coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

मार्टिनको मोडिएको सपना

क्रिस हक  
७५ वर्षअघि वासिंटनको लिंकन स्मारकअघिको सिँडीमा उभिएर रोजगारी र स्वतन्त्रताको माग गर्दै आयोजित प्रदर्शनमा सहभागी दुई लाख ५० हजार मानिससामु मार्टिन लुथर किङ जुनियरले आफ्नो सर्वकालीक भाषण दिएका थिए–‘मेरो एउटा सपना छ।’  

मार्टिनको त्यो भाषणको पाठ आज पढ्दा पनि मेरा आ“खा रसाउ“छन्। पहिलो त त्यो भाषणमा निहीत दृष्टिकोणको सौन्दर्यले म वशीभूत हुन्छु। दोस्रो, मार्टिनको सपना नराम्ररी बिथोलिएकामा म निकै पीडा अनुभव गर्छु।  

मार्टिनको त्यो भाषणले सर्वत्र प्रशंसा बटुल्यो। सन् १९६४ मा नागरिक अधिकार कानुन ल्याउन त्यो भाषणले अतुलनीय योगदान पु-यायो। त्यो भाषणप्रति प्रतिक्रिया जनाउ“दै अमेरिकी आन्तरिक गुप्तचर विभाग (एफबिआई) का तत्कालीन प्रमुख विलियम सुलिभनले एउटा मेमो लेखेका थिए। त्यो मेमोको शीर्षक थियो, ‘कम्युनिस्ट पार्टी, संरा अमेरिका र नेग्रोको प्रश्न।’  

सुलिभनले लेखेका थिए, ‘व्यक्तिगत रूपमा म मार्टिनको शक्तिशाली र उत्तेजनात्मक भाषणको शक्तिमा विश्वास गर्छु। व्यापक मानिसलाई प्रभावित बनाउने विषयमा अरु कोही पनि नेग्रो नेताहरूभन्दा उनी अब्बल छन्।’  

‘साम्यवाद, नेग्रो र राष्ट्रिय सुरक्षाको कोणबाट यो देशका लागि सबभन्दा खतरा यही (मार्टिन) नेग्रो हो। यसअघि उसको बारेमा विचार नगरेको भए पनि अब हामीले उसप्रति निगरानी बढाउनैपर्छ,’ उनले निष्कर्षमा लेखेका थिए।  

सन् १९७६ को अमेरिकी सिनेट चर्चा कमिटीको प्रतिवेदनअनुसार एफबिआईले डा. मार्टिनको बदनाम गर्ने गोप्य योजना नै बुनेको थियो। उनलाई नागरिक अधिकार आन्दोलनको नेताका रूपमा ‘निष्पक्ष’ बनाउने प्रयास गरिएको थियो।  

एफबिआईको यही योजनाअन्तर्गत मार्टिन बस्ने होटलमा कुराकानी सुन्न सकिने बग राखिएको हुन्थ्यो। उनीमाथि कडा निगरानी गरिएको हुन्थ्यो।  

क्रिस हक

सन् १९६४ मा एफबिआईले मार्टिनकी श्रीमतीलाई उनका पतिको यौन दुराचारसम्बन्धी एउटा अडियो टेप पठाएको थियो। टेपस“गै मार्टिनलाई या त आत्महत्या गर्न नभए पदबाट राजीनामा दिन एउटा पत्र पनि पठाइएको थियो।  

मार्टिनले आफ्नो जीवनमा अन्तिम दिनहरूमा भियतनाममा अमेरिकी युद्धको विरोध गर्नुका साथै आर्थिक असमानताविरुद्ध आवाज उठाए। सन् १९६७ मा उनले भने, ‘हामी आज गोरा र कालालाई एउटै खाजाघर होस् भनेर मात्र लडिरहेका छैनौँ। आज हामी खाजाघर पस्दा हामीले इच्छाएको परिकार खान सक्ने गरी बगलीमा केही पैसा होस् भनेर पनि संघर्ष छेडिरहेका छौं।’

मुस्किलले माइक राख्ने पोडियम जति अग्ली १२ वर्षकी मार्टिनकी नातिनी योलान्डा रिनी किङले मञ्चबाट भनिन्, ‘हत्या हुनु झन्डै एक वर्षअघि मेरा हजुरबुवाले यस्तो आन्दोलनको भविष्यवाणी गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो– हामी नयाँ चरणको आन्दोलनतिर अघि बढिरहेका छौँ।’

जीवनका अन्तिम वर्षमा उनी एक सामाजिक प्रजातन्त्रवादी भएको सबैले चिने। सबैलाई अनिवार्य रूपमा आधारभूत आयजस्ता नीतिको पक्षमा उनले वकालत गरे। हत्या हुनु केही साता अघिसम्म पनि मार्टिन वासिंटनमा गरिब जनताको प्रदर्शनमा सामेल भएका थिए।  

सन् १९६८ मा उनको हत्या भयो। उनको परिवार र अरु मानिसले पनि उनलाई अमेरिकी सरकारको योजनाअनुसार हत्या गरेको हुन सक्ने आसय गरे।  

मार्टिन लुथर किङ जुनियरलाई आजभोलि अमेरिकाको राष्ट्रिय नायक मानिन्छ। उनकै नाममा राष्ट्रिय बिदा पनि दिइन्छ। तथापि, हत्याको समयमा मार्टिनप्रति घृणा गर्नेहरूको कुनै कमी थिएन।  

त्यतिबेला उनलाई अतिवादी वामपन्थी, उपद्राहा र टाउको दुखाइका रूपमा लिइन्थ्यो। आजभोलि पनि अमेरिकी राष्ट्रपति ट्रम्प र अरु रिपब्लिकनहरू ‘ब्ल्याक लाइभ्स म्याटर्स’का आन्दोलनलाई यस्तै यस्तै शब्दले खेदो खन्छन्।  

गएको शुक्रबार उही लिंकन स्मारकअघि दसौैं हजार अमेरिकीले प्रदर्शन गरे। मार्टिनले आफ्नो सर्वाधिक लोकप्रिय भाषण दिएको दिनको सम्झनामा ती मानिस त्यहा“ भेला भएका थिए। शुक्रबारको प्रदर्शनको नाम थियो– मेरो घा“टीबाट तिम्रो घु“डा निकाल।  

मुस्किलले माइक राख्ने पोडियम जति अग्ली १२ वर्षकी मार्टिनकी नातिनी योलान्डा रिनी किङले मञ्चबाट भनिन्, ‘हत्या हुनु झन्डै एक वर्षअघि मेरा हजुरबुवाले यस्तो आन्दोलनको भविष्यवाणी गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो– हामी नयाँ चरणको आन्दोलनतिर अघि बढिरहेका छौँ। नागरिक अधिकारको पहिलो चरण र वास्तविक समानताको नयाँ चरणको आन्दोलन। त्यही वास्तविक समानताका लागि आज हामी यहाँ सहभागी छौँ।’  

योलान्डाका पिता मार्टिन लुथर किङ तृतीयले आफ्नी छोरीपछि बोलेका थिए। आफ्ना पिताको निकै लोकप्रिय भाषणको स्मरण गर्दैै उनले भने, ‘हामीले भयानक अमेरिकी सपना बिर्सन हुन्न। हाम्रो लोकतन्त्रको घाँटीमाथि कसैको घुँडाले थिचिरहेको छ। हाम्रो देशले स्वतन्त्रताको अक्सिजन नपाउँदासम्म जीवन पाउन सक्नेछैन।’  

मञ्चमा अमेरिकी प्रहरीले हत्या गरेका धेरै काला समुदायका मानिसका आफन्त उभिएका थिए। धेरै वक्ता भएकाले त्यो दिन कतिले बोल्न पनि पाएनन्।  

सन् १९६३ मार्चको प्रदर्शनको तुलनामा शुक्रबारको प्रदर्शनको आकार सानो थियो। तथापि, न्युयोर्क टाइम्सका अनुसार यो गर्मीयाममा ‘ब्ल्याक लाइभ्स म्याटर्स’ आन्दोलनअन्तर्गत देशभर भएका प्रदर्शनमध्ये त्यो हालसम्मकै सबभन्दा ठूलो प्रदर्शन थियो।

लगातार भइरहेका अन्त्यहीन प्रहरी हिंसाका घटनाले यस्ता प्रदर्शनमा सहभागी बन्न मानिसमा ऊर्जा भरिरह्यो। हालै मात्र केनोसा, विसकनसिनमा ज्याकोब ब्लेक नामका एक काला समुदायका व्यक्तिको ढाडमा एक प्रहरीले चारपटक गोली ठोक्यो। उनी आफ्नो कारमा पस्ने क्रममा प्रहरीबाट त्यस्तो हमला भएको थियो। उनीमाथि गोली प्रहार हु“दा ब्लेकका तीन सन्तान कारको पछाडि सिटमा थिए।  

यो अ“ध्यारो गर्मीयाममा आन्दोलनले नयाँ बान्की लिइरहेको छ। ‘ब्ल्याक लाइभ्स म्याटर्स’का आन्दोलनकारी र ट्रम्पका समर्थकले एकअर्कोलाई मार्न थालेका छन्।  

गएको मंगलबार ब्लेकमाथि गोली प्रहारको विरोधमा भएका प्रदर्शनका क्रममा सरकार पक्षधर १७ वर्षका क्ले रिटनहाउसले ‘ब्ल्याक लाइभ्स म्याटर्स’का आन्दोलनकारीमाथि गोली प्रहार गर्दा दुईजनाको निधन भएको छ। यसले अवस्थालाई थप खतरनाक बनाएको छ।  

शनिबार राति ओरेगन राज्यको पोर्टल्यान्डमा ‘ब्ल्याक लाइभ्स म्याटर्स’ प्रदर्शनकारी र ट्रम्प पक्षधरबीच भएको हात हालाहालका क्रममा अनुदार दक्षिणपन्थी समूहका एक पुरुषको गोली हानी हत्या भयो।  

ट्रम्प र उनका समर्थक ‘ब्ल्याक लाइभ्स म्याटर्स’का प्रदर्शनकारीलाई उपद्राहा, हुल्लडबाज र आगजनी गर्नेहरू भनी चित्रण गर्ने गरेका छन्। त्यसकारण उनीहरू अमेरिकाका लागि खतरा भएको भनी उनीहरू प्रचार गर्छन्।  

हत्या हुनुभन्दा एक वर्षअघि काला समुदायले गर्ने उपद्रवबारे मार्टिनले भनेका थिए, ‘मेरो विचारमा यस्ता उपद्रव बिनाकारण हुने गरेको होइन भन्ने कुरा अमेरिकाले बुझ्नुपर्छ। हाम्रो समाजमा त्यस्ता केही अवस्था अझै बाँकी छन्, जसको उपद्रवको भन्दा बढी भत्र्सना आवश्यक छ। तर, अन्तिम निष्कर्षमा उपद्रव भनेको नसुनिएकाहरूको भाषा हो।’  

मार्टिनको सन् १९६३ को भाषण मुख्यतः त्यसले दिने ऊर्जाका लागि स्मरण गरिन्छ। त्यसमा भविष्यवाणी नभएको भने होइन। उनले भनेका थिए, ‘समयको खाँचोलाई बेवास्ता गर्नु देशका लागि घातक हुन सक्छ। ...जबसम्म न्यायको उज्यालो दिन आउनेछैन, तबसम्म विद्रोहको आँधीबेहरीले हाम्रो देशको जगलाई हल्लाइरहनेछ।’  

अमेरिकाले आज मार्टिनको न्यायको सपना कसरी मोडिँदै छ भन्ने कुरा हेरिरहेको छ।  
(लेखक एपी, युपिआई र सिबिएसजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमस“ग सम्बद्ध अमेरिकी पत्रकार हुन्।)  
स्रोतः सिजिटिएन

प्रकाशित: २७ भाद्र २०७७ ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App