१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

वीरगन्जमा भारतीय ट्रक ड्राइभर र प्रहरीकाे फिल्मी भिडन्त

वीरगन्ज- वीरगन्जमा बिहीबार राति करिब दश बजे आचानक चार राउण्ड गोली चल्यो। भारतको बिहारमा मदिरा किनबेच र सेवनमा सरकारले प्रतिबन्ध लगाएपछि मालबाहक गाडी र अरु सवारीसाधनमा आउनेहरु नेपाल पस्नसाथ पहिलो काम गर्छन्, मदिरा सेवन।

यस्तै एउटा मालबाहक ट्रकको चालकले बिहीबार राति मदिरा सेवन गरी सडकमा तीब्र गतिमा गाडी कुदाउँदै नेपाल प्रहरीलाइ पछाडि पछाडि सहरभित्र चार चक्कर घुमाए। गाडी र जड्याहा चालकलाई नियन्त्रणमा लिन प्रहरीले अन्त्यमा चार राउण्ड गोली चलाउनुपरेको थियो।

घट्नाअनुसार वीरगन्ज-१६ पावरहाउस चोकमा चेक जाँचको लागि खटिरहेका प्रहरी टोलीले दक्षिणबाट उतरतर्फ आउदै गरेको ट्रकलाई रोक्न इसारा गर्यो। नजिक आइपुगेको ट्रक एक्कासी तीव्र गतिमा उत्तर गण्डकतिर हुँयुकिएकियाे। प्रहरी टोलीले २ वटा गाडी लिएर ट्रकको पिछा गर्यो। गण्डकतिर भागेको ट्रक चिनी कारखाना आवासक्षेत्र अगाडिबाट हुइँकिदै पूर्वतिर मोडेर चालकले प्रहरीलाई चक्मा दिन खोज्यो। पिछा गर्दै २ मिनेटपछि आइपुगेको प्रहरीको मोबाइल टोलीले पूर्व मोडिने सडकमा जाँदै गरेको उही ट्रक हो भनेर सजिलै ठम्याएर सोही दिशामा लाग्यो। नभन्दै टिसिएन चोकबाट ट्रक फेरि दाहिने मोडिएर बाइपास सडक हुँदै दक्षिणतिर लाग्यो। 

नजिकैको प्रतिमा चोकमा ड्युटी खटेको प्रहरी टोलीले ट्रकलाई रोक्न खोज्दा सफल भएन। यतिन्जेलमा प्रहरीको सञ्चार सेट ‘ट्रकको लोकेशन’ किट्दै र जानकारी आदानप्रदान गर्दै गुञ्जयमान थियो। संयोगवस त्यही लोकेशनमा पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साह पनि गस्तीमा निस्केकाले उनी पनि गाडीको पछाडि लागे। रातिको साढे १० बजे अगाडि अगाडि मदिराले मातिएका चालकले चलाएको ट्रक, पछाडि पछाडि प्रहरीका आधा दर्जन गाडी। करिब ७ किलोमिटरको रेसपछि प्रहरी उपरीक्षक साहले पछाडिबाट ट्रकको टायरलाई निशाना बनाएर गोली चालाउनु पर्यो, फिल्मी शैलीमा। पहिलाे राउन्डकै गोली टायर पड्कको आवाज आयो। पछि गाडीको ब्रेकसँगै पाँग्रा घचेटाइको अवाज अायाे। 
लखेटालखेटीको दृश्य भने सकिएन। चालक भारत बिहारको धमौल बडीगुलेनीका २१ वर्षे करु यादव ओर्लेर पैदलै भाग्न खोजे। गाडीबाट ओर्लेका प्रहरीले उनलाइ तुरुन्तै ज्याकीहाले। जिल्लाप्रहरी कार्यालय पर्साका अनुसार चालक यादव, सह चालक भारत बिहारको सोनो मोदाका १९ वर्षे धनन्जय कुमार माथुरी र जेएच२जेड ८६५१ नम्बरको ट्रक प्रहरीले तुरुन्तै नियन्त्रमा लियो। प्रहरीका अनुसार चालकले मदिरा सेवन गरेको पाइएको थियो। गाडीमा कार्बन डस्ट लोड छ। ‘सात वटा प्रहरीको चेक पोष्ट तोड्दै गाडी कुदाएको थियो, ३ वटामा त म आफैँ पछाडीिपछाडि थिएँ,' प्रहरी उपरीक्षक साहले भने, 'केही नलागेर बाध्य भएर फायर खोल्नुपरेको हो।’

‘राति सडक सुनसान भएर मानवीय क्षति भएन, दिउँसो वा अलि साँझै भइदिएको भए कित जनाको ज्यानै पनि जान्थ्यो होला, संयोग ठीक थियो,’ उनले भने। 

प्रकाशित: ८ पुस २०७३ १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App