८ वैशाख २०८१ शनिबार
विचार

दक्षिण कोरियाको कोराना भाइरस व्यवस्थापन

टिमोथी डब्लु मार्टिन र डास्ल योन

दक्षिण कोरियाले कोरोना भाइरस नियन्त्रणका लागि सही उपाय अवलम्बन ग-यो। समाधान झन् सरल, सीधा र अनुकरणीय थियो। महामारी सुरुताका अप्रिलमा दक्षिण कोरियामा दिनहुँ करिब ७७ जनामा संक्रमण देखिएको थियो, तर त्यो अहिले रोकिएको छ। विश्वका कुनै पनि धनी देशको तुलनामा कोरिया भाइरस संक्रमणलाई रोक्न सफल भएको छ। उसको प्रयास बेलायत र अमेरिकाको भन्दा दुई गुणा बढी प्रभावकारी रहेको संयुक्त राष्ट्र संघसँग आबद्ध एक अनुसन्धान नेटवर्कले जनाएको छ। यो वर्ष दक्षिण कोरियाको अर्थतन्त्र मात्र शून्य दशमलव ८ प्रतिशतले संकुचन हुनेछ। यो दर आर्थिक सहयोग तथा विकास संस्था (ओइसिडी)को सदस्य राष्ट्रहरूका लागि प्रक्षेपण गरिएको मध्ये सबैभन्दा कम हो।  

आखिर महामारी नियन्त्रणमा दक्षिण कोरियाले कसरी सफलता हासिल ग-यो ? विज्ञ भन्छन्– उसले प्रविधि र परीक्षणलाई अत्यन्त राम्रोसँग उपयोग ग-यो, केन्द्रीय नियन्त्रण तथा सञ्चार व्यवस्था मजबुत पार्ने काम सँगसँगै असफल हुन सक्ने निरन्तर डरका कारण उसलाई सफलता हात लाग्यो।  

कोरोना संक्रमण बढ्दै जाँदा उसले घरेलु परीक्षण किटको अनुमोदनमा कुनै समय खर्च गरेन। आफ्नो तुलनात्मक समृद्धि र ‘हाइपर कनेक्टिभिटी’को प्रयोग, कुनै समुदायमा संक्रमण देखिए त्यहाँका नागरिकलाई तत्काल चेतावनी सन्देश पठाउने काम ग-यो। संकटको सुरुमा ‘फेस मास्क’ अभाव हुँदा सरकार आफैँले यसमा हस्तक्षेप गरी उत्पादन ग-यो।  

हरेक दिन दुईपटक पत्रकार सम्मेलन आयोजना गरियो। स्वास्थ्य अधिकारीले सक्रिय संक्रमणका एकतिहाइको मात्र पहिचान हुन सकेको भनेर लगातार चिन्ता व्यक्त गरे। सरकारी मञ्चमा भाइरस विज्ञ उभिए र आउन सक्ने संकटबारे आमनागरिकलाई लगातार सावधान गराए। दक्षिण कोरियाका सबैजसोले मास्क लगाए। संक्रमण पुष्टि भएका बिरामीलाई सरकारी अस्पताल अथवा नवस्थापित आइसोलेसन सेन्टरमा राखियो। उपचार सम्पूर्ण रूपमा निःशुल्क गरियो।  

विज्ञ भन्छन्– उसले प्रविधि र परीक्षणलाई अत्यन्त राम्रोसँग उपयोग ग-यो, केन्द्रीय नियन्त्रण तथा सञ्चार व्यवस्था मजबुत पार्ने कामसँगै असफल हुन सक्ने निरन्तर डरका कारण उसलाई सफलता हात लाग्यो।  

फलस्वरूप, दक्षिण कोरियाले कहिल्यै लकडाउन गर्नुपरेन। रेस्टुरेन्ट र व्यवसाय खुला रहे र अर्थतन्त्रको ढाड सेकिन पाएन। ‘भाइरस नियन्त्रणमा कोरियाजस्तो सफल देश अरु छैन,’ विश्व स्वास्थ्य संगठन अन्तर्गतको ‘ग्लोबल आउटब्रेक अलर्ट एन्ड रेस्पोन्स नेटवर्क’का अध्यक्ष डेल फिसरले भने, ‘तपाईंले भाइरस उन्मूलन गर्नुपर्दैन, बरु आफ्नो आनीबानी परिवर्तन गरेर जीवनलाई निरन्तरता दिन सक्नुहुन्छ भन्ने उदाहरण दक्षिण कोरियाले दिएको छ।’

त्यसो त कोरियाली मोडल पश्चिमा राष्ट्रमा हुबहु उपयोग नहुन सक्छ। व्यक्तिका मोबाइल डाटामा सरकारको बेरोकतोक पहँुच, जिपिएसको प्रयोग, सरकारी वेबसाइटमा संक्रमितको जानकारी राखिएको थियो। व्यक्तिको नाम सार्वजनिक नगरिए पनि उसको लिंग, उमेर र कार्यालय उल्लेख गरिएको थियो। स्थानीय धार्मिक नेता तथा नागरिक समाजका अगुवाले मानव अधिकारको उल्लंघन भएको भनी कानुनी उपचारका लागि मुद्दा समेत दायर गरेका थिए। हाल त्यहाँको सरकारले गोप्य परीक्षण गर्छ भने परिचय गराउने सूचना र कन्ट्याक्ट ट्रेसिङ अन्तर्गत निजले भ्रमण गरेका स्थानलाई पनि उल्लेख गर्नुनपर्ने बनाएको छ।

टिमोथी डब्लु मार्टिन र डास्ल योन

गत फेब्रुअरीको १८ तारिखमा दक्षिण कोरियाको डेगुमा रहेको ठूलो चर्चबाट महामारी सुरु भएको थियो र ११ दिनमा महामारी तीव्र भएको थियो।  

‘हामी विगतमा विश्व स्वास्थ्य संगठन र अमेरिकाले के भन्छ भनेर कुर्ने गथ्र्यौं तर यसपटक प्रमाणका आधारमा आफैँले निर्देशिका तयार ग¥यौँ र कार्यान्वयन ग-यौँ,’ दक्षिण कोरियाली रोग नियन्त्रण तथा रोकथाम एजेन्सीका उपनिर्देशक कोन जुन उकले भने।  

गर्मी याममा संक्रमणको खास विस्तार भएन। तर अगस्टमा फेरि संक्रमण बढ्यो त्यतिबेला पनि संक्रमण विस्तारका लागि ठूला चर्च जिम्मेवार देखिए। २७ अगस्टमा कुल चार सय ४१ जनालाई संक्रमण भएपछि त्यहाँको सरकारले त्यसको अर्काे साता आठ सयदेखि दुई हजारको संख्यामा संक्रमित थपिन सक्ने प्रक्षेपण ग-यो। आमनागरिकले सरकारको त्यो चिन्तालाई साथ दिए र आवागमनमा नियन्त्रण गरियो। विद्यालय बन्द गरिए भने राति ९ बजेअघि नै रेस्टुरेन्टमा गएकाहरू घर फर्कनुपर्ने नियम बनाइयो। सामाजिक दूरी कायम राख्ने दुई साताको प्रयासले नतिजा दियो। दक्षिण कोरियामा पुनः विद्यालय, जिमखाना र रंगशाला खुलेका छन्।

संक्रमणको पहिलो लहरलाई प्रभावकारी परीक्षण र ट्रेसिङमार्फत दक्षिण कोरियाले तीन सातामा नियन्त्रणमा लिएको थियो भने अगस्टमा आएको दोस्रो लहरलाई सामाजिक दूरी कायम गरेर काबुमा लिएको थियो। हाल दक्षिण कोरियाले दिनहँु ५० हजार परीक्षण गर्न सक्छ र परीक्षणको नजिता २४ घन्टामा आउँछ। जोखिमयुक्त मानिएका नर्सिङ होममा व्यापक परीक्षण गरिएको छ भने विभिन्न विद्यालयका विद्यार्थीलाई संक्रमण भए/नभएको पत्ता लगाउन छड्के परीक्षण गर्ने गरिएको छ। हाल दक्षिण कोरियाको दैनिक संक्रमण एक सयभन्दा कम छ र यो त्यहाँको स्वास्थ्य सेवा प्रणालीले थेग्न सक्ने स्तर रहेको सरकारी अधिकारीको दाबी छ। कुल पाँच करोड २० लाख जनसंख्या रहेको दक्षिण कोरियामा गत शुक्रबारसम्म २३ हजार चार सय ५५ संक्रमित रहेका छन् भने तीन सय ९५ जनाको मृत्यु भएको छ।  

सिकेको पाठ
दक्षिण कोरिया महामारी थेग्न पहिल्यै तयार थियो। सन् २०१५ मा फैलिएको श्वासप्रश्वास रोगको महामारी, ‘मिड्ल इस्ट रेस्पिरेटरी सिन्ड्रोम–मर्स’ले सिकाएको पाठ यसपटक काम लाग्यो। त्यतिबेला कुल ३८ जनाको ज्यान गएको थियो भने एक सय ८६ जना संक्रमित भएका थिए। मर्सपछि इबोला र अन्य रुघाखोकीजन्य महामारी नियन्त्रणका लागि दक्षिण कोरियाले व्यापक प्रशिक्षण अगाडि बढायो। सन् २०१९ डिसेम्बर १७ मा यस्ता खाले महामारी नियन्त्रण गर्न नासाको अन्तरिक्ष प्रक्षेपण केन्द्रको हाराहारीमा रहेको भव्य संरचनाको उदघाट्न भएको थियो।  

गत जनवरीको १० तारिखमा चीनले कोरोना भाइरसको डिएनए संरचना सार्वजनिक गरेपछि दक्षिण कोरिया भाइरसको परीक्षण नीति तर्जुमामा जुटिसकेको थियो। दश दिनपछि दक्षिण कोरियामा कोरोना भाइरसको पहिलो संक्रमण देखिएको थियो। जनवरीको २७ तारिखसम्म आइपुग्दा दक्षिण कोरियाका दुईवटा फर्मले आफ्नै परीक्षण किट निर्माण गर्न थालिसकेका थिए। त्यतिबेला दक्षिण कोरियाका एक स्वास्थ्य अधिकारीले भनेका थिए, ‘महामारी ठूलो स्तरमा नफैलिएको अवस्थामा पनि हामी ती परीक्षण किट खरिद गर्नेछौँ।’  

दक्षिण कोरियाका कोगेन बायोटेकले निर्माण गरेको परीक्षण किट चार दिनमा अनुमोदित भएको थियो।  

फेब्रुअरीको मध्यसम्म आइपुग्दा लगातार ६ दिनसम्म एउटा पनि भाइरस संक्रमण केस भेटिएको थिएन। महामारीको अवस्था नियन्त्रण आएपछि अर्थतन्त्रलाई चलायमान पार्न विशेष प्रयास भए।  

फेरि महामारी
सबै ठिकठाक चलेको थियो र तर ३१ नम्बर भनेर तोकिएकी एक बिरामीबाट समस्या फेरि बल्झियो। फेब्रुअरी १८ मा संक्रमित ती महिला नियमित चर्च जाने गर्थिन्, उनीबाट सयौँका संख्यामा अन्य संक्रमित बन्न पुगे। उनले एक बुफे रेस्टुरेन्ट र भीडभाडपूर्ण चर्चमा भाइरस फैलाएकी थिइन्। त्यसपछि संक्रमण संख्या दुई गुणाले बढेर एक सय नाघेको थियो। जनस्वास्थ्यविद्ले चीनको हिसाबले संक्रमण बढ्न सक्ने अनुमान गरे। यही क्रममा दक्षिण कोरियाका आठजना सरुवा रोगविज्ञले व्यापक स्तरमा जनसमुदायमा परीक्षण हुनुपर्ने बताए। पहिलो कोरोना बिरामीलाई उपचार गरेका डाक्टर किम जिन योङले सडकमै परीक्षण गर्नुपर्ने उपाय सुझाए। दुई दिनमै ‘ड्राइभ थ्रु क्लिनिक’मार्फत हजारौँले परीक्षण गराए। परीक्षण क्षमता सय गुणाले बढ्यो। यसले दक्षिण कोरियालाई महामारी नियन्त्रणमा प्रतिस्पर्धात्मक क्षमता दियो। तर, अस्पतालका बेडको अभाव खड्किसकेको थियो। मात्र ११ दिनमा संक्रमित संख्या तीन हजार एक सय ५० पुगेको थियो। अस्पतालमा भर्ना हुन हजारौँ मानिस कुरिरहेका थिए भने यो पर्खाइमा कतिपयले ज्यान समेत गुमाएका थिए। त्यसपछि दक्षिण कोरियाका सरुवा रोग विज्ञसँग एउटा प्रस्ताव थियो। संक्रमितलाई चार वर्गमा बाँड्ने र सघन लक्षण भएकालाई मात्र अस्पतालमा भर्ना गर्ने। सामान्य अथवा लक्षण नभएकालाई आइसोलेसन सेन्टरमा राखेर उपचार गर्न थालियो। त्यो सुझाव सबै संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्ने यसअघिको सरकारी निर्देशिका विपरीत थियो। तर, गैरमेडिकल संरचनामा आइसोलेन सेन्टर बनेका थिएनन्। त्यसपछि सुरु भयो, निजी क्षेत्रको सहकार्य। सामसुङ, एलजी, हुन्डे लगायत अन्य दक्षिण कोरियाली कम्पनीले आफ्ना ठुल्ठूला हल कोभिड–१९ को उपचारका लागि उपलब्ध गराए। त्यसपछि दक्षिण कोरियाका झन्डै ८० प्रतिशत कोराना बिरामी यस्ता सामुदायिक उपचार केन्द्रमा भर्ना भएका थिए। लक्षण नभएका तथा सामान्य लक्षण देखिएका सबैलाई अझै पनि यस्ता केन्द्रमा पठाइन्छ।  

मार्चभरि संक्रमण दर ओरालो लागेको थियो। केही थप संक्रमणसहित अप्रिल महिना सकिएको थियो। मेको सुरुमा धार्मिक सभा तथा प्रदर्शनी आयोजना गर्ने छुट दिइएको थियो। यसरी गर्मी याममा दैनिक रूपमा सयभन्दा बढीको संख्यामा मात्र संक्रमित थपिएका थिए। अगस्टमा आइपुग्दा सब चौपट भएको थियो। फेब्रुअरीको संक्रमण निश्चित स्थानमा थियो भने अगस्टमा दक्षिण कोरियाका सबै सहर र प्रान्तमा यो फैलिएको थियो। त्यसपछि मात्र दक्षिण कोरियाले दैनिक परीक्षण स्तरलाई बढाएर ५० हजार पु-याएको थियो र परीक्षणको नतिजा २४ घन्टैमा उपलब्ध गराइयो। गत मंगलबार दक्षिण कोरियामा मात्र ६१ नयाँ संक्रमित भेटिएका थिए, जुन गत एक महिनाकै सबैभन्दा कम संक्रमण हो।
वाल स्ट्रिट जर्नलबाट

प्रकाशित: १५ आश्विन २०७७ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App