१६ चैत्र २०८० शुक्रबार
विचार

आजको वैचारिक माग

नेपाल एक हल्लाको देश हो भनेर कवि भूपी शेरचनले भनेका थिए । यसको माने हल्ला हल्ला मात्र नभएर साँचो नै निस्कने भएकाले हो । २००७ सालपछिको इतिहास हेर्दा पनि यो प्रमाणित हुन्छ । जस्तो कि २००७ सालमा राणाशाही जान्छ भनेर ठूलो हल्ला चल्यो । कतिपय राणा र समाजका गण्यमान्य व्यक्तिलाई यो कुरामा विश्वास थिएन । तर कालान्तरमा गयो पनि । २०१७ सालमा महिनौँसम्म नेपालमा प्रजातन्त्र रहन्छ कि रहत्र भत्रे हल्ला चल्यो । दुईतिहाइको सरकारलाई कसले हटाउन सक्छ ? भत्रे एकथरीको तर्क थियो । तर त्यो हल्ला पनि सत्य निस्क्यो । २०३६ सालमा नेपालमा जनमत संग्रह गर्ने भयो । त्यसका लागि सबै प्रतिबन्धित दललाई खुलेआम काम गर्न दिइयो । तर यो केही दिनका लागि मात्र हो भत्रे हल्ला चल्यो । त्यो पनि सत्य निस्क्यो । २०४६ सालमा पञ्चायत व्यवस्था रहन्छ कि रहत्र भत्रे ठूलो सन्सनी थियो । ३० वर्षसम्म चलेको व्यवस्था कसरी जान सक्छ भत्रे मानिसको अनुमान थियो । त्यो पनि भएरै छाड्यो । २०६३ सालमा जब देशव्यापी आन्दोलन चल्यो राजतन्त्र नै जान्छ कि भत्रे हल्ला चल्यो । हुन त राजतन्त्र नै हटाउने आन्दोलनको लक्ष्य थिएन तर कालान्तरमा त्यो गयो । २०७६ मा आएर नेपाल भत्रे देशै रहत्र कि के हो भनेर हल्ला चल्न थालेको हो । अझसम्म पनि सो हल्ला कायमै छ ।

यतिबेला देश जोगाउने कसरी होला भनेर चिन्ता गर्नु स्वाभाविक हो । यो चिन्ताको निवारण यो देश जसले स्थापित गर्‍यो उसको विचारमा लुकेको छ ।  

सो हल्लाको पछि मानिस लाग्ने थिएनन् तर नेपालमा हल्ला सत्य निस्कने परम्परा पाइएकाले कतै यो पनि सत्य निस्कने हो कि भत्रे मानिसमा शंका भएको हो । हुन पनि एउटा छिमेकीको गुप्तचर आएर प्रधानमन्त्रीसित सुटुक्क भेटेर जान्छ, अर्को छिमेकीको रक्षा मन्त्री आएर दिनभरमा सबभन्दा धेरै समय नेपाली सेनासित बसेर जान्छ भने भित्रभित्र के भइरहेछ भन्नेबारे मानिस अन्योलमा परेका छन् । यस्तो बखत एउटा संस्कृतको शुक्ति स्मरण हुन्छ । त्यसमा भनिएको छ– ‘एकं विषरसोहन्ति शस्त्रेणैकश्च बध्यते । स राष्ट्रं सप्रणं हन्ति राजानं मन्त्र विप्लव ।।’ अर्थात विषले एउटै मानिस मर्छ । त्यसै गरी हतियारले पनि एउटै मात्र मर्छ तर शासकका षड्यन्त्र खोलिँदा राष्ट्रका सब जनता मर्छन् । कतै देशमा चलेको हल्ला र विदेशीहरूसित भइरहेको भित्री गतिविधिहरूको परिणाम निस्कँदा मानिस कताबाट कता पुग्ने त होइन ? कसले भत्र सक्छ भित्र भित्र यसतो परिणामको षडयन्त्र भइरहेको छैन ?  

यसकारण मानिसले देश जोगाउने कसरी होला भनेर चिन्ता गर्नु स्वाभाविक हो । यो चिन्ताको निवारण यो देश जसले स्थापित ग¥यो उसको विचारमा लुकेको छ । पृथ्वीनारायण शाहलाई पनि नेपाल अधिराज्य एकीकरण गरिसकेपछि यो चिन्ताले सताएको रहेछ । उनलाई आफू मर्न लागेको थाहा भएपछि यो चिन्ताले झन् पिरोलेको रहेछ । त्यसकारण उनले आफ्ना नजिकका मानिसलाई बोलाइ के गर्न हुन्छ के गर्न हुत्र भनेर अनेक उपाय बताएर छाडेका रहेछन् । तर यो कुरा करिब २०० वर्षसम्म कसैले थाहा पाएनन् । पृथ्वीनारायण शाहको दिव्य उपदेश प्रकाशमा आएपछि मात्र यो ज्ञान उद्घाटित भएको रहेछ । सो काम इतिहास शिरोमणि बाबुराम आचार्यले गरेका रहेछन् ।

एउटा छिमेकीको गुप्तचर आएर प्रधानमन्त्रीसित सुटुक्क भेटेर जान्छ, अर्को छिमेकीको रक्षा मन्त्री आएर दिनभरमा सबभन्दा धेरै समय नेपाली सेनासित बसेर जान्छ भने भित्रभित्र के भइरहेछ भन्नेबारे मानिस अन्योलमा परेका छन् ।

पृथ्वीनारायण शाहका ती भनाइहरूमा हाल चलिरहेका राजनीतिक सिद्धान्तहरू सबै लुकेर बसेका रहेछन् । त्यहाँ प्रजातन्त्र, लोकतन्त्र, समाजवाद, साम्यवाद पुँजीवाद आदि सबै समावेश भएका रहेछन् । यी कुरा उजागर हुनुअगाडि नेपालमा विदेशबाट अनेक वाद पसिसकेका थिए । २००७ सालको परिवर्तन ल्याउन धेरै नेपाली भारतमा बस्नुपरेको थियो । त्यो परिवर्तन हुनुअघि र पछि पनि नेपालीहरू विदेशी राजनीतिक सिद्धान्तबाट प्रेरित भइसकेका थिए । कारण उनीहरू भारतका विश्वविद्यालयहरूमा अध्ययनरत थिए । उनीहरूले भारतमा लागु गरिएको संसदीय प्रणाली र साम्यवादसम्बन्धी पुस्तकहरू पढेका थिए । उनीहरूबाट नै प्रेरित भएर नेपालमा पनि यस्तै व्यवस्था ल्याउनुपर्छ भनेर कराउन, लेख्न र प्रचार गर्न थाले । आफ्नै देशभित्र नै यी विचार लुकेर बसेको भत्रे पत्तै पाएनन् । कस्तूरीले आफ्नो नाभीबाट निस्केको बास्ना कहाँबाट आएको रहेछ भनेर खोज्दै यताउता लागेको जस्तै नेपाली विचारकहरू पनि यताउता लागे । अब समय आएको छ आफ्नो देशका मानिसले देश बचाउन र समाज सुधार गर्न के भनेका रहेछन् ।  

पृथ्वीनारायण शाहले आफ्नो प्रधानमन्त्री अथवा मुख्तियार कसलाई बनाउने भत्रे प्रश्न उठदा उनले गरेको निर्णयबारे उनी आफैँले भनेका छन् । उनले भनेका छन्– ‘दुनियाँ जसदेखि राजी रहन्छन् उसैलाई कजाइ दिनू । मेरा मनमा विराज बखेतीलाई कजाइ दिन आँटेको थियो तर दुनियाँमा बुझी हेर्दा कालु पाण्डेको चाहना भएको र बाइसी चौबिसीले पनि कालु पाण्डेको चाहना गरेकाले उसलाई कजाइ गरेको हो ।’ यसबाट त्यसबेलाको जनमतको कदर गरेको देखिन्छ । के जनमतको कदर गर्नु नै प्रजातन्त्र होइन ? आजको परिपे्रक्ष्यमा संविधान पारित गर्नुअगाडि त्यसबारे जनमत बुझ्ने भनेर देशव्यापी सोधपुछ गरिएको थियो । तर त्यो जनमतको पोका जस्ताको तस्तै सिंहदरबारमा राखिएको छ । के त्यो प्रजातन्त्र अथवा जनमतको कदर भयो ?

हाम्रो अहिलेको संविधान समाजवादउन्मुख भनिएको छ । तर समाचारहरूअनुसार १३ खर्बको बजेट भएको मुलुकमा करिब ३ खरबको भ्रष्टाचार हुने गरेको भनेर पनि पढ्न पाइन्छ । त्यो सबै पैसा केही मानिसको पकेटमा जान्छ तर पृथ्वीनारायण शाहको सिद्धान्तअनुसार प्रजा मोटा भया दरबार बलियो हुन्छ । राजाका भण्डार भनेका रैतान हुन् । यसै भनाइलाई आजको युगमा लागु गर्दा समाजवादका सबै सिद्धान्त मानेको हुन्छ । समाजवादले भन्छ– सबै उत्पादनका साधन राज्यको नियन्त्रणमा हुन्छ । ती साधन मजदूरको स्वामित्वमा हुन्छ तर वास्तवमा हाम्रो मुलुकमा ती समाजवादका सिद्धान्त लागु भएका छैनन् । जनतालाई धनी बनाउने नाममा केही मानिस भने धनी हुन पुगेका छन् ।

आर्थिक उत्रतिबारे पृथ्वीनारायण शाहका उपदेश हुबहु अनुशरण गरे पनि हुन्छ । उनले भनेका छन्– विदेशका कपडा लगाउन मनाइ गरिदिनू । आफ्ना देशका कपडा बुत्र जात्रेलाई नमुना देखाइ सघाउनू । विदेशमा तालिम लिन नेपालले कति मानिस पठाए त्यसबाट यो काम हुनुपर्ने थियो । तर तालिम एकातिर पैठारी नीति अर्कोतिर भयो । उनले यो पनि भनेका थिए कि स्वदेशी जिनिस जडीबुटी विदेश लैजानू र नगद खैँचनू । यो नीतिमा नबुझिने कुरा केही छैन । तर स्वदेशमा भएका ५०, ६० वटा उद्योग बन्द गर्ने नीति अपनाउनेलाई के भत्रे ?  

पृथ्वीनारायण शाहले घर हटाएर पनि खेत बनाउनू भनेकामा अहिले मानिसले खेती हटाएर घर बनाउन थालेका छन् । सरकारले त खेतमा बस्ती बसाल्ने नीति नै अपनाएको छ । यो नीतिअन्तर्गत पैठारी सत प्रतिशत छ भने निकासी खाली १० प्रतिशत मात्र हुने गरेको छ । त्यसैको क्षतिपूर्ति गर्नका लागि लाखौँ युवा देशबाहिर काम गर्न गएका छन् । यस्तो सजिलोसित बुझ्न र बुझाउन सकिने मुद्दालाई अनेक राजनीतिक सिद्धान्तले भ्रम सिर्जना गर्न हामी लागेका छौं ।

देशको सुरक्षाबारे पनि धेरै कुरा गरिएका छन् । शायद तिनीहरु आजको अवस्थामा लागु हुँदैनन् । तर त्यही विचारलाई आजको परिप्रेक्ष्यमा लागु गर्न भने सकिन्छ । उनले भनेका छन्–गढी बलियो बनाइराख्नू । रस्ता रस्तामा भाँजा हालिराख्नू । आक्रमण गरेर लडाइँ नगर्नू । कसैले आक्रमण गरे मात्र लडाइँ गर्नू । किल्ला पक्की बनाउनू । किल्लापिच्छे तोप राख्नू । भञ्ज्याङपिच्छे एक फलामे ढोका बनाउनू । त्यहाँ तोप र पाँच सिपाही राख्नू । चारै वादसाही फौज चढाइ गरी आए पनि कसैको केही चल्ने छैन । आजको सुरक्षा नीतिमा यी कदम लागु नहोला तर यसै सोचलाई आधुनिकीकरण गरेर लागु गर्न सकिन्छ । नेपालीको ध्यान यतातिर मोड्न सके मात्र राजाको पुनस्र्थापना किन गर्नुपर्छ भनेर बुझ्न सकिन्छ ।

प्रकाशित: ५ पुस २०७७ ०४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App