२३ असार २०७९ बिहीबार
विचार

लुकाइएको प्रेमपत्र

कथा

अस्ति छोरी स्नेहाको जनै सुपारी भयो। वैशाखमा उसको बिहे हुँदै छ। खै किन हो, वैशाख महिना मलाई मनपर्छ। नयाँ वर्षको सुरुवात, नयाँ काम, नयाँ सोच, नयाँ योजना, नयाँ पालुवा– वैशाख भन्नेबित्तिकै मेरो मनमा रोमाञ्चकारी भाव आउँछ। कोभिडका कारण हामीले अनेक सास्ती बेहोरिरहेका छौँ, त्यसमाथि केही दिनयता प्रदूषण बढिरहेको छ, काठमाडौं त प्रदूषित सहरमा विश्वमै पहिलो स्थानमा पर्न थालेको छ। सहर जस्तो भए पनि, कोभिडको दोस्रो लहरको त्रास बढे पनि प्रकृति आफ्नै लयमा छ। वसन्त ऋतुको आगमनसँगै बोटबिरुवाले नयाँ पालुवा हाल्न थालेका छन्, असर्फी, भ्यागुते, जाई, सिनेरिया लटरम्मै फुलेका छन्। लाग्छ, प्रकृति पनि नयाँ वर्षको स्वागतमा रोमाञ्चित छ।

आज छुट्टीको दिन। आज सरसफाइतिर लागेकी छु, भन्ने नै हो भने छुट्टीको दिन प्रायः म घरलाई नै समय दिन्छु। मलाई यसमा खुसी लाग्छ। आकाश घरको सरसामान किन्न गएका छन्, स्नेहा छोरी पनि साथीभाइसँग पशुपतितिर गएकी छे। घरको सबै काम सकेर म छोरीको कोठामा पसेँ। उसको कोठा अस्तव्यस्त थियो। लुगाफाटा, गहना, गुडिया, किताब सबै त्यत्तिकै यत्रतत्र छरिएका थिए, टेक्ने ठाउँ थिएन।  

यो छोरीलाई के भएको होला ! हामी त विवाहअगाडि आफ्नो कोठा, दराज सबै मिलाएर राख्थ्यौँ। यसलाई केहीमा रुचि छैन। कतै माइतीघर छाडेर जान लागेको उदासीपनले छोपेको त होइन? त्यसो त अघिपछि पनि उसले घरको काममा मन दिएको थाहा छैन। उही स्कुल–कलेज, पढाइ, परीक्षा तयारी यस्तैमा उसको बढी ध्यान हुन्छ। २१–२२ की भइसक्दा पनि आफ्नो कोठा, सामानको सरसफाइ र स्याहार गर्न जान्दिनँ। कसरी घर गर्ली! 

कतिचोटि उसको बाबालाई पनि मैले भनेकी छु– घरको काममा स्नेहाले रत्ति पनि चाहना राख्दिनँ। उसको बाबा हाँसेर उडाउनुहुन्थ्यो– ‘मेरो छोरी तिमी र मभन्दा ठूलो अफिसर बन्छे, घरको काम गर्दिनँ।’ अनि स्नेहा हौसन्थी– त्यही त बाबा, आमा जैले गनगन गर्नुहुन्छ।  

म चुप लाग्थेँ, सम्झाउन नसकेर। हामी महिलाको बाहिर जति ठूलो जिम्मेवारी भए पनि घरको दायित्व पनि त्यत्तिकै हुन्छ। यी सबै कुरा सोच्दै स्नेहाको दराज मिलाउँदै थिएँ, त्यत्तिकैमा एउटा ब्यागबाट धेरै कागजपत्र खसे। एउटा कागजका अक्षरमा मेरो आँखा पुग्यो, ‘तिमीलाई धेरै माया गर्ने अनि चाहने साथी सरल !’

सरल त स्नेहाको मिल्ने साथी हो, उनीहरूले स्कुलदेखि कलेजसम्म सँगै पढेका हुन्, रातदिन भेट हुन्छ यिनीहरूको। मेरो मनमा चिसो पस्यो र त्यस टुक्राका अक्षर पढेँ। अहो, यति धेरै माया गर्नै रहेछ सरलले स्नेहालाई। तर, स्नेहाले किन भनिनँ ? किन उसले अन्तै विवाह गर्ने कुरामा हामीलाई स्वीकृति दिई? एकचोटि हामीलाई भनेको भए पनि हुन्थ्यो, छोरीको खुसीका लागि हामीले नाइँ भन्दैनथ्यौँ, किन स्नेहाले हामीसँग यी सबै कुरा लुकाई? हामीले अन्तर्जातीय विवाह गर्ने स्वीकृति दिन्नौँ भनेर हो कि ! स्नेहाले एकचोटि भनेको भए हामीले नाइँ भन्दैनथ्यौँ। हरे छोरी, तिमीले किन यति ठूलो त्याग गर्न खोज्यौ ?  

उसको चिठीको हरेक पंक्तिले मलाई मेरो विवाहअघिको क्षण सम्झना भयो, जतिबेला मैले राकेशलाई मन पराउँथेँ। राकेश मेरो दादाको साथी, उनीहरूको परिवार नै हाम्रो छिमेकमा डेरा गरी बस्थ्यो। राकेश कहिलेकाहीँ हाम्रो घरमा आउँथ्यो। ऊ आउँदा मेरो मन एकदमै खुसी हुन्थ्यो, ऊ आउनेबित्तिकै चिया र पानी लिएर म दादाको कोठामा जान्थेँ। उसको त्यो गहिरो हेराइले मलाई प्रेमको आभास हुन्थ्यो। दादाको कोठामा बसेर कहिलेकाहीँ उसले गितार बजाउँदै गीत गाउँथ्यो, म आफ्नो कोठाबाट सुन्थेँ र मुग्ध हुन्थेँ। लाग्थ्यो, राकेशले मेरै लागि गाइरहेछ। सायद राकेशले पनि मलाई मन पराउँथ्यो, त्यसैले अनेक बहानाले ऊ हाम्रो घरमा आइरहन्थ्यो। हाम्रो माया शब्दमा व्यक्त थिएन तर हेराइ, व्यवहारमा व्यक्त भएझैँ लाग्थ्यो।  

दादा एक हप्ताका लागि मामााघर जानुभएको थियो, त्यतिबेला राकेश आफू बस्ने घरको कौसीमा धेरैचोटि आएको थियो। म पनि राकेशको एक झलकका लागि धेरैचोटि बाहिर निस्केकी थिएँ, हाम्रो त्यो शब्दबिनाको मायाले जीवनका धेरै कुरा नबोलीकन दिएको थियो। दिन बित्दै गइरहेको थियो, हाम्रो भेट र कुराकानी भएको त थिएन। तर लाग्थ्यो, यत्तिकै धेरै खुसी पाएका छौँ। मलाई आफ्नो र उसको हरेक गतिविधिमा नयाँपन महसुस हुन्थ्यो। एकअर्कालाई टाढैबाट हेरेर, एकअर्काको न्यानोपन टाढैबाट अनुभव गरेर जीवनमा नयाँ ऊर्जा सञ्चारित भएझैँ हुन्थ्यो। यत्तिकैमा एक दिन मेरो विवाहको कुरा छिनियो।  

‘हेरेँ, तिमीलाई सरलले लेखेको प्रेमपत्र हेरेँ,’ म बोलेँ, ‘अझै समय बाँकी छ छोरी। अझै केही बिग्रिएको छैन, तिम्रो बिहेको कुरा मात्र छिनिएको हो। तिमी चाहन्छ्यौ भने तिम्रो बिहे सरलसँगै हुन्छ, यसको जिम्मा म लिन्छु, म बाबासँग कुरा गर्छु। तिमीले बाबुआमा र आफन्तका लागि यति ठूलो त्याग गर्न जरुरी छैन। आफूले माया गर्ने र आफूलाई माया गर्नेसँगै बिहे गर्नुपर्छ। किन भनिनौँ, सरल मनपर्छ भनेर ?’ 

राकेशलाई मन पराउँछु भनेर मैले आमाबाबालाई भन्न सकिनँ, किनभने उसले पनि ‘माया गर्छु र मन पराउँछु’ भनेर शब्दमा भनेको थिएन। अनि कसरी मैले मेरा आमाबाबालाई भनौँ ? म अझै पनि सम्झन्छु, त्यो दिन आमाबाबा कुरा गरिरहनुभएको थियो– छोरीको मास्टर्स अन्तिम वर्ष हो, अब विवाह गरेर पढ्छे। फेरि केटो पढे–लेखेको छ, घरपरिवार राम्रो छ। पढाइ सकेर पनि छोरीले बाहिर काम गर्न पाउँछे, त्यसमा कुनै रोकतोक हुनेछैन। सम्धिनी आफैँ त्यत्रो महिला अधिकारकर्मी अध्यक्ष हुनुहुन्छ। त्यस घरमा छोरी खुसी हुन्छे। बरु छोरीको मनको कुरा बुझ्नुपर्छ, अरू कसैलाई मन पराएकी छ कि !  

म आफ्नो कोठामा बसेर आमाबाबाको कुरा सुनिरहेकी थिएँ, मलाई चिच्याइचिच्याइ भन्न मन लागेको थियो– राकेशसँग मेरो माया बसेको छ, म उसलाई मनपराउँछु, उसैसँग विवाह गरेर मात्र म खुसी हुन सक्छु। मलाई खुसी राख्ने क्षमता राकेशसँग मात्र छ। एउटा पुरुषमा हुनुपर्ने गुण मैले उसमा देखेकी छु। मेरो मन–भावना बुझी मेरो जनै सुपारी राकेशसँग गरिदिनुस् आमा! 

त्यतिबेला मैले आमालाई केही भन्न सकिनँ। मेरो मनमा प्रश्नैप्रश्न थिए। शब्द वा वचनमा व्यक्त नभएको मायाको के अर्थ रु मैले त उसलाई माया गर्छु, मन पराउँछु तर उसले मलाई साँच्चिकै मन पराउँछ त, माया गर्छ रु उसले मलाई न चिठी लेख्यो, न कतैबाट खबर पठायो, न कहिलेकाहीँ छुट्टै भेटेर कुरा गर्‍यो, मैले उसको हेराइ र हाउभावमा मात्र व्यक्त मायालाई कसरी विश्वास गरौँ? मैले राकेशलाई नै भेटेर पनि केही भन्न सकिनँ। अन्ततः मेरो बिहे छिनियो। राकेश हाम्रो घरमा आउन पनि छाड्यो। एक दिन आमा र म विवाहका लागि सामान किन्न बजार गएका थियौँ, राकेशको आमासँग भेट भयो। उहाँले भन्नुभयो– छोरीको विवाह हुँदै छ, हामीलाई पनि केही काम दिनुस्। हामी पनि सघाउँछौँ। गाउँ–समाजको एउटी छोरीको विवाह हुँदा छरछिमेक सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्छ।  

आमाले भन्नुभयो, ‘हुन्छ नि, सबैको सहयोग चाहिन्छ। अँ साँच्चि, राकेशलाई आजकाल देख्दिनँ त !अचेल हाम्रोतिर पनि आएको छैन, कता छ ऊ ?’ ‘युनिर्भसिटी टप गर्छु भनेर खाली पढिरहन्छ। कोठाबाट बाहिर निस्किँदैन, खान पनि वास्ता गर्दैन। दुब्लाएर लौरीजस्तो भइसक्यो, के हो के! यो छोरालाई पढाइले हैरान गराइसक्यो।’  

उहाँको कुरा सुनेपछि राकेशप्रतिको मेरो माया झनै बढेर आयो, तुरुन्तै भेट्न जान मन लागेको थियो। मेरा आँखा रसाउन पुगे, पछाडि फर्केर आँखा पुछेँ। त्यसपछि सामान लिएर हामी घर आयौँ। घरमा विवाहको तयारीले रौनक लिइरहेको थियो, सबै आ–आफ्नो काममा व्यस्त थिए, एक प्रकारको खुसी छाइरहेको थियो। म भने त्यति खुसी थिइनँ, मेरा आँखाले राकेशलाई खोजिरहेका थिए। मलाई विश्वास थियो, ऊ पक्कै दादालाई भेट्न आउँछ। विवाहअघिका थुप्रै दिन मैले उसलाई कुरेँ, तर ऊ आएन।  

यो स्वर पहिले कतै सुनेजस्तो लाग्यो। म हतारहतार बाहिर आएँ। देखेँ, मेरो पहिलो प्रेम राकेश, जो डाक्टर भइसकेछ। उसले गीत सकेपछि सबैले ताली बजाए। उसले कैयौँपटक मेरो दादाको कोठामा बसेर गितार बजाउँदै गाएको थियो, मैले आफ्नो कोठाबाट ताली लगाएकी थिएँ।

मेरो विवाह भयो। विवाहपश्चात् घर गृहस्थीसँगै आफ्नो पहिचान र व्यक्तित्व बनाउनतिर म लागेँ। स्नेहाको बाबा (आकाश) ले मलाई धेरै नै माया गर्छन्। तर मनमा बसेको पहिलो मायाले मलाई बेलाबेला चिमोट्थ्यो, कुतकुत्याउँथ्यो। एक दिन हामीले टोलछिमेकी सबैलाई नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न सानो कार्यक्रम राखेका थियौँ। कार्यक्रममा गाउने–नाच्ने पनि व्यवस्था थियो। कसैले गाएर, कसैले नाचेर त कसैले कविता–गजल, चुट्किला सुनाएर आ–आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका थिए। प्रतिभा प्रदर्शनभन्दा पनि सबै रमाइरहेका थिए। त्यत्तिकैमा कसैले डा. राकेश भनेर माइकबाट बोलायो। म किचनमा थिएँ, राकेश नामले म अलिकति तरंगित भएँ। त्यसपछि नारायणगोपालको स्वर रहेको गीत सुनियो–

मलाई छोडी मेरो छाया कतै झरेछ,  

तिमीसम्म आइपुग्दा साँझै परेछ...।

यो स्वर पहिले कतै सुनेजस्तो लाग्यो। म हतारहतार बाहिर आएँ। देखेँ, मेरो पहिलो प्रेम राकेश, जो डाक्टर भइसकेछ। उसले गीत सकेपछि सबैले ताली बजाए। उसले कैयौँपटक मेरो दादाको कोठामा बसेर गितार बजाउँदै गाएको थियो, मैले आफ्नो कोठाबाट ताली लगाएकी थिएँ। 

डाक्टर भए पनि उसले कुनै साहित्यकारले जस्तै हाँस्दै जवाफ दियो, ‘कोही थियो, जसलाई मैले माया गर्थें तर भन्नै सकिनँ। अहिले पनि उनी मेरो मन र सम्झनामा छन्।’ उसले आफ्नो वास्तविकतालाई ठट्टामा व्यक्त गर्‍यो। र, मलाई पहिले कतै नदेखेकोजस्तो व्यवहार प्रदर्शन गर्‍यो।  

कसैले ढोका ढकढकायो। छोरीको पत्रले मलाई आफ्नो विगतमा धकेलेको थियो। यतिन्जेल मैले स्नेहाको कोठा सफा गरेर, लुगाफाटो र सामान मिलाएर सकेकी थिएँ। ढोका हान्ने स्नेहा रहिछ, मैले उसको आँखामा हेरेँ। मेरो आँखामा उसका लागि केवल स्नेह थियो। र, प्रश्न थियो– सरललाई मन पराउने रहिछौ, किन भनिनौँ ? के जात नमिल्ने भएर हो ? सायद आँखाले आँखाको भाव बुझ्छ, ऊ केही नबोली बेडमा बसी। उसको मनमा चिसो पसेको मैले बुझेकी थिएँ। तर उसले सब ठिकठाक भएजस्तो गरी बोली, ‘ममी, आज त अलिबढी चिन्तित देखिनुहुन्छ, छोरीको बिहे हुन लाग्यो भनेर हो ?’

उसले मलाई अँगाल्दै र हाँस्दै भनी, ‘हजुरहरूकै रोजाइको ज्वाइँ हो, चिन्ता नगर्नुस्।’ उसको शब्द ‘हजुरहरूकै रोजाइले उसको ‘आफ्नो रोजाइलाई हत्या गरेको मलाई आभास भयो। मेरा आँखामा आँसु आए। ‘ल, नरुनु न। आज म ममीलाई चिया बनाएर खुवाउँछु’ यति बोलेर ऊ किचनतिर लागी। म उसकै कोठामा बसिरहेँ। हाम्रो नजरमा असल थियो, सरल। उसको बानी–व्यवहार हामीलाई राम्रो लाग्थ्यो। मात्र उसको काठमाडौंमा घर थिएन र ऊ फरक जातको थियो। समाज जस्तो होस्, हामी जस्तो शिक्षित परिवारले त यसमा सम्झौता गर्न सक्थ्यो, छोरीको रोजाइलाई सम्मान गर्न सक्थ्यो। केहीबेरमा उसले चिया र तात्तातो पकौडा लिएर आई र भनी, ‘हेरिस्यो, हजुरको छोरी पनि हजुरजस्तै अब्बल छे हरेक क्षेत्रमा।’

‘हेरेँ, तिमीलाई सरलले लेखेको प्रेमपत्र हेरेँ,’ म बोलेँ, ‘अझै समय बाँकी छ छोरी। अझै केही बिग्रिएको छैन, तिम्रो बिहेको कुरा मात्र छिनिएको हो। तिमी चाहन्छ्यौ भने तिम्रो बिहे सरलसँगै हुन्छ, यसको जिम्मा म लिन्छु, म बाबासँग कुरा गर्छु। तिमीले बाबुआमा र आफन्तका लागि यति ठूलो त्याग गर्न जरुरी छैन। आफूले माया गर्ने र आफूलाई माया गर्नेसँगै बिहे गर्नुपर्छ। किन भनिनौँ, सरल मनपर्छ भनेर ?’ स्नेहाले मलाई गर्लम्म अँगालेर रोई। 

प्रकाशित: २८ चैत्र २०७७ ०८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App