१६ चैत्र २०८० शुक्रबार
अन्य

आधिकारिक धारणा तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक जारी

केन्द्रीय कार्यसमितिकाे बैठकमा सहभागी हुन जाने क्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार गठनलगायतका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।
माओवादीले कांग्रेसको समर्थनमा नयाँ सरकार गठन गर्ने गरी वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि त्यस विषयमा आधिकारिक धारणा तय गर्न बैठक बसेको हो।

कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेपछि कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा बैठकले निर्णय गर्ने बताए। ‘माओवादी सरकारबाट बाहिरिएपछि उत्पन्न नयाँ सरकार गठन र पार्टीको भूमिका विषयमा बैठकले निर्णय गर्नेछ,’ उनले भने,‘बैठकले कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा ठोस निर्णय गर्नेछ।’

माओवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन मंगलबार फिर्ता लिएको थियो। कांग्रेस र माओवादीबीच आलोपालो सरकार संचालन गर्ने सहमति भइसकेको छ।

 

प्रकाशित: २९ असार २०७३ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App