२९ असार २०७७ सोमबार
अन्य

रङ्ग बदल्ने कुपिण्डे दह

सल्यानको सेजुवाल टाकुरा, मार्के, माझकाँडा, धाजी पीपल र कजेरी गाविसको बीचमा रहेको कुपिण्डे दह प्राकृतिक रूपले सुन्दर मानिन्छ । कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ । हरियाली रुख विरुवा, सुन्दरबस्ती सल्यानी संस्कृतिको जनजीवनले जो कोहीलाई पनि कुपिण्डे दह पुग्दा आनन्दको महसुस हुन्छ । दहको किनारमा बराहको मन्दिर छ । सल्यानको मात्र नभएर बराह मन्दिरमा पूजा गर्न रुकुम, सुर्खेत र जाजरकोटका मानिस पनि पुग्ने गर्छन् । ग्रामिण धार्मिक पर्यटकीय दृष्टिकोणले मात्र महत्व मानिँदै आएको कुपिण्डे दहका बारेमा वैज्ञानिक अनुसन्धान भने आजसम्म हुन सकेको छैन ।

हरियाली रुख विरुवा, सुन्दरबस्ती, सल्यानी संस्कृतिको जनजीवनले सम्मोहित कुपिण्डे दहले वर्षमा तीन पटक वर्षा, हिउँद र गर्मी महिनामा पानीको रङ्ग बदल्छ ।


कुपिण्डे दहको वरपर स्वच्छ वातावरण उत्तरतिर देखिने हिमशृङ्खला वरपर पहाडी हरियाली जगंल र बीचमा नीलो आकाश झैँ दक्षिणतिर फैलिएको सुन्दर मनै लोभ्याउने दृश्य भएको कुपिण्डे दह, आजभोलि ग्रामीण पर्यटन केन्द्र बनेको छ । सल्यानका मात्र नभई विभिन्न जिल्लाबाट कुपिण्डे दह हेर्न आउनेको संख्या बढेको छ । डुङ्गा सयर गर्ने, मनोरम वातावरण र हिमशृङ्खलाको दृश्यावलोकनमा ग्रामीण पर्यटक रमाउन थालेका छन् । सदरमुकाम खंलगाबाट एक घण्टाको बस यात्रापछि कुपिण्डे दह पुग्न सकिन्छ ।  कुपिण्डे दह ३४ मिटर गहिरो रहे को तथ्य हालै सार्वजनिक गरिएको छ । दह २३.५३ हे क्टर क्षे त्रफलमा फै लिएको छ । कुपिण्डे दहको लम्बाइ आठ सय ३४ मिटर र चौ डाइ पाँच सय ३८ मिटर रहेको छ । कुपिण्डे दह समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ ।

किम्बदन्ती अनुसार कुपिण्डे दह भएको स्थानमा ठूलो गाउँ थियो । गाउँमा एक दिन साधु भेषमा एकजना मानिस बासको खोजिमा गाउँमा आएछन् । धेरै घरमा बास माग्दा पनि उनले बास पाउन सकेनन् । निरासहँुदै एकजना वृद्धको घरमा उनी पुगेछन् । बासका लागि आपूm आएको कुरा उनले सुनाए । घरमा रहेकी वृद्ध महिलाले आफ्नो घरमा खाना र बस्नका लागि केह प्रबन्ध हुन नसक्ने बताए पनि साधु त्यही घरमा बस्ने अनुमति मागे । वृद्धको गरिबी थाहा पाएपछि भोलिपल्ट बिहान साधुले ती वृद्ध महिलालाई भनेछन् । म कैलुवराह हुँ । अरुलाई बास बस्न नदिने यो गाउँका पापीलाई म छिनभरमा डुबाइदिन्छु । अहिलेको कुपिण्डे दहतर्फको पहाड देखाउँदै भनेछन्, ‘त्यो पहाडसम्म जाऊ । हिँड्दा पछि फर्किएर नहेर्नु ।’ महिला पहाडतर्फ लागिन । पहाडको चुचुरोमा पुगेर पछि फर्किएर हेर्दा सबै गाउँ पानीले भरिएको दह भएछ  ।
सल्यानको मुख्य पर्यटकीय सम्पदाको रूपमा रहेको कुपिण्डे दह कुपिण्डे गाविसमा पर्छ । जिल्ला सदरमुकाम खंलगादेखि १४ किलो मिटर पश्चिममा पर्छ । चारैतिर  पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिएको कुपिण्डे दहले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाएकै हुन्छ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको दह साँच्चिकै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । त्यसैले गर्दा ग्रामीण पर्यटनका लागि गन्तव्य बनेको छ कुपिन्डे दह । कुपिण्डे दह संरक्षण समितिले दहमा डुङ्गा सञ्चालनमा ल्याएको छ । दहमा आएर डुङ्गा सयर गरेर घुम्न पाउँदा ग्रमीण पर्यटक छुट्टै आनन्द महसुस गर्छन् । उत्तर–दक्षिणतर्फ फैलिएको कुपिण्डे दहको पूर्व र दक्षिणमा ज्यामिरे पर्छ । दाङको तुलसिपुरदेखि सल्यान खलंगासम्म ६५ किलोमिटर कालोपत्रे सडक र बाँकी एक घण्टाको कच्ची सडकको यात्रा पछि पुगिने दहमा दाङहँुदै अन्य जिल्लाका मानिस पुग्ने गरेका छन् ।

गाउँ घरमा विविध जनजाति, भाषाभाषी, धर्म, संस्कृति, परम्परा, रहनसहन, रीतिरिवाज र आत्मीय आतिथ्यले सजिएका सुन्दर बस्ती हुन्छन् । पाहुनालाई देवतासरह मान्ने र घरमा आएको पाहुनालाई राम्रो सत्कार गरी खान बस्न दिने हाम्रो पुरानो प्रचलन हो । गाउँमा पुग्ने पर्यटकले स्थानीय समुदायको कला, संस्कृति, भेष–भूषा, भाषा, धर्म, रीतिरिवाज, चालचलन तथा ग्रामीण क्षेत्रबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यावलोकन समेत गर्न सक्छन् । नेपालमा हिमाली भागदेखि तराईका मैदानी भागसम्म ८ सय ९१ वटा सिमसार ताल तलैया, पोखरी र दह भेटिएको छ । अहिलेसम्मको अध्ययन अनुसार सबैभन्दा धेरै ताल तलैया राप्ती अञ्चलको रुकुममा छ । जुन जिल्लालाई बाउन्न पोखरी र त्रिपन्न टाकुरी भन्ने गरिन्छ । जुन कारणले राप्ती अञ्चल प्राकृति ताल तलैयाका लागि धनी क्षेत्र मानिन्छ । तर, पनि अहिलेसम्म राप्तीमा भएका सबै ताल, दह र पोखरीका बारेमा अध्ययन, अनुसन्धान र धेरैको नामाङ्करण समेत हुन सकेको छैन ।

पर्यटकीय दृष्टिकोणले ताल तलैया महŒवपूर्ण मानिन्छ । सल्यान जिल्लाको कुपिण्डे दह जस्ता सबै तालको दिगो रूपले संरक्षण गर्ने नीति राज्यसँग हुनुपर्छ । जिल्ला विकास र नगरपालिका, गाविसले पनि स्थानीय निकायले गर्न सकिने संरक्षणको काम गर्दै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महŒवका हिसावले पहिचान भएका ताल तलैयालाई संरक्षण गर्दै पर्यटकीय विकास गर्नुपर्छ । जसले समग्र गाउँदेखि जिल्लाको विकासमा दिगो रूपले आर्थिक सहगोग पुग्छ ।
 

प्रकाशित: १० असार २०७३ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App