coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

आइतबार सरकार विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये पाँच मन्त्रालयलाई दाहालले भोलि  पूर्णता दिने भएका हुन्।

शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिले सरकार विस्तारका विषयमा चासो राखेपछि प्रधानमन्त्री दाहालले  आइतबार मन्त्रिपरिषद विस्तार गर्ने जानकारी गराएका हुन्।  प्रधानमन्त्री दाहालले आइतबार माओवादीको भागमा परेका मन्त्रालयलाई पूर्णता दिने भएका हुन्।

माओवादीको भागमा परेका आठ मन्त्री मध्ये तीन जनाले यसअघि नै सपथ लिइसकेका छन्। बाँकी पाँच जना मन्त्रीलाई भोलि नियुक्त गर्ने तयारी  माओवादीले गरेको छ। तर, प्रधानमन्त्री दाहाललाई मन्त्री छनोटमा सकस भइरहेको छ। यसअघि तय भएको पाँच जनाको नामपनि हेरफेर हुनसक्ने स्रोतले जनाएको छ।

‘मधेस र महिलालाई विशेष प्राथमिकता दिनुपर्ने भएकाले केही सरकार विस्तारमा केही ढिला भएको हो,’ स्रोतले भन्यो,‘मन्त्री छान्ने जिम्मा अध्यक्षलाई दिएका कारण भोलि मन्त्रीको टुंगो लगाएर भोलि नै सपथ दिलाउने तयारी छ।’ प्रधानमन्त्री दाहालले राष्ट्रपतिसँग भोलि सरकार विस्तार गर्ने जानकारीसमेत गराएका थिए।

राष्ट्रपतिसँगको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटवार्ता भएको जानकारी दिए। ‘राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटवार्ता हो,’ उनले भने,‘ उहाँहरुबीच समसामयिक विषयमा छलफल भयो।’

 

प्रकाशित: २९ श्रावण २०७३ ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App