९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

सतोरीको पहिलो अनुभव

गुरु र शिष्यबीचको सम्बन्ध सबैभन्दा उच्चतम हो । गुरु एक शीतल छहारी हुन्, जसको सामीप्यमा शिष्यका जन्मजन्मान्तरका पीडा शान्त भएर जान्छन्, सबै सन्ताप क्षीण हुन्छन् र चेतना रूपान्तरित भई व्यक्तिमा शान्ति र निश्चलताको पदार्पण हुन्छ । हिन्दूहरू सन्न्यासीलाई ‘द्विज’ भन्छन् । हामीले आमाबुवाबाट पाएको जन्म प्रकृतिको एक अचेतन प्रक्रिया मात्र हो । तर, वास्तविक आध्यात्मिक जन्म एक सचेतन प्रयास हो । यसका लागि व्यक्तिको चेतनाले शिष्यको रूपमा पुनर्जन्म लिनुपर्छ । खोजको यो अपरिचित मार्गमा एक गुरु एक गर्भ हुन् । गुरु गर्भभित्र शिष्यको नया“ जन्मको तयारी हुन्छ । गुरुले आफ्नो गर्भमा शिष्यलाई राखेर उसको रूपान्तरणका लागि चाहिने सबै आवश्यकता पूर्ति गर्छ । अज्ञातको यात्रामा भरोसा र हिम्मत दिन्छ, शिष्यमाथि प्रेम र करुणाको असीम वर्षा गर्छ ।
त्यसैले गुरुको प्रथम दर्शनमा शिष्यको हृदयमा आह्लाद र प्रेमको विशाल बाढी आउ“छ । मैले पनि ओशोको प्रथम दर्शनमा यस्तै ऊर्जा अतिरेकको महसुस गरेको थिए“ । ओशोको पटनाको प्रथम दर्शनपछि म उहा“लाई निरन्तर पत्र लेखिरहन्थे । ओशोले एक पत्रको जवाफमा ‘द्वारिकामा शिविर छ, भाग लिन आउनू’ भनेर बोलाउनुभएकाले १९६९ अक्टोबरको एक मध्याह्न काठमाडौंबाट म कृष्ण लीलाभूमि द्वारिका पुगे“ । मभित्र ओशोस“ग प्रथम भेटको मधुर स्मृति अझै जीवन्त थियो । त्यहाँ गुजरात र महाराष्ट्रभन्दा बाहिरबाट आएको म एक मात्र शिविरार्थी थिए“ ।
पवित्र तीर्थ द्वारिकाको सुन्दर समुद्र तटमा अवस्थित त्यो शिविरस्थल निकै मनमोहक थियो । विशाल क्षितिजमा फैलिएको असीम सागरले गहन रहस्यमय शान्तिका लहर प्रतिध्वनि गरिरहेको थियो । शिविरको शीर्षक थियो, ‘मैं मृत्यु सिखाता हुं’ । मृत्युजस्तो रहस्यमय विषयवस्तु भएको त्यो शिविर धेरै लाभप्रद रह्यो । ओशोले भन्नुभयो, ‘आत्मबोधका लागि स्वयंभित्र डुब्नु नै मार्ग हो, बाहिर भड्कन मात्र छ । बाहिरको संसार स्वप्नवत हो । अन्तर्बोध शाश्वत हुन्छ ।’
यो ध्यान शिविरको माहोल अन्तर्यात्राका लागि अति सहयोगी थियो । शिविरार्थीमा खोजको गहन प्यास थियो भने ओशोको ऊर्जा र उपस्थिति पनि त्यत्तिकै अति शक्तिशाली थियो । त्यो शिविरमा मभित्रको दुःख, हताशा र विशाद बिस्तारै तिरोहित हु“दै गए । चेतनाको अन्तर गहिराइमा रूपान्तरणको कुनै बीज अंकुरित भई पल्लवित भइरहेको थियो । गहन रूपान्तरण ल्याएको यो शिविर मेरा लागि एक महान् तीर्थयात्रा साबित भयो ।
शिविरमा एक शिविरार्थीले ओशोलाई सोधे, ‘हामी यति टाढाबाट जीवन जिउने कला सिक्न आएका हौँ तर तपाईं त हामीलाई मर्ने कला सिकाउ“दै हुनुहुन्छ, किन ?’ उहा“ले जवाफ दिनुभयो, ‘हामी जीवित छौँ तर हामीलाई थाहा छैन कि जीवन के हो । यही अज्ञानले नै मृत्यको भय हुन्छ । तर हाम्रो मृत्यु हुनै सक्दैन किनभने हामी शाश्वत छौँ । मृत्युको भयको एक मात्र अर्थ हुन्छ– जीवनस“ग अपरिचय । जीवन प्रतिपल प्रवाहित भइरहेको छ– श्वास–श्वासमा, कण–कणमा, चारैतर्फ, भित्र–बाहिर सबैतिर जीवन छ । तर, हामी योस“ग परिचित छैनौँ । यसको एक मात्र अर्थ यो हुन सक्छ कि मानिस कुनै गहिरो मूच्र्छामा छ । उसको प्राणको पूरा शक्ति सचेतन छैन, अचेतन छ, बेहोस छ, कुनै सम्मोहनको तन्द्राले मनुष्यलाई घेरेको छ । यही सम्मोहनलाई टुटाउन म यहा“ मृत्युको चर्चा गर्न चाहन्छु ।’
उहा“ले शिविरको शीर्षक ‘मै मृत्यु सिखाता हुं’ हुनुको कारण सम्झाउँदै भन्नुभयो, ‘मृत्यु हाम्रो नै छाया हो । त्यसबाट हामी कहिल्यै भाग्न सक्दैनौँ । हामी त्यसबाट भागिरह्यौँ भने उसको सामुन्ने खडा भएर उसलाई हामी चिन्न सक्दैनौँ । जबसम्म जीवन चलिरहन्छ, त्यसको पछिपछि त्यो छाया पनि चलिरहन्छ । मृत्यु अघि आउँदा त्यो छायाले हामीलाई पूरै घेर्छ र हामी भयका कारण बेहोस हुन्छौँ । एकपटक हामीले मृत्युलाई साक्षात्कार ग¥यौँ र देख्यौँ कि मर्दा के हुन्छ, ताकि वास्तवमै मृत्यु आउ“दा त्यो भय नरहोस्, यो अनुभवजन्य बोधमै मृत्यु तिरोहित हुन्छ ।
‘यसको प्रयोग छ । हामी स्वेच्छाले मृत्युमा प्रवेश गर्न सक्छौँ । म भन्न चाहन्छु कि ध्यान, समाधि अरु केही होइन, यो स्वेच्छाले मृत्युको अनुभवमा प्रवेश गर्ने कला हो । जुन शरीर मृत्युको घडीमा ढल्नेछ, हामी जीवनकालमै आफ्नै स्वेच्छाले शरीरलाई भित्रैबाट छोड्दै हटेर हेर्न सक्छौँ । जो व्यक्तिले आफ्नै इच्छाले मृत्युमा प्रवेश गर्छ, उसले मृत्युको साक्षात्कार गर्छ, उसले मृत्युलाई पनि देख्छ र अमर चेतनालाई पनि देख्छ, सुकेको नरिवल खोलबाट छुट्टिएझैँ । काँचो नरिवल बोक्रास“गै जोडिएर बसेको हुन्छ, बोक्रालाई तोड्यो भने नरिवल पनि तोडिन्छ । तर, त्यही नरिवल पाकेपछि खोलबाट छुट्टिन्छ । खोल छुटे पनि सिंगै फल बाँकी रहन्छ । किनभने, अब खोल र नरिवलबीच दूरी छ । त्यसैले यो खोल र फललाई अर्थात् शरीर र अमर चेतनालाई स्वेच्छाले पृथक्–पृथक् बोध गर्ने कला सिकाउन सबैलाई मैले निमन्त्रणा दिएको हु“ ।’
मैले उत्तर भारतका धेरै आश्रम चहारिसकेको थिए“ । धेरै भारतीय गुरुलाई भेटिसकेको थिए“ । आचार्यश्रीको सान्निध्यमा एक नया“ अनुभूति भइरहेको थियो । अपराह्न सत्रमा आचार्यश्रीले मौन ध्यान गराउनुहुन्थ्यो र हामी सबै ध्यान कक्षमा उहा“स“गै एक घन्टा पूर्ण मौनमा बस्थ्यौँ । वर्षौंको साधनापछि प्राप्त हुने अनुभूतिहरू उहा“को शक्तिशाली सान्निध्यमा केही दिनमै भइरहेको थियो । आचार्यश्री बिहानको प्रवचन एक स्कुलको मैदानमा र सन्ध्या प्रवचन अरब सागरको तटमा दिनुहुन्थ्यो । अपराह्नको आचार्यश्रीस“गको मौन सत्र मेरा लागि सबैभन्दा आह्लादकारी हुन्थे ।
मौन सत्रमा हामी बेलुका ४ बजेदेखि ५ बजेसम्म भेला हुन्थ्यौँ । आचार्यश्री ठीक ४ बजे आइपुग्नुहुन्थ्यो । हामीलाई स्नान गरेर स्वच्छ वस्त्रमा केही मिनेटअघि नै आएर बस्ने निर्देश थियो । आचार्यश्री कुर्सीमा आएर निश्चल मौन बस्नुहुन्थ्यो । यस्तो लाग्थ्यो, उहा“ समाधिमा डुब्नुभयो । उहा“को ध्यानले हामी सबैलाई छुन्थ्यो र हामीभित्र पनि एक गहन मौन घट्थ्यो र सूक्ष्म अनुभूतिहरू हुन थाल्थे । उहा“को प्रबल उपस्थितिमा सबैले ऊर्जाको अतिरेक महसुस गर्थे । यी ध्यान सत्रहरू यति प्रबल थिए कि आ“खाबाट थामिनै नसक्ने गरी अनायस आ“सु बग्थे र म भावातिरेकमा डुब्थे“ ।
ध्यान शिविरको पहिलो दिनकै सन्ध्या ध्यानमा म भावसमाधिमा डुबेँछु । जब म होसमा फर्किए“, रात धेरै बितिसकेको रहेछ । अँध्यारोको बढ्दो साम्राज्यस“गै चिसो पनि बढेको थियो । समय र स्थानको बोध पनि थिएन । म मौनको आनन्दसागरमा डुबेको थिए“ । म आफ्नो कोठा फर्किए“ । भोक पटक्कै थिएन । म सुत्न पल्टिए“ तर शरीर एक रहस्यमय ऊर्जामा उडिरहेको थियो । धेरैपछि मलाई थाहा भयो, त्यो सतोरीको अनुभव रहेछ । मेरो चेतना स्वयंकै केन्द्रमा निमग्न थियो, एक गहिरो सन्तुष्टि, परम आनन्दको सरोवरमा डुबेको थियो ।
(स्वामी आनन्द अरुणको प्रकाशोन्मुख पुस्तक ‘एक अच्चम मैले देखेँ’बाट)

प्रकाशित: २५ कार्तिक २०७४ ०४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App