coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

चिनियाँ कम्पनीलाई बुढीगण्डकी जिम्मा दिने निर्णय राष्ट्रघातीः नयाँ शक्ति

पत्रकार सम्मेलनमा डा.भट्टराईसहितका नेताहरु। तस्विरः प्रबीन कोइराला

काठमाडौं— एक हजार २ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिने पुष्पकमल दाहाल सरकारको निर्णय राष्ट्रहित विपरित भएको ठहर नयाँ शक्ति नेपाल पार्टीले गरेको छ। दाहालले प्रधानमन्त्री पद छोड्नुभन्दा एक दिन अगाडि सरकारले सो आयोजना चाइना गेजुवा एन्ड वाटर ग्रुप कम्पनीलाई दिने निर्णय गरेका थिए।

'एकातिर राष्ट्रिय गौरवको आयोजना भन्ने र अर्कोतिर विदेशी कम्पनीलाई सुम्पने प्रवृत्तिले कसरी राष्ट्रिय स्वाभिमानको रक्षा हुनसक्छ ? यसमा हाम्रो मूल आपत्ति हो। सरकारको यो निर्णयले नेपालीहरुको गर्व गर्न पाउने भावनामा ठेस पुगेको ठहर हाम्रो पार्टीको रहेको छ'

सो पार्टीले आज पत्रकार सम्मेलन गर्दै बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई बुढीगण्डकी आयोजना दिने कार्य आपत्तिजनक भएको जनाएको छ।

ब्लाङ्क चेक सरह सरकारले आयोजना चिनियाँ कम्पनीलाई दिएको नयाँ शक्ति संयोजक डा.बाबुराम भट्टराईले बताए। 'इपीसीएफ मोडलमा निर्माण गर्ने गरी कुनै एक कम्पनी र त्यसमाथि पनि विदेशी कम्पनीलाई ब्लाङ्क चेक दिए जसरी दिनु राष्ट्रिय गौरवको आयोजनाको मर्म र भावना विपरीत छ', डा.भट्टराईले भने।

'एकातिर राष्ट्रिय गौरवको आयोजना भन्ने र अर्कोतिर विदेशी कम्पनीलाई सुम्पने प्रवृत्तिले कसरी राष्ट्रिय स्वाभिमानको रक्षा हुनसक्छ ? यसमा हाम्रो मूल आपत्ति हो। सरकारको यो निर्णयले नेपालीहरुको गर्व गर्न पाउने भावनामा ठेस पुगेको ठहर हाम्रो पार्टीको रहेको छ', डा.भट्टराईले भनेका छन्।

सरकारको नेतृत्व छोड्ने बेलामा दाहाल सरकारले चिनियाँ कम्पनीलाई आयोजना इन्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्स (ईपीसीएफ) मोडलमा निर्माण गर्ने जिम्मा सोझै चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो।

प्रकाशित: २५ जेष्ठ २०७४ १२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App