६ वैशाख २०८१ बिहीबार
अन्य

कस्तो पुरुष सुन्दर ?

आस्था राउत, गायिका
मानिसहरु सुरुमै मन सफा भएको मान्छे मनपर्छ भन्छन् तर त्यो कुरा भनाइ मात्रै हो । सुरुमा त शरीर राम्रो, नराम्रो नै हो हेर्ने चलन छ । त्यसैले अनुहार, शारीरिक बनोट मिलेको ‘हेन्डसम’ केटा नै मलाई मनपर्छ । तर उसको अनुहार मात्रै राम्रो भएर भएन, दिल पनि सफा हुनुपर्यो । फेरि यसका लागि लामो संगत हुनुपर्यो, उसको बानी बेहोरा बुझ्नुपर्यो । खासमा मलाई केटाहरु ‘म्याथम्याटिक्स’ जस्तै लाग्छन्, जति बुझ्यो त्यति गाह्रो । मलाई जुन बेला पनि कालो चस्मा लगाउने केटा त्यति मन पर्दैन किनभने आँखा जुधाएर गफ गर्ने केटा मेरो रोजाइ हो । पढेलेखेको हुनुपर्यो, सामाजिक हुनुपर्यो । सामान्य कपडा लगाए पनि चिटिक्क मिलाएर लगाउने हुनुपर्यो । मलाई फेरि यो ब्रान्ड, त्यो ब्रान्ड भनेर धमास देखाउने केटा पनि मन पर्दैन । पहिलोपल्ट कुनै केटा देख्दा भने मेरो नजर जुत्तामै जान्छ, उसले कस्तो जुत्ता लगाएको छ, सुहाएको छ या छैन भन्ने हुँदोरहेछ । त्यसो भन्दैमा चप्पल लगाएको केटा मन नपर्ने भन्ने होइन । ड्रेसअनुसार हाफपेन्टमा चप्पल लगाएको केटा मलाई खुब मनपर्छ ।

 

प्रकाशित: २४ भाद्र २०७४ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App