट मोहित भएकै कारण स्त्री–पुरmषबीच विवाह हुन्छ । ‘काम’ संस्कृत शब्द हो । प्रेमका देवता कामदेवको नामबाट यो शब्दको उत्पत्ति भएको मानिन्छ । कामको अर्थ हो, आनन्दको इच्छा या आकाङ्क्षा । कामशास्त्र नामक एउटा ग्रन्थ छ । भनिन्छ, प्रजापतिले एक लाख अध्यायको यो ग्रन्थ लेखेका थिए । पछि मनुष्यको कल्याणका निम्ति यसलाई सङ्क्षेपमा प्रस्तुत गरियो । महादेवको इच्छाअनुसार नन्दीले एक हजार अध्यायको यसको सारांश तयार गरे । यसलाई अझै उपयोगी बनाउनका लागि ऋषि श्वेतकेतुले पाँच सय अध्यायमा ल्याए । समयक्रममा विभिन्न आचार्यहरुले यसलाई सङ्क्षिप्त बनाउँदै गए र यसका स्वतन्त्र ग्रन्थहरु पनि तयार भए ।

पछि वात्सायनले सबै स्वतन्त्र ग्रन्थहरुलाई जोडेर कामसूत्र लेखे । जसको नाम कामशास्त्र रहन रह्यो ।
कामशास्त्रका अनुसार सबै युवतीले कुनै विश्वासी वृद्ध दासी, विश्वस्त साथी, दिदी आदिबाट एकान्तमा कामकलासम्बन्धी ६४ कलाको ज्ञान प्राप्त गर्नुपर्छ । यी कला सम्भोगसम्बन्धी मात्र नभई जीवनलाई राम्रो बनाउनसँग सम्बन्धित छन् । यदि यी कलाको ज्ञान प्राप्त गर्ने हो भने उसको पारिवारिक जीवन राम्रो हुन्छ । उसले आफ्ना पतिको हृदयमा राज गर्न सक्छे । यदि पुरmषले पनि यी कला धारण गर्यो भने ऊ आफ्नी पत्नीको आकर्षणको केन्द्र बन्न सक्छ । हाम्रो समाजमा विवाह गर्नुपर्ने चलन छ । यसपछिको दुईबीचको यौनसम्बन्धलाई समाजले मान्यता दिन्छ । विभिन्न पौराणिक घटनाहरु पढ्दा भने अनौठा खालका यौन प्रसङ्गहरु भेटिन्छन् । आफ्नै नातेदारका बीचमा समेत सम्भोग हुने गरेको देखिन्छ । यस्ता सम्बन्धहरुलाई प्रतीकका रुपमा बुझ्नुपर्ने धारणा राख्नेहरु पनि धेरै छन् । अहिलेको अवस्थामा यस्ता प्रसङ्गलाई प्रतीकका रुपमा बुझ्ने मानिसहरु भने निकै कम छन् । जसले प्रतीकका रुपमा बुझ्नुपर्ने धारणा राख्छन्, उनीहरुले पनि फरकफरक अर्थ लगाउने गरेका पाइन्छ । यदि यी घटनाहरुबाट तिनमा लुकेको प्रतीकलाई हटाइदिने हो भने निकै अचम्म लाग्दा प्रसङ्ग भेटिन्छन् । तीमध्ये केही निम्न छन् –

माधवीको चार जनासँग सम्भोग   
राजा ययातिकी छोरी थिइन् माधवी । महाभारतको उद्योगपर्वमा यो प्रसङ्ग उल्लेख छ । यो प्रसङ्ग सुरm हुन्छ, विश्वामित्रका शिष्य गालवबाट । आफ्नो अध्ययन पूरा गरिसकेपछि गालवले गुरm विश्वामित्रलाई गुरmदक्षिणा दिएर आफू गृहस्थाश्रममा फर्कन चाहे । विश्वामित्रले उनलाई गृहस्थाश्रममा प्रवेश गर्ने अनुमति दिए, तर गालवले गुरmदक्षिणा दिने कुरा गरिरहेपछि विश्वामित्रले आवेशमा आएर भने, “तिमीले मजस्तो गुरmलाई सन्तुष्ट गर्नका लागि आठ सय वटा कालो कान भएका र सेतो वर्णका घोडा गुरूदक्षिणाका रुपमा देऊ ।”

यस्तो घोडा अत्यन्तै दुर्लभ हुन्थ्यो । तैपनि गालवले हार मानेनन्, त्यसका लागि केही समय मागे ।
आफ्नो मित्र गरुडको सहयोगमा उनी यस्ता घोडा खोज्न चारैतिर घुमे, तर भेटेनन् । केही नलागेपछि उनीहरुले राजा ययातिसँग सहयोग मागे । राजा ययातिसँग पनि त्यस्ता घोडा थिएनन् । उनले राजसूय यज्ञ गरेर सबै घोडा र कोष रित्याइसकेका थिए । ययातिले आफ्नी छोरी माधवी दिए र माधवीको प्रयोग गरेर आठ सय घोडा प्राप्त भइसकेपछि छोरी फिर्ता गरिदिन भने । माधवीलाई सुरूमा अयोध्याका राजाकहाँ लगियो । माधवीको सुन्दरतामा मुग्ध भएका राजा माधवीसँग भोग गर्नका लागि आफूसँग भएका दुई सय वटा सेता घोडा दिन तयार भए । उनी र माधवीबाट एउटा बच्चा जन्मियो । एवम् रीतले काशीका राजा दिवोदास र भोजराज उशीनरकहाँ पनि माधवीलाई पालैपालो पु¥याइयो । दुवै राजा र माधवीको संयोगबाट एकएक छोरा जन्मिए । दुवै राजाहरुले दुईदुई सय वटा घोडा दिए । छ सय वटा घोडा जम्मा भए । अझै दुई सय वटा पुगेन । पृथ्वीमा कतै पनि त्यस्ता घोडा नपाएपछि र विश्वामित्रले दिएको समयावधि सकिन लागेपछि गालवले विश्वामित्रको शरण लिए र बाँकी दुई सय वटा घोडाको सट्टा माधवीलाई नै स्वीकार गर्न अनुरोध गरे । विश्वामित्रले उनको आग्रह स्वीकार गरे । विश्वामित्र र माधवीबाट पनि बच्चा जन्मियो ।
त्यसपछि माधवीलाई ययातिकहाँ नै फिर्ता गरियो । यस बेलासम्म पनि माधवीको सुन्दरतामा कुनै कमी आएको थिएन । अब उनको स्वयंवर गर्ने चर्चा चल्न थाल्यो । माधवीले अब कसैलाई पति नबनाउने निर्णय गरिन् र तपस्या गर्ने बाटो रोजिन् ।
यमीको आफ्नै दाइबाट सन्तान जन्माउने इच्छा
यमकी बहिनी यमीले आफ्ना जुम्ल्याहा दाइसँग प्रेम गर्ने र सन्तान जन्माउने इच्छा राखिन् । उनको प्रस्ताव अस्वीकार गरियो । अस्वीकारको कारणमा देवताहरुका पहरेदार वरुणले देख्छन् भनियो । यमीले यो भनाइ मानिनन् । वरुणले देखे भने बरु आशीर्वाद दिनेछन् भनिन् । यो ऋग्वेदको प्रसङ्ग हो । यसभन्दा अगाडिको प्रसङ्ग उल्लेख भएको भेटिँदैन ।
वपुष्टमा र इन्द्र
वपुष्टमा काशीका राजा सुवर्णवर्माकी छोरी थिइन् । उनको विवाह राजा परीक्षितका छोरा जनमेजयसँग भयो । एकपटक जनमेजयले अश्वमेध यज्ञ गरे । यज्ञमा मारिएको घोडासँग वपुष्ठमा शास्त्रीय विधिअनुसार सुतिन् । वपुष्टमालाई प्राप्त गर्नका लागि इन्द्र लालायित थिए । उनले मृत घोडामा प्रवेश गरेर रानीसँग संसर्ग गरे । यो कुरा थाहा पाएर जनमेजयले रानीलाई त्यागिदिने विचारले भने, ‘आजदेखि क्षत्रीय अश्वमेध यज्ञमा इन्द्रको यजन गरिने छैन ।’ जनमेजयको कुरा सुनेर गन्धर्वराज विश्वावसुले राजासँग व्यर्थैमा रानीको चिन्ता गर्नु आवश्यक नभएको र त्यो रात यज्ञशालामा रानीको रुप इन्द्रद्वारा पठाइएकी अप्सरा रम्भाले धारण गरेकी थिइन् भनेर सम्झाए । जनमेजयले रानीलाई स्वीकार गरे । महाभारत आदिपर्वको प्रसङ्ग हो यो ।

सत्यवती र पराशर
महाभारतमा उल्लेख भएको एउटा प्रसङ्गमा ऋषि पराशर र सत्यवती मत्स्यगन्धाले खुल्ला स्थानमा यौनक्रीडा गरेका थिए । कथाअनुसार एकपटक पराशर मुनि सत्यवतीको डुङ्गामा बसेर यमुना तरिरहेका थिए । उनी सत्यवतीको रुपमा आसक्त भए र सहवास गर्न चाहेको भावना व्यक्त गरे । सत्यवतीले आफू कुमारी भएको र पराशरजस्ता ब्रह्मज्ञानीले आफूसँग सहवास गर्न उचित नभएको बताइन् । पराशरले सहवासपछि पनि सत्यवती कुमारी नै रहने भनेपछि उनीहरुको बीचमा सहवास भयो । पराशरले आफ्नो योगबलले चारैतिर कुहिरीमण्डल बनाइदिए कसैले नदेखून् भनेर । पछि सत्यवतीबाट वेदव्यास जन्मिए ।

इन्द्र र अहिल्या
इन्द्र र अहिल्याका बारेमा ब्राह्मण, रामायण, महाभारत, पुराण आदि ग्रन्थहरुमा उल्लेख पाइन्छ । जसअनुसार स्वर्गका राजा इन्द्र गौतम ऋषिकी पत्नी अहिल्यामाथि आसक्त भए र उनीसँग सम्भोग गरे । उनीहरु दुईलाई एकान्तमा गौतम ऋषिले देखे र श्राप दिँदै इन्द्रलाई हजार नेत्र भएको र अहिल्यालाई पत्थरमा बदलिदिए । यौनका यस्ता अरु थुप्रै प्रसङ्गहरु छन् –  
१. दक्ष प्रजापतिको समयबाट मैथुनको सृष्टि प्रारम्भ भयो । यस्तो सृष्टिमा नारदले बाधा उत्पन्न गरेपछि दक्षले उनलाई स्राप दिएर भष्म गरिदिए । देवताहरुको अनुरोधपछि ब्रह्मले दक्ष प्रजापतिबाट एउटी कन्या कन्यादान गरेर लगे र उनैद्वारा नारदलाई पुनर्जन्म दिए ।
२. अर्जुन र उलुपीको बीचमा पनि उलुपीको इच्छाअनुसार यौन सम्बन्ध गाँसिएको थियो । यसमा अर्जुनले अस्वीकार गर्न खोज्दा उलुपीले विभिन्न तर्क गरेर यो कार्य धर्मविपरीत नहुने भनेर सम्झाएकी थिइन् ।  
४. शिवपुराणको एउटा प्रसङ्गअनुसार पार्वतीको विवाह हुँदै थियो । ब्रह्मा पुरोहित बनेका थिए । त्यही क्रममा उनले पार्वतीका खुट्टा देखे र कामले आसक्त बने । उनी कर्मकाण्ड गराउँदागराउँदै स्खलित भए ।
५. भविष्यपुराणको एउटा कथाअनुसार अत्रि ऋषिकी अनुसूया नाम गरेकी सुन्दर पत्नी थिइन् । ब्रह्मा, विष्णु र महेश्वर उनी भएको ठाउँमा गए । ब्रह्माले अनुसूयासँग सम्भोगका लागि अनुमति मागे । तीनै देवताले उनीमाथि अश्लील व्यवहार गरे ।
६. देवी भागवतका अनुसार चन्द्रमाले गुरूपत्नीलाई आफूसँग राखे । गुरूले बारम्बार पत्नीलाई फिर्ता माग्दा पनि उनले दिएनन् । लामो समयसम्म सँगै रहेपछि चन्द्रमा र ताराबाट एउटा छोरा जन्मियो ।
७. देवताहरुका गुरm बृहस्पतिले आफ्नै दाइकी पत्नीसँग जबर्जस्ती गरे । ममता (बृहस्पतिकी भाउजू) ले बृहस्पतिको मनमानीको विरोध गर्न चाहँदा देवताहरुले ममतालाई राम्रो–नराम्रो भनेर गाली गरे ।
८. ब्रह्मवैवर्त पुराणका अनुसार कुब्जा पूर्वजन्ममा रावणकी बहिनी सुपर्णखा थिइन् । उनले त्यस बेला रामसँग भोगको इच्छा गरेकी थिइन् । उनको त्यो इच्छा श्रीकृष्णावतारमा आएर पूरा भयो ।
९. ऋग्वेदका अनुसार उर्वशी नामक अप्सरालाई देखेर वरुणको वीर्य स्खलित भयो । वीर्य घडामा गएर खस्यो र त्यसबाट वशिष्ठ ऋषि जन्मिए ।
वैदिक समाजमा बुबा र छोरी तथा हजुरबुबा र नातिनीमा समेत मैथुनको सम्बन्ध भएको देखिन्छ –
१. ऋषि वशिष्ठले आफ्नी छोरी शतरुपमासँग यौन सम्बन्ध राख्थे । मनुले आफ्नी छोरी इलासँग विवाह गरे । जहानुले आफ्नी छोरी जहान्वीसँग विवाह गरे । सूर्यले आफ्नी छोरी उषासँग विवाह गरे । यी हरिवंश पुराणका प्रसङ्ग हुन् ।
२. धहप्रचेतनी र उनका छोरा सोम दुवैले सोमकी छोरी मारिषासँग सम्भोग गरेका थिए ।
३. दोहित्रले आफ्नी २७ जना छोरीहरुलाई आफ्नै बुबा सोमलाई सन्तान उत्पत्तिका लागि सुम्पिए ।
शास्त्रहरुमा उल्लेखित घटना पढ्दा लाग्छ, त्यस बेला यौनसम्बन्ध खुला रुपमा हुने गथ्र्यो । सम्भोगको सम्बन्ध गाँस्नुलाई धर्म वा पापका रुपमा हेरिँदैन थियो ।
शास्त्रमा पशुका साथमा सम्भोग गरेका घटनाहरु पनि उल्लेख छन् –
१. यजुर्वेदका मन्त्रहरुमा अश्वमेध यज्ञपरक अर्थहरुमा यजमानकी पत्नीद्वारा घोडाको लिङ्ग पक्रेर आफ्नो योनिमा हालेको, पुरोहितद्वारा राजाका पत्नीहरुसँग अश्लील उपहास गरिएको जस्ता वर्णनहरु भेटिन्छन् ।
२. ऋषि किन्दमले हरिणका साथमा मैथुन गरेका थिए ।
३. सूर्यले घोडीको साथमा मैथुन गरेका थिए ।
४. अश्वमेध यज्ञमा स्त्रीद्वारा घोडाको साथमा मैथुन गर्ने गरिन्थ्यो ।

विवाहपूर्व यौन सम्बन्ध:
पौराणिक युगका कथाहरुमा विवाहपूर्व यौनसम्बन्ध गाँसिएका प्रसङ्गहरु पनि आउँछन्– मेनका, चित्राङ्गदा, चित्रलेखा, कुन्ती, सत्यवती आदि ।
वैदिककालमा कन्या शब्दको अर्थ पनि अहिलेको जस्तो थिएन । यसको अर्थ हुन्थ्यो, त्यो केटी जो कुनै पनि पुरmषको साथमा सम्भोग गर्नका लागि स्वतन्त्र छे । कुन्ती र मत्स्यगन्धा यसका उदाहरण हुन् ।
कुन्तीबाट पाण्डुसँग विवाह हुनुभन्दा पहिल्यै बच्चा जन्मिएको थियो ।

परपुरूषसँग पत्नी
राम्रो सन्तान जन्माउनका लागि आर्यहरुले देव नामक एउटा वर्गका कुनै पनि पुरmषका साथमा आफ्ना महिलालाई सम्भोग गर्ने अनुमति दिन्थे । जसलाई अवदान भनिन्थ्यो ।
शास्त्रमा नियोगका आधारमा एउटी महिलालाई एघार जनासम्म पति राख्ने र तीबाट दस जना सन्तान जन्माउने छुट दिइएको छ ।

खुल्ला यौन

आर्यहरु खुलेआम सबैको सामुन्ने मैथुन गर्थे । ऋषिहरु केही धार्मिक रीतिहरु गर्थे, जसलाई वामदेव–विरत भनिन्थ्यो । यी रीतिहरु यज्ञभूमिमै गरिन्थ्यो । यस्ता सामूहिक यौनक्रीडामा सम्भ्रान्त वर्गका मानिसहरु उपस्थित हुन्थे । हरेक पुरूषले हरेक स्त्रीसँग सम्भोग गरेर सन्तुष्ट गराएपछि यो उत्सव समाप्त हुन्थ्यो ।
यदि कुनै स्त्रीले पुरोहितकै सामुन्ने सम्भोग गर्ने इच्छा प्रकट गरे पनि उसका साथमा उसले इच्छाएको पुरmषद्वारा सबैको सामुन्ने मैथुन गरिन्थ्यो । यस्ता प्रसङ्गलाई प्रतीकका रुपमा बुझ्नुपर्ने धारणाहरु राख्नेहरुले आफ्नो मत फरक रुपमा व्यक्त गरेका छन् । जस्तै– यम र यमीको प्रसङ्गमा दाजु–बहिनीको संवादको माध्यमबाट शिक्षा दिइएको हो । यम भनेको दिन र यमी भनेको दिन रात हो ।
यस प्रसङ्गमा उनीहरुले यम र यमीबीचको यो भनाइलाई पनि प्रस्तुत गर्ने गरेका छन् – यमीले दाइसँग विवाहको प्रस्ताव राख्दा यमले भन्छ, ‘बहिनीसँग कुत्सित व्यवहार गर्नु पाप हुन्छ । पहिलापहिला कुनै पनि दाजु–बहिनीले विवाह गरेका छैनन् । त्यसैले तिमी अर्कै पुरूषकी पत्नी बन ।’
उनीहरुले शास्त्रमा उल्लेखित यी तर्क पनि राख्ने गरेको पाइन्छ –
१. ऋग्वेदको एउटा प्रसङ्गमा भनिएको छ– जसले आफ्नै बहिनीसँग विवाह गरेर सन्तान जन्माउँछ, उसका सन्तान त मर्छन् नै, उसको पनि नाश हुनेछ ।
२. अथर्ववेदका अनुसार यदि सपनामा समेत दाइ या बुबालाई भुलेर प्राप्त भयो भने पनि यस्तो गुप्त पापीलाई औषधिको प्रयोगबाट नपुंसक गरेर मारियोस् ।
अनुमान गर्न सकिन्छ, यसरी आफन्तको बीचमा हुने सम्बन्धबाट जन्मिने सन्तान अविकसित रहने तथ्यसँग उनीहरु बिस्तारै जानकार हुँदै गए होलान् । सुरmमा आमा–बुबा र उनीहरुका बच्चाबीचको सम्भोगमा नियन्त्रण भएर पछि नजिकैका नातेदारहरुसँग सम्भोग गर्न सकिने नियम लागू भयो होला । त्यस बेला सबै महिला–पुरmष एक–अर्काका पति–पत्नी हुन सक्थे । काका या ठूलो बुबाका भाइ–बहिनीसँग सुविधाअनुसार सम्भोग गर्न सकिन्थ्यो ।


बिस्तारै यो नियममा बन्देज लगाइयो । यो नियम पूरै लागू हुन लामो समय लाग्यो । आफ्नो नातेदारमा जति सजिलै सम्बन्ध राख्न सकिन्थ्यो, टाढाका मानिससँग गाह्रो हुन्थ्यो । त्यसैले पनि नयाँ नियम लागू हुन समय लागेको होला । यसैमा अर्को खालका तर्क गर्नेहरु पनि छन् । जसअनुसार पहिलापहिला विवाह गर्ने चलनै थिएन । महिलाले आफूले चाहेको पुरmषसँग सहवास गरेर बच्चा जन्माउन सक्थे । उक्त पुरmषसँग बस्ने आफ्नो इच्छा नभएपछि त्यहाँबाट अर्कै पुरूषकहाँ जान सक्थे । बिस्तारै मानिसहरु समूहमा बस्न थाले । एउटा समूहले अर्को समूहका स्त्री र बच्चाहरुलाई लुट्न थाले । यसले गर्दा स्त्रीलाई आफ्नो अधिकारमा राख्नुपर्ने आवश्यकताले जन्म लियो । पछि देश बन्न थालेपछि राजा या शक्तिशाली मानिसहरुले आफूलाई मन परेकी स्त्रीलाई लगेर प्रयोग गर्ने चलन पनि व्यापक भयो ।
यसरी महिलालाई सुरक्षा दिने क्रममा बिस्तारै विवाहजस्तो अनौठो चलन चल्यो ।

सम्भोगमा महिला–पुरूषमा को बढी सन्तुष्ट ?
एकपटक भीष्म पितामहसँग युधिष्ठिरले प्रश्न सोधे, ‘महिला र पुरmषमध्ये सम्भोगको समय कसले बढी आनन्द प्राप्त गर्छ ?’
यस प्रश्नको उत्तरमा भीष्मले भङ्गस्वाना र सकराको कथा सुनाए–
धेरै समय पहिला भङ्गस्वाना नाम गरेका एक राजा थिए । उनका सन्तान थिएनन् । छोरा पाउने इच्छाले उनले ‘अग्निष्टुता’ नाम गरेको यज्ञ गरे । त्यस यज्ञमा भगवान्लाई मात्रै हवन गरिने भएकाले आफूले नपाएकोमा देवराज इन्द्र क्रोधित बने ।
भङ्गस्वानाले कुनै गल्ती गर्लान् र सजाय दिऊँला भनेर इन्द्र मौका खोज्न थाले । राजाले कुनै गल्ती छाडिरहेका थिएनन्, इन्द्रको क्रोध बढ्दै गइरहेको थियो ।
एक दिन भङ्गस्वाना शिकारमा गएको मौका पारेर बदला लिने सोचले इन्द्रले उनलाई सम्मोहित गरे ।
राजाले सम्मोहनमा परेर होश गुमाए र जङ्गलमा भट्किन थाले । उनले आफ्ना सैनिकसमेत देखेनन् । भोक र प्यासले पीडित भइरहेका बेला उनले अचानक एउटा सानो नदी देखे । त्यहाँ गएर घोडालाई पानी पिलाए र आफूले पनि पिए ।
पानी पिएपछि उनको शरीर स्त्रीको हुन थाल्यो । लाजका कारण उनी विलाप गर्न थाले ।
विलाप गर्दै उनी स्त्री बनेरै दरबार फर्के ।
राजालाई स्त्री रुपमा देख्दा सबै अचम्ममा परे । राजाले दरबारमा सभा बोलाए र आफू राज्य सम्हाल्न योग्य नरहेको भन्दै जङ्गलमा गएर बाँकी जीवन बिताउने निर्णय गरे ।
स्त्रीका रुपमा जङ्गलमा बस्न थालेका राजाले त्यहीँ सन्तान जन्माए । आफ्ना छोरालाई आफ्नो राज्यमा लगेर उनले पुराना र नयाँ सबै छोराहरुलाई मिलेर राज्य गर्न भने र आफू पुनः जङ्गल फर्किए ।
राजाका सबै छोराहरुले मिलेर राज्य चलाउन थाले ।
राजालगायत उनका सन्तान सुखपूर्वक रहन थालेको देखेर इन्द्रको रिस झनै बढ्यो । उनमा अझै बदला लिने भाव बढ्यो । आफूले राजालाई स्त्री बनाएर दुःखको सट्टा सुख पु¥याएको सम्झेर उनले एक ब्राह्मणको रुप धारण गरे र भङ्गस्वनाको राज्यमा पुगे । त्यहाँ पुगेर उनले सबै राजकुमारहरुलाई उचाल्न सुरm गरे ।
इन्द्रको कुरा सुनेर सबै भाइ आपसमा लड्न थाले र एक–अर्कालाई मारिदिए । आफ्ना छोराहरु आपसमा लडेर मरेको सुनेर भङ्गस्वना शोकाकुल बने । ब्राह्मणको रुप बनाएर इन्द्र राजाकहाँ पुगेर रmनुको कारण सोधे । राजाले सबै घटना इन्द्रलाई बताए । इन्द्रले आफ्नो असली रुप देखाएर राजाको गल्तीका बारेमा बताइदिए ।
उनले भने, ‘तिमीले अग्निको पूजा र मेरो अनादर गरेकाले मैले नै तिमीसँग यस्तो खेल खेलेको थिएँ ।’
भङ्गस्वनाले थाहै नपाई गरेको गल्तीप्रति इन्द्रसँग क्षमा मागे । राजाको दयनीय अवस्था देखेर इन्द्रले राजालाई माफ गरिदिए । राजाद्वारा पुरmष हुँदा जन्मिएका र महिला हुँदा जन्मिएका मध्ये कुनै एक पक्षलाई जीवित गरिदिने भन्दै इन्द्रले उनीसँग वरदान माग्न भने । राजाले यदि छान्नैपर्ने हो भने स्त्री हुँदा जन्माएका बच्चालाई जीवित गरिदिन भने । इन्द्रले यसको कारण सोध्दा राजाले जवाफ दिए, ‘एक स्त्रीको प्रेम पुरmषको प्रेमभन्दा धेरै हुन्छ । त्यसैले म आफ्नै कोखबाट जन्मिएका बच्चा माग्छु ।’

राजाको कुरा सुनेर इन्द्रले उनका सबै छोराहरुलाई जीवित गरिदिए र राजालाई पनि फेरि पुरूष बनाइदिने कुरा बताए । राजाले अब आफू पुरूष हुन मानेनन् । आफू स्त्री हुँदा नै खुसी भएको र स्त्री नै रहन चाहने बताए । पुरूष बनेर आफ्नो राज्य सम्हाल्न छोडेर स्त्रीकै रुपमा किन रहन चाहन्छौ भन्ने इन्द्रको प्रश्नमा राजाले भने, ‘सम्भोगको समय पुरूषको तुलनामा स्त्रीले कैयौँ गुणा धेरै आनन्द र तृप्ति पाउँछे । त्यसैले म स्त्री नै रहन चाहन्छु ।’ इन्द्र ‘तथास्तु’ भन्दै त्यहाँबाट गए ।

सम्भोगका लागि वर्जित समय
ब्रह्मवैवर्तपुराणका अनुसार यी दिनहरुमा पति–पत्नीको बीचमा शारीरिक सम्बन्ध हुनु हुँदैन –
१ औँशीको दिनमा । यस दिनमा सम्भोग गरेको खण्डमा उनीहरुको विवाहित जीवनमा नकारात्मक प्रभाव पर्छ । २. पूर्णिमाको रातमा । ३. संक्रान्तिको दिनमा । ४. चतुर्थी और अष्टमी तिथिमा । ५. आइतबार । ६. श्राद्ध या पितृ पक्षको क्रममा । ७. पति या पत्नीमध्ये कुनै एकले व्रत बसेको दिनमा । ८. नवरात्रिमा ।

प्रकाशित: १८ पुस २०७४ १७:०३ मंगलबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App