८ वैशाख २०८१ शनिबार
अन्य

क्रिसमसमा रमाउँदै युवा

तस्बिर : उपेन्द्र

क्रिसमस नजिकिँदै जाँदा ललितपुर इमाडोलकी मेलिना श्रेष्ठको व्यस्तता बढ्न थाल्छ । जब क्रिसमस नजिकिन्छ, मेलिनालाई सहरका विभिन्न स्थानमा साथीभाइसँग घुम्नुपर्छ । श्रेष्ठ क्रिसमसमा यसरी रमाउन थालेको चार वर्ष भयो। आइतबार त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा क्रिसमस ट्रीअगाडि तस्बिर खिचाउँदै गरेकी उनी साथीहरूबीच रमाइरहेकी थिइन्। 

स्नातक अध्यनरत उनी केही वर्षयता विभिन्न धर्म सम्प्रदायका पर्वमा रमाउन थालेको सुनाउँछिन् । ‘साथीभाइसँग मिलेर यस्ता पर्वमा रमाउने गर्छु,’ उनले भनिन् । उनीसँग पहिलोपटक रमाइलो गर्न आएकी ललितपुर कुुसुन्तीकी सुस्मिता ढुंगाना पनि क्रिमसस ट्रीअगाडि बसेर फोटो खिचाउँदै थिइन् । ‘जुनसुकै धर्म भए पनि त्यसमा सहभागी हुन पाउँदा खुसी लाग्दोरहेछ,’ उनले भनिन्, ‘मलाई आज यहाँ आउँदा निकै रमाइलो लागेको छ।’

पश्चिमा संस्कृतिको रूपमा नेपाल भित्रिएको क्रिसमस अहिले नेपालमा ‘लोकप्रिय’ हुँदै गएको छ । क्रिस्चियन धर्मावलम्बी मात्र होइन, गैरक्रिस्चियन पनि क्रिसमसमा रमाउन थालेका छन्। 

पश्चिमा संस्कृतिको रूपमा नेपाल भित्रिएको क्रिसमस अहिले नेपालमा ‘लोकप्रिय’ हुँदै गएको छ । क्रिस्चियन धर्मावलम्बी मात्र होइन, गैरक्रिस्चियन पनि क्रिसमसमा रमाउन थालेका छन्। 

उपत्यकासहित मुलुकभरका गिर्जाघरमा आइतबार साँझ मैनबत्ती प्रज्वलन गरेसँगै क्रिसमको रौनक छाएको छ । राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलसहित सहरका विभिन्न सपिङ मल क्रिसमसका अवसरमा एक महिनादेखि नै झिलिझिली देखिएका छन्।

अंग्रेजी महिनाको डिसेम्बर २५ तारिखलाई जिसस क्राइस्टको जन्मदिन मानेर क्रिसमस मनाइन्छ । ०६३ सालमा तत्कालीन व्यवस्थापिका संसद् बैठकले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेपछि क्रिसमसमा सार्वजनिक बिदा दिन थालिएको हो ।
०६८ को जनगणनाअनुसार नेपालमा इसाई धर्मावलम्बीको संख्या तीन लाख ७५ हजार ६ सय ९९ छ भने सात हजारभन्दा बढी गिर्जाघर रहेको अनुमान छ । क्रिसमसकै अवसरमा सहरका विभिन्न रेस्टुरेन्ट तथा होटलले विभिन्न कार्यक्रम पनि आयोजना गरे।
 

 

प्रकाशित: १० पुस २०७४ ०५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App