७ वैशाख २०८१ शुक्रबार
अन्य

म कुशल व्याटमिन्टन खेलाडी हुँ

अभिनेता नीर शाह

तपाई अचेल के गर्दै हुनुहुन्छ ?
अहिले ‘कान्छी’ फिल्म खेल्दैछु । यसमा काम गरिहेको छु ।
तपाई कलाकारिता क्षेत्रमा कसरी आउनुभयो ?
म स्टेजबाट आएको हो । म नाटक खेल्दै थिएँ । सिनेमा खेल्ने अवसर आयो अनि यतातिर आए ।
कलाकार भएपछि सबैभन्दा बढी केलाई ध्यान दिनुहुन्छ ?
अभिनय, निर्देशन ।
कलाकारिता नआएको भए ?
कलाकारितामा नआएको भए सायद म पराराष्ट्र सेवामा हुन्थेँ किनभने पराराष्ट्र मन्त्रालयमा जागिर खानका लागि बडो प्रेसर थियो ममाथि । म त्यसको ट्रेडिङ पनि लिँदैथिएँ ।
कलाकार बन्न कति सजिलो छ ?
कलाकार बन्न असाध्यै गाह्रो छ । जुन किसिमको प्रतिबद्धता यसले माग्छ, पेसागत निष्ठा राख्नका लागि त्यो चुक्ता गर्न असाध्यै गाह्रो । कुनै पनि पेसा सजिलो छैन निष्ठा राख्नका लागि ।
तपाई कुन बेला बढी रिसाउनुहुन्छ ?
अत्याचार भएको देखेँ भने रिस उठ्छ । त्यस्तो बेला मलाई अत्यधिक रिस उठ्छ ।
रिस उठेपछि के गर्नु हुन्छ ?
पहिला पहिला अत्याचार गरेको देखेपछि मलाई रिस उठ्थ्यो । त्यो अत्याचार बन्द गर्न तत्काल जे दिमाखमा आउँथ्यो त्यहीँ गरिहाल्थेँ । अहिले त्यति रिस उठ्दैन । धेरै भो रिस नउठेको ।

दर्शकलाई थाहा नभएको गोप्य कुरा ?
मेरो गोप्य कुरा के होला ? मेरो जिन्दगी त खुला किताबजस्तो छ । म एक कुशल क्रिकेट खेलाडी हुँ । यो चाहिँ दर्शकलाई थाहा छैन होलाजस्तो लाग्छ । अनि म स्नुकर र विलिएट अझै पनि खेल्छु । यो खेल प्रोफेसनल लेभलमै खेल्छु ।
तपाईंको कसैसँग लभ पर्यो कि परेन ?
पर्यो नि भाइ पर्यो । किन परेन ! परेको कुरा परेन किन भन्नु !

प्रेम प्रस्ताव कति आए ? कि आएनन् ?
आयो नि, प्रशस्तै आए तर सबै एसेप्ट गर्ने कुरा भएन !

तपाईंलाई के कुराको बढी याद आउँछ ?
स्कुलका दिनहरु धेरै आउँछ । त्यतिबेलाको जीवन नै बेग्लै थियो । चाहनाहरु थोरै हुन्थे । ठूला चाहना हुँदैनथे । आज के खाजा खाने ? गुच्चा खेल्दा खेरी कसरी दुइटा गुच्चा बढी जित्ने भन्ने ध्याउन्न हुन्थ्यो । दिउँसो स्कुलबाट भागेर पौडी खेल्न जाँदा स्कुलका शिक्षक र पालेहरुसँग कसरी लुक्ने अनि सानातिना तर आफ्नै किसिमले महत्वपूर्ण त्यस्ता कुराहरु मात्र दिमाखमा आउँथ्यो । दिनहरु बढी सरल थिए । दिनहरु सरल भएका कारण सन्तुष्टि पनि चाडैँ मिल्थ्यो । तिनै कुरा अहिले याद आउँछन् ।
नीर शाहले अहिलेसम्म गर्न नसकेको काम ?
एमए पास । यो चाहिँ मैले गर्न नसकेको काम हो । त्रिभुवन विश्वविद्यालयमा भर्ना भएको थिएँ तर सुटिङका चापले गर्दा पूरा गर्न सकिनँ ।

तपाईं प्रधानमन्त्री हुनुभयो भने के सबैभन्दा पहिला के गर्नु हुन्थ्यो ?
सबैभन्दा पहिला चलचित्र विकास बोर्ड नै खारेज गरिदिन्थेँ ।
किन नि ?
त्यो चाहिँ म प्रधानमन्त्री भएपछि थाहा हुन्छ ।

तपाईंलाई मनपर्ने कलाकार को हुनुहुन्छ ?
मलाई पछिल्लो समयमा आएकामध्ये विपिन कार्की मन पर्छ ।
एक्लै तपाईं सुतेको कोठामा भूत आयो भने के गर्नु हुन्छ नि ?
भूत भएका कारणले म डराउँदिनँ । एक्सपेक्ट नगरेका व्यक्ति वा आकृति भएका कारण झस्किन्छु होला । त्यो भूत नभएर अरु नै भए पनि झस्कन्थेँ होला । भूतको आकृति ठूलो भएको भए झन् बेस्कन झस्किन्छु होला ।

अबको योजना के छ ?
अर्को दसैँतिर एउटा सिनेमा बनाउनेबारे सोचेको छु । सायद यतिखेर सुटिङ भइरहेको हुनेछ ।

प्रस्तुति :भोला अधिकारी

 

प्रकाशित: ६ कार्तिक २०७४ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App