coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

केटाकेटीलाई इन्टरनेट

केटाकेटीको पहुँचमा इन्टरनेट हुँदा कत्तिको राम्रो र कत्तिको नराम्रो भन्ने बहस संसारभरि नै छ । अझ हिजोआज त फेसबुक, युट्युब तथा ट्वीटरजस्ता सामाजिक सञ्जालको दुष्प्रभावबाट बचाउन निकै गाह्रो छ । बेलायतको एजुकेसन पोलिसी इन्स्टिच्युटले गरेको एउटा नयाँ शोधमा शोधकर्ताले यस्तै कुरा पत्ता लगाएका छन् ।
विकसित मुलुकमा इन्टरनेट प्रयोग गर्नु स्वाभाविक कुरा भइहाल्यो । झन् बेलायतका बालबालिका तथा किशोरकिशोरीमध्ये अधिकांशले यसलाई उपयोग गर्ने गरेका छन् ।
यस पटक गरिएको नयाँ अध्ययनले के देखाएको छ भने इन्टरनेटमा केटाकेटी धेरै झुम्मिए भनेर त्यसमा प्रतिबन्ध लगाउँदा त्यसको उल्टो असर पर्ने गरेको छ । उनीहरुको स्वास्थ्यमा गम्भीर किसिमको असर पर्ने गरेको छ । यसले उनीहरुमा डिजिटल कुशलता र भावनात्मक रुपमा संवेदनशीलता कम हुने गरेको शोधमा देखिएको छ ।
एजुकेसन पोलिसी इन्स्टिच्युटका मानसिक स्वास्थ्य विभागका निर्देशक एमिली फ्रायथले भनिन्, ‘बालबालिकालाई इन्टरनेट प्रयोगमा रोक लगाउँदा अनलाइनका विविध समस्याबाट मुक्ति त पाइन्छ तर अनलाइन फाइदाबाट उनीहरु वञ्चित हुने मात्र होइन, आउने विविध किसिमका समस्यासँग कसरी जुझ्ने भन्ने कुरामा उनीहरु अज्ञानी बन्न पुग्छन् । यसले उनीहरुमा ती समस्यासँग जुझ्ने क्षमता कम हुन्छ । उनी भन्छिन्, ‘शोधबाट के थाहा पाइयो भने बालबालिकालाई इन्टरनेट प्रयोगमा प्रतिबन्ध लगाउनुभन्दा उनीहरुलाई अनलाइनका जोखिमबाट लड्नभिड्न सक्ने क्षमता बढाउनु आवश्यक हुन्छ ।
बेलायतमा यतिबेला १५ वर्ष उमेर समूहका एक तिहाई किशोरकिशोरीहरु चाहिँदोभन्दा बढी इन्टरनेट प्रयोग गर्ने गर्छन् । नेसनल स्टाटिस्टिक (राष्ट्रिय तथ्याङ्क)का अनुसार १० देखि १५ वर्ष उमेर समूहका आधाभन्दा बढी बालबालिका (५६ प्रतिशत) हरेक दिन तीन घण्टाभन्दा बढी समय सोसल मिडियामा समय खर्चने गर्छन् ।
यसअघि २०१३–१४ ताका यही संस्थाले गरेको शोधमा भने यो संख्या निके कम थियो ।

प्रकाशित: १२ श्रावण २०७४ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App