१६ चैत्र २०८० शुक्रबार
अन्य

१९५० को सन्धिबारे नेपालले स्पष्ट धारणा राख्न सकेनँ : महेन्द्र पी. लामा

अन्तरक्रिया कार्यक्रममा बोल्दै महेन्द्र पी लामा। तस्विरः नारायण

टोकियो—नेपाल-भारतबीच भएको १९५० को मैत्री सन्धिका विवादित बुँदाहरु पुनरावलोकन गरी दुई देशबीच सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन विज्ञहरुले सुझाव दिएका छन्। आइतबार टोकियोको इचिगायास्थित चुकुबा विश्वविद्यालयले आयोजना गरेको ‘नेपाल-भारतसम्बन्ध र १९५० को मैत्री सन्धिको सान्दर्भिकता’ विषयक कार्यक्रमका सहभागीले यस्तो सुझाब औंल्याएका हुन्।

सन्धि पुनरावलोकन गर्नु पर्छ भनेर नेपालको पक्षबाट पटक-पटक माग भए तापनि वार्ताको क्रममा यो बुँदा यसरी परिवर्तन गर्नुपर्छ भन्ने कुनै दस्ताबेज नेपाली पक्ष बाट नआएको खुलासा उनले गरे।

कार्यक्रममा जवाहरलालनेहरु विश्वविद्यालय दिल्लीका प्राध्यापक तथा नेपाल-भारत सम्बन्ध पुनरावलोकन गर्न गठित प्रबुद्ध समूहमा भारतीय पक्षका सदस्य डा.महेन्द्र पी लामाले भारत र चीनबीच नेपालको महत्वपूर्ण भूमिका रहेको औंल्याए। नेपालले आफ्नो शक्ति चिन्न नसकेको उनको भनाइ थियो।

१९५० को सन्धिमा नेपाललाई मन नपरेका बुँदाहरु नेपाल सरकारले लिखित रुपमा भारत सरकार समक्ष राख्न नसकेको उल्लेख गर्दै उनले लिखित रुपमा स्पष्ट धाराणाहरु राख्न सुझाव दिए। ‘भारत नेपालसँगको आफ्नो सम्बन्ध नबिग्रोस भन्ने चाहन्छ। भारतले नेपालको शक्ति बुझेको छ तर नेपालले आफ्नो शक्ति अझै बुझ्न सकेको छैन’, उनले भने, ‘नेपाल चीन र भारतबीचको स्यान्डविच हो। स्यान्डविचको दुई रोटीबीचको बटर हो। नेपाल, बटरबिना स्यान्डविच मिठो हुँदैन।’

आफ्नो सोचाइमा फराकिलोपन ल्याउनुपर्ने बताउँदै उनले नेपालले भारत र चीनबीच आफ्नो भूमिका देखाउनुपर्ने कुरामा पनि उनले जोड दिए। सन् १९५० को सन्धिले दुई देशलाई फाइदा भइरहेका पक्षहरुमा पनि ध्यानाकर्षण गराउँदै विमतिका बुँदाहरुमा अध्ययन गर्नुपर्ने सुझाव उनले दिए। सन्धि पुनरावलोकन गर्नुपर्छ भनेर नेपालको पक्षबाट पटक-पटक माग भए तापनि वार्ताको क्रममा यो बुँदा यसरी परिवर्तन गर्नुपर्छ भन्ने कुनै दस्ताबेज नेपाली पक्ष बाट नआएको खुलासा उनले गरे।

चुकुवा विश्वविधालयका सह-प्राध्यापक डा. कमल लामिछानेले १९५० को मैत्री सन्धिका केही बुँदाहरु राणा शासन टिकाउनका लागि गरिएको टिप्पणी गर्दै सन्धि पुनरावलोकन अावश्यक रहेको बताएका थिए। नेपालका राजनेताहरुको भनाइ र गराइ फरक भएको आरोप लगाउँदै उनले राजनीतिक दलले भारतलाई खुशी बनाउन मात्र काम नगरी राष्ट्रलाई खुशी पार्ने काम गर्नुपर्ने धारणा राखे।

नेपाल-भारत सम्बन्ध बिग्रे दुवैलाइ फाइदा नहुने बताउदै उनले भारतसँग बलियो सम्बन्धका लागि नेपालको डिप्लोम्याटिक च्यानल बलियो हुनुपर्ने धारणा राखे। ‘नेपाल आत्मनिर्भर हुनुपर्छ भारतसँग माग्ने काम बन्द गर्नुपर्छ चीन र भारत सँगको सम्बन्धमा सन्तुलन ल्याउनुपर्छ’,उनले भने।

 

प्रकाशित: १० श्रावण २०७४ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App