७ वैशाख २०८१ शुक्रबार
अन्य

सुनसान काठमाडौं (फोटो फिचर)

काठमाडौं—बडादशैँका अवसरमा बाहिर जानेको संख्या बढेपछि काठमाडौँ उपत्यकामा सवारीसाधनको आवागमन पातलो देखिएको छ। काठमाडौंका मुख्य सडकहरु लगभग सुनसान छन्।

सडकमा फाट्टफुट्ट सवारीसाधन देखिन्छ भने पैदलयात्रुको चहलपहल पनि खासै छैन। सार्वजनिक सवारी कम चल्दा यात्रुलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ। प्रहरीका अनुसार फूलपातीको दिनसम्मै स्थलमार्गबाट काठमाडौँ बाहिर जानेको संख्या १९ लाख पुगेको थियो। त्यो क्रम टीकाको दिनसम्म रहनेछ।

काठमाडौँका भित्री बजारहरु असन, इन्द्रचोक र भोटाहिटी क्षेत्रमा भने किनमेल गर्नेको घुइँचो घटेको छैन। मांशहारीका लागि खसी बोका, कुखुरा, हाँस आदि खरिदका लागि आज बिहान प्रदर्शनीमार्ग र विभिन्न चोक तथा मासु पसलमा भीड छ। सहरका मुख्य बजारका पसल पनि बन्द प्रायः छन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App