१६ चैत्र २०८० शुक्रबार
अन्य

कस्तो पुरुष सुन्दर ?

मेलिना राई, गायिका
मेरो ध्यान पुरुषको बाहिरी कुरामा भन्दा पनि भित्री कुरामा जान्छ । उसले कस्तो कपडा लगाउँछ, हेयर स्टाईल कस्तो बनाउँछ, चस्मा कस्तो लगाउँछ दाह्री पाल्छ÷पाल्दैन भन्ने कुराहरु मेरो प्राथमिकतामा पर्दैनन् । मलाई जेन्टल, सिम्पल र बौद्धिक पुरुष आकर्षक लाग्छ । महिलालाई सम्मान गर्ने पुरुष मेरो मनमा बसिहाल्छन् । महिलालाई सम्मान नगर्ने खालको पुरुष छ भने ऊ जतिसुकै ह्यान्डसम किन नहोस्, फस्टमै रिजेक्ट हुन्छ । मलाई जस्तो ड्रेसमा पनि हेर्दा फिट र कूल देखिने पुरुष मनपर्छ । कलरमा हल्का गहुँगोरो मन पर्छ तर बढी उसको स्वभावले नै आकर्षित गर्ने हो ।

प्रकाशित: १७ श्रावण २०७४ ०६:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App