७ वैशाख २०८१ शुक्रबार
अन्य

सरकारको निर्णयपछि आत्तियो महासंघ, अग्रिम बुकिङ खुला

काठमाडौं–यातायात व्यवसायी विरुद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भएपछि ‘नियतबस’ अग्रिम टिकट बन्द गरेका यातायात व्यावसायीले यसअघि बन्द  गरेको अग्रिम टिकट बुकिङ सोमबारबाट पुन खुला गरेका छन्। सरकारको निर्णयबाट अत्तालिका यातायात व्यावसायीको छाता संगठन नेपाल यातायत राष्ट्रिय महासंघको आकस्मिक बैठकले  सोमबारदेखि अग्रिम बुकिङ टिकट खुला गरेका हुन्।

‘काठमाडौं उपत्यकाबाट देशभरी जाने यात्रुको चापलाई मध्यनजर गर्दै यातायत सेवा संचालन गर्दा एकतर्फी यात्रुका कारण नोक्सानी व्यहोर्नुपर्ने भएपनि  सेवा दिने विषयलाई उच्च प्राथमिकतामा राखी सबै जिल्ला सदरमुकाम एवं स्थानीय रुटमा संचालित सवारी साधनलाई समेत काठमाडौंमा ल्याइ सबै यात्रुलाई सुरक्षित तथा भरपर्दो यात्रा गराउन विज्ञप्तिमार्फत निर्देशन दिइन्छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
महासंघले अघि ग्यारेजमा थन्क्याएर र थप बसहरु उपत्यका ल्याइ यात्रूलाई सहज रुपमा गन्तव्यमा पुरायाने निर्णय गरेको छ । नेपाल यातायात राष्ट्रिय महासंघले भाडा सम्बन्धी गुनासो आएको भन्दै सरकारले तोकेको रेटमौ टिकट काट्न र यात्रु लैजान निर्देशन दिएको छ।

 

प्रकाशित: १७ आश्विन २०७३ ०८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App