८ वैशाख २०८१ शनिबार
अन्य

अब ‘हर टु’को पालो

सन् २०१७ लाई ह्यासट्याग ‘मि टु’को वर्षका रूपमा सम्झना गरिनेछ । यो अभियानमा संसारभरका महिला एक भएका थिए । आफूमाथि भएका यौन दुव्र्यवहार र हिंसाविरुद्ध मौनता तोड्दै एक–अर्कालाई सहयोग गर्न महिला सामाजिक सञ्जालमा एक भएका थिए । सामाजिक सञ्जालको ऐक्यबद्धतालाई पछ्याउँदै कति स्थानमा त ‘अफलाइन’ अर्थात् सडकमा समेत ‘मि टु’ अभियान चले। 

जब ‘टाइम म्यागाजिन’ले ‘पर्सन अफ दी इयर’का लागि ‘दी साइलेन्स ब्रेकर’का रूपमा हामीसहित धेरैलाई छानेको थाहा पायौँ, साह्रै गर्व लाग्यो । ‘तिमी एक्लो छैनौँ’ भन्ने गहिरो सन्देशलाई हामीले सजिलो रूपबाट दिन सक्यौँ। 

यौनजन्य दुव्र्यवहार नयाँ नहुँदानहुँदै पनि महिलाले दुव्र्यवहार र हिंसाको दुःखद अनुभव सेयर गर्दा हरेक दिन नयाँ तरंग आइरह्यो। 

इतिहासमा यो पल वास्तवमै मौनता तोड्नेहरूको हो, जसले बाहिर बोल्न सकेका थिएनन्, तिनले ‘मि टु’मार्फत मौनता तोड्न सके । मौनता तोड्न त्यति सजिलो छैन, त्यसैले त हामीले बोल्न नसक्नेहरूका लागि बोलिदिनुपर्छ । मौनताबाट पीडित बालिका र महिलालाई मौनता तोड्न हामीले आवाज उठाइदिएका हौँ । 

यो अभियानमा अमेरिकी मात्र सहभागी भएनन् । र, यो अमेरिकीका लागि मात्र पनि थिएन, त्यसैले त संसारभरका महिला यसमा सरिक भए । महिला र बालिकामाथि हुने हिंसा संसारभर नै महामारीका रूपमा फैलिएको छ। 

इतिहासमा यो पल वास्तवमै मौनता तोड्नेहरूको हो, जसले बाहिर बोल्न सकेका थिएनन्, तिनले ‘मि टु’मार्फत मौनता तोड्न सके । मौनता तोड्न त्यति सजिलो छैन, त्यसैले त हामीले बोल्न नसक्नेहरूका लागि बोलिदिनुपर्छ । मौनताबाट पीडित बालिका र महिलालाई मौनता तोड्न हामीले आवाज उठाइदिएका हौँ। 

‘टाइम म्यागाजिन’को आवरणमा पृष्ठमा कतिपय ‘मि टु’ अभियन्ता लुकाइएका छन्, किनकि तिनीहरू आफ्नै कारणले खुल्न सक्दैनन् । जस्तो कि, ‘टेक्सासको एक अस्पतालमा काम गर्ने एउटी युवती आफ्नो पहिचान खुलाउन डराउँछिन्’ भनेर ‘टाइम’ले लेखेको छ । हो, त्यस्तै पीडितका लागि बोलिदिन हामीले ह्यासट्याग ‘हर टु’ सुरु गर्नका लागि ‘युनिसेफ युएसएस’मा आबद्ध भएका छौँ। 

‘युनिसेफ’को पछिल्लो प्रतिवेदन ‘अ फ्यामेलियर फेस ः भ्वाइलेन्स इन दी लाइभ्ज् अफ चिल्ड्रेन एन्ड एलोडेसेन्ट्स’ ले संसारभरका महिला र बालिकामाथि हुने हिंसाको अवस्था चित्रण गरेको छ । यो प्रतिवेदनअनुसार यौन दुव्र्यवहारमा परेका संसारभरका ९० प्रतिशत किशोरी आफूलाई दुव्र्यवहार गर्ने व्यक्तिलाई चिन्छन् । तर, पीडकविरुद्ध आवाज उठाउन सकिरहेका छैनन्। 

यसैगरी, संसारभरका १५ देखि १९ वर्ष उमेर समूहका डेढ करोड किशोरीहरू बलात्कार वा अन्य खालका यौन हिंसा खेपिरहेका छन् । गत वर्ष मात्र ९० लाख बालिकाले यौनजन्य हिंसा भोग्नुपरेको थियो । त्यसमध्ये एक प्रतिशतले मात्र पीडकविरुद्ध उभिने हिम्मत गरे। 

ताराना बुर्केको ‘मी टु’ अभियान सन् २००७ बाट सुरु भएको थियो । यो अभियान सीमान्तकृत, गरिब र कसैले आवाज उठाउन सहायता नगरेको समूहका यौनहिंसा पीडितलाई सहयोग उपलब्ध गराउनका सुरु गरिएको थियो । यो सहयोग र स्रोत नभएका महिला र बालिकामा केन्द्रित थियो । गत अक्टोबरमा एलिसाको ह्यासट्याग ‘मी टु’ले ट्विटरमा धेरै राम्रोसँग प्रहार ग¥यो । यसले संसारभरका लाखौँ महिलालाई यौनजन्य हिंसा र दुव्र्यवहारको कुरा सामाजिक सञ्जालको माध्यमबाट ल्याउने ऐक्यबद्धता सुरु गर्न सघायो। 

‘मि टु’ ह्यासट्यागमा खुल्न नसकेकाले ‘हर टु’मा बोल्ने विश्वास गरिएको छ । जस्तो, नाइजेरियामा १९ वर्षीया इस्थरलाई बोकोहरामले अपहरण गरेर यौन दासीका रूपमा बिक्री ग¥यो । उनका लागि हामीले ‘हर टु’ भन्न सक्छौँ । पोर्चुगलकी १८ वर्षीया एलिसलाई ‘ब्वाइफ्रेन्ड’ले गरेको दुव्र्यवहारविरुद्ध पनि हामी ‘हर टु’को अस्त्र चलाउन सक्छौँ । अमेरिकामा १६ वर्षीया जादालाई लागू पदार्थ खुवाएर बलात्कार गरी उनको नांगो र बेहोस तस्बिरलाई ‘इन्टरनेट मेमे’ बनाइयो । त्यसविरुद्ध पनि हामी ‘हर टु’ भन्न सक्छौँ। 

ह्यासट्याग ‘मि टु’को शक्ति र ऐक्यबद्धताका आधारमा हामीले ‘हर टु’ बनाउने दृढता गरेका हौँ । अब इस्थर, एलिस र जादाहरू एक्लै छैनन् । ‘हर टु’मार्फत हरेक महिला र बालिकाको आत्मसम्मान सुनिश्चित गर्ने हाम्रो आकांक्षा हो । सम्मानको संस्कार नभएका स्थानमा सम्मान स्थापित गर्ने अभिप्रायः हो । यो ‘युनिसेफ’को मात्र दायित्व होइन, हाम्रो पनि हो । यो अभियान बालिका र महिलाविरुद्धका भेदभाव र हिंसा अन्त्यका लागि हो। 

बालिकाले सुरक्षा र सम्मानका साथ हुर्कन पाएनन् भने भविष्य पक्कै पनि राम्रो हुनेछैन । बालिकालाई हिंसाबाट जोगाउनु भनेको उनीहरूलाई पीडाबाट जोगाउनु मात्र होइन, हाम्रो साझा भविष्यलाई पनि जोगाउनु हो।

(महिला हिंसाविरोधी अभियन्ता ताराना बुर्के र कलाकार एवं लेखिका एलिसा मिलानोको द गार्जियनमा प्रकाशित आलेखबाट शिक्षा रिसालले गरेको भावानुवाद ।)

प्रकाशित: १० पुस २०७४ ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App