१५ चैत्र २०८० बिहीबार
अन्य

डा. केसीका माग पूरा गर्न सक्दो प्रयास गर्ने सभामुखको प्रतिबद्धता

अनशनरत डा. गाेविन्द केसीकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सभामुख अाेनसरी घर्ती। तस्बिर: केशव थाेकर

काठमाडौं–सभामुख ओनसरी घर्तीले अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने लगायत माग राख्दै ११ औं दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको माग पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
बुधबार केसीको स्वास्थ्य स्थिति बुझ्न शिक्षण अस्पताल महाराजजंग पुगेकी समाभुख घर्तीले डा. केसीको मागका विषमया आफूले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने  आश्वासन दिइन्। ‘आम नागरिकको स्वास्थ्यसँग सम्बन्धित माग उठाउनु भएको डाक्टरसावको मागका विषयमा मैले प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्छु,’ उनले भनिन्,‘ उहाँले उठाउँदै आउनु भएको माग पूरा गर्ने सन्दर्भमा मैले आफ्नो ठाउँबाट सक्नेजति सहयोग गर्छु।’

सभामुखले जनताको स्वास्थ्यलाई केन्द्रमा राखेर सामाजिक न्यायका लागि लडेको भन्दै डाक्तर केसीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्नसमेत सुझाव दिइन्। जवाफमा डा. केसीले आफू जनताको स्वास्थ्य र सामाजिक न्यायका लागि अनशन बसेको भन्दै यसमा सभामुखको सहयोगको अपेक्षा गरेको बताए।

केसीले सभामुखलाई ‘तपाइँको घर कहाँ हो ?’ भनि प्रश्न गरेका थिए। जवाफमा सभामुखले रोल्पा घर भएको बताइएकी थिइन्। केसीले सभामुखलाई रोल्पाका जनता उपचार गर्न कहाँ आउँछन् भनेर सोधेका थिए। केसीले आफूले दाङमा मेडिकल कजेल खोल्न सरकारलाई पटक पटक आग्रह गर्दासमेत बजेट विनियोजन नगरेको सुनाएका थिए। 

११ औं दिनदेखि आमबरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ। डा. केसीमा निरन्तर छाती दुखाइ, मांशपेसी दुखाइ, बाउँडिने समस्या जारी छ। शरीरमा  ग्लुकोज अभाव भएपछि शरीरले संचित रहेकोबाट  लिने क्रममा यस्तो दुखाइ बढ्छ। तीबाहेक शरीरमा आवश्यक पर्ने सोडियम, क्याल्यििम र पोटासियमको मात्रा निकै घटेको छ। अहिले शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएकाले कुनै खालका संक्रमण भए नियन्त्रण गर्न नसक्ने अवस्थामा उनको शरीर पुगेको केसीको उपचारमा संलग्न डा. दिव्यासिंह शाहले बताइन्।

 

प्रकाशित: ५ श्रावण २०७३ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App