८ आश्विन २०७७ बिहीबार
विचार

कोरोनासिर्जित दुर्लभ अवसर

कोरोना भाइरस(कोभिड–१९) को महामारीबाट अझै उम्कन सकेका छैनौँ। लामो बन्दाबन्दीपछि मुलुक फेरि सामान्य स्थितिमा फर्कने प्रयासमा छ। तथापि जनजीवन सहज हुन सकेको छैन्। भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा उल्लेख्य सफलता प्राप्त भएपनि बन्दाबन्दी खुलेयताको सङ्क्रमणको अवस्थालाई ध्यान दिँदा यसले भयाबहरूप त लिने हैन भन्ने शंका जीवितै छ। भनिन्छ, कुनै पनि संकटले समस्यामात्र सिर्जना गर्दैन बरुअवसर पनि प्रदान गर्छ तर यसलाई उपयोग गर्न भने सक्नुपर्छ। कोरोना भाइरसबाट अर्थतन्त्र, स्वास्थ्य, शिक्षा तथा अन्य क्षेत्रमा देखिएका सम्भावना र अवसर यसप्रकार छन्:  

यसले आत्मनिर्भर अर्थव्यवस्था निर्माणमा मद्दत गर्ने देखिएको छ। विगत यही समयमा धान रोपाइँ आधाआधीमात्र भएको थियो। तर यो वर्ष लगभग सकिएको छ। यसो हुनुका दुई कारण छन्– पहिलो हो, समयमै भएको मनसुन। दोस्रो गाउँमा श्रमिक उपलब्धता। सहरदेखि प्रवाससम्मका श्रमिककोठूलो संख्या गाउँ फर्किएका कारण विगतमा जस्तो श्रमको अभाव भएन। धान एक्लैले हाम्रो कुल गार्हस्थ्य उत्पादनमा ठूलोहिस्सा ओगट्ने हुँदा यसले यस वर्षको आर्थिक वृद्धिलाई सकारात्मकरूपमा मद्दत पु-याउँछ भने अन्य खाद्यान्न उत्पादनपनि बढ्ने अवस्थाछ। यसले कृृषिजन्य वस्तुको आयात घटाउँछ। आयात कमीसँगै फराकिलो व्यापार घाटामा कमी आउँछ। विदेशी मुद्रा सञ्चिति बढ्छ। औद्योगिक क्षेत्रका लागि कच्चा पदार्थको उपलब्धता सहजता हुनेछ।  

भारतमा कार्यरत करिब १० लाख तथा अन्य मुलुकबाट फर्किएका युवा मूलतः गाउँमा क्रियाशील छन् यतिबेला। यिनीहरू व्यावसायिक कृषि तथा पशुपालन, साना तथा घरेलु उद्यम र भौतिक पूर्वाधार निर्माण वा अन्य सेवाक्षेत्रमा जोडिएर कार्र्यरत छन्। मुलुकभित्रै रोजगारी पाएका छन्। जसले उनीहरूको जीविकोपार्जनमा मद्दत गरेको छ। आयआर्जन बढाएको छ। परिणामस्वरूप गरिबी निवारणमा मद्दत पुगेको छ।

वैदेशिक रोजगारबाट फर्किएका युवा जनशक्तिमा भएको सिप, अनुभव र प्रविधि प्रयोगले उद्योगधन्दा, सेवा, प्रविधि र विकासका भौतिक पूर्वाधार निर्माणमाश्रमको उपलब्धतामा सहयोग पुगेको छ। भाइरसको प्रकोपअगाडि विदेशी श्रमिकले हाम्रो मुलुकबाट लाने गरेका ठूलोमात्राको विप्रेषणरोकिएको छ। जसले राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ।  

कुनै पनि संकटले समस्यामात्र सिर्जना गर्दैन बरु अवसर पनि प्रदान गर्छ तर यसलाई उपयोग गर्न भने सक्नुपर्छ।

यो महामारीले रोजगारी सिर्जना गरेको छ। हिजो सबै उपभोक्ता पसल÷पसलमा पुग्थे। बजार पुग्थे। तर बन्दाबन्दीको समयमा र अहिले पनिउपभोक्ता पसल÷पसल वा बजारमा हैन, पसल र बजार उपभोक्ताका घर–घर पुगेका छन्। कोही तरकारी, कोही फलफूल, कोही पानीका जार बेच्दै त कोही खाद्यान्न ढुवानी गर्दै।फरक यति छ कि हिजो यो काम आमरूपमा भारतीयले गरेका थिए भने आज नेपालीले। यसरी रोजगारी सिर्जना भएको छ। यसलेनिरन्तरता पाउनेमा भने शंका छ।

हाम्रो अर्थतन्त्रको ठूलो समस्यामध्ये एउटा थियो–श्रमिक पलायन। कोरोना भाइरसपछि अब यो अवस्था अन्त्य हुने देखिन्छ। जो विदेशबाट स्वदेश आए अब ती नफर्किने प्रतिज्ञासहित आएका छन्। विदेशमा रहेका घर फर्किने प्रतीक्षामा छन्। बाँकी पनि आफ्नो कार्य सकेर स्वदेश फर्काइको प्रतीक्षामा रहेका बुझिन्छ। यसबाट स्पष्ट हुन्छ अब उनीहरूमा परिवारसँगै स्वदेशमै रही कुनै पेसा/व्यवसाय गर्ने अठोट देखिन्छ। यसले आर्थिक विकासमा टेवा पु-याउनेछ। सम्पूर्ण नेपाली श्रम उत्पादनमा लागेपछि आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्य अगाडि बढ्नेछ। यसरी सबै नेपाली एउटैलयमा आर्थिक विकासमा लाग्दा समृद्धिको हाम्रो यात्राले गति पाउनेछ। यसबाट संविधानले परिकल्पना गरेको समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न हामी सक्षम हुनेछौँ। जुन कोभिड–१९ ले सिर्जना गरेको अवसर नै हो।  

बन्दाबन्दीका कारण आ.व. २०७५÷७६ मा व्यापार घाटा १३.२१ खर्ब थियो भने गतसाल यो घटेर १०.९९ खर्बमा झरेको छ। करिब २.२२ खर्बले व्यापार घाटा कम भएको छ। यसरी आयातमा उल्लेख्य मात्रामा कमी आउनुको कारणपेट्रोलियम पदार्थ करिब ५५ अर्ब बराबर बचत रहनु हो। यो पनि अर्कोसकारात्मक पक्ष हो। 
०००

यतिबेला हामी सबै प्रायः सानातिना छलफल, बैठक, गोष्ठी, तालिम, कार्यशालाहरू प्रविधिको प्रयोग गरी इन्टरनेटमार्फत नै गरिरहेका छौँ। यसले हाम्रो जीवन सहज भएको छ। यस्ता कार्यमा हुने खर्चबर्च पनि ज्याँदै नगन्यमात्रामा हुँदा संस्थाको बचतमा योगदान पुग्न गएको छ। साथै समय प्रचुरमात्रामा बचत भएको छ। आफ्नो टेबुलको कम्प्युटरमा बसेरै यी काम गर्न सकिन्छ। यी कार्य हुने स्थलसम्म जान÷आउन लाग्ने समय बचत भएको छ।  

पृथ्वी र मानवसृष्टिको रक्षा गर्न ढिलो÷चाँडो हामीले हाम्रो जीवनशैलीमा परिवर्तन र दिगो विकासको अवधारणामाजोड दिनैपर्ने कुरा स्थापित भएकोछ।

प्रविधिमार्फत नै स्कुल तथा कलेजका कक्षा सञ्चालन हुन थालेका छन्। अमेरिकाको प्रसिद्ध हार्वर्ड विश्वविद्यालयले समेत सबै कक्षा भर्चुअल गर्ने घोषणा गरेको छ। विश्वका धेरै देशमा यो अभ्यास जारीछ। विद्यार्थीस्वयं उपस्थित नभई कक्षा सञ्चालन र परीक्षासमेत हुने सुनिश्चितताले अब विद्यार्थी विश्वको जुनसुकै कुनामा रहेर जुनसुकै कलेजमा भर्ना भई अध्यापन गर्न सक्ने अवस्था सिर्जना भएको छ। यसले शैक्षिक क्षेत्रमा ठूलो क्रान्ति ल्याएको छ। प्रविधिकै प्रयोगमार्फत भर्चुअल परीक्षा सम्भव भएको छ। शायद हामीसँग पनि पर्याप्त पूर्वाधार हुँदोहोत एसइइसमेतका परीक्षा लिन सकिन्थ्यो। तर अब बिस्तारै हामी पनि त्यता जान जरुरी छ।

जनस्वास्थ्यका दृष्टिकोणबाट पनि अवसर छ। कोरोना भाइरसको प्रकोपपछि मानव जातिआफ्नो स्वास्थ्य जीवनशैली परिवर्तन गर्न बाध्य भएको छ। यो भाइरससँग र पछिपनि अन्य रोगसँग लड्न जीवनमा रोग प्रतिरोधी क्षमता अतिआवश्यक छ भन्नेआमजनमानसमा स्थापित भएको छ। यस्तो क्षमता कमजोर हुनुमा कथित आधुनिक जीवनशैली जिम्मेवार रहेछ भन्ने कुरा विकसित देशहरूमा यो भाइरसको प्रकोपको भयाबह अवस्थाले जनाउँछ। त्यसैले हामीले पनि कथित आधुनिक स्वास्थ्य जीवनशैली त्याग्न र मौलिक परम्परागत जीवनशैली अपनाउँदा राम्रो हुनेछ। जीवनका लागि कुनै पोषण तत्व कमी भयो भने आधुनिक स्वास्थ्य जीवनशैलीलेपोषण चक्की÷क्याप्सुल खान जोड दिन्छ भने परम्परागत स्वास्थ्य प्रणालीले पोषणयुक्त खाना खानुपर्छ भन्ने ज्ञान सिकाउँछ। भिटामिन, कार्बोहाइडे«ड, खनिज र सूक्ष्म पोषणतत्व भएका खाना खाने बानी बसाउन जरुरी छ। लामोसमयदेखि हाम्रा पुर्खाले रक्षा, प्रयोग र विकास गर्दै आएका जडीबुटी र वनस्पतिबाट नै प्रायः आज हामीले खाने औषधिबनेका हुन् भन्ने भुलेर जडीबुटी खान छाड्यौँर आधुनिक हुने नाममा चक्की किनेर खाँदा भयौँ। नेपाली भान्सामा प्रयोग हुने प्रायः सबै वस्तु औषधिजन्य पदार्थ हुन् भन्ने धेरैलाई ज्ञान भएन। भएकाले पनि प्रयोग छाड्यौँ।  

प्रधानमन्त्रीले रोग प्रतिरोधी क्षमता बढाउन बेसारसमेतका अन्य जडीबुटीको प्रयोग गर्न सल्लाह दिँदा मानौँउहाँलेविष खान भनेजसरी दुष्प्रचार गरियो। वास्तवमा उहाँले सही कुरा गर्नुभएको थियो। बेसारउपर भएका असंख्य अनुसन्धानले यसभित्र रहेको करकुमिन भन्ने तत्वले क्यान्सरका कोषिका बढ्नबाट रोक्ने क्षमता रहेको तथ्य उजागर भएसँगै यसका अन्यधेरै गुण रहेका बताइएकोछ। यिनै कारण पश्चिमाहरूले बेसारबाट टर्मेरिक करकुमिनको क्याप्सुल बनाएर ठूलोमात्रामा पैसा कमाएका छन्। हामीले दैनन्दिन भान्सामा प्रयोग गरिने अदुवा, लसुन, प्याज, ज्वानो, जीरा, टिम्मुर, मरिच, दालचिनी आदिको नियमित सेवनले स्वस्थ जीवन निर्माणमा महत्वपूर्ण योगदान दिन सक्ने देखिन्छ। त्यसैगरी अमला, हर्रो, बर्रो, गुर्जे, सजीवन, जेठीमधु, घीउकुमारी, तुलसी, निमसमेतका जडीबुटीऔषधिजन्य वनस्पति हुन्। यिनको प्रयोगलेमानव स्वास्थ्यमा सकारात्मक प्रभावपार्छ।  

मानवसृष्टिको लामो कालखण्डसम्म ऋषिमुनिहरूले यी जडीबुटी अनुसन्धान गरी आयुर्वेद विज्ञानमार्फत जीवन उपयोगीऔषधि अविष्कार गरे। यसमध्येका एक थिए आचार्य चरक ऋषि। उनलाई औषधिका जनक पनि भनिन्छ। उनले हजारौँ वर्षपहिला नै चिनी, हृदय, क्षय र छाला रोगको उपचार विधि पत्ता लगाएका थिए। उनले मानिसको स्वास्थ्यमा बाथ, पित्त र कफको समस्या पहिचान र रोकथाम उपचारमा आयुर्वेदिक औषधि प्रयोगमा ल्याए। त्यसैगरी पतञ्जली ऋषिले योगको क्षेत्रमा योगदान गरे। उनले नियमित योगको माध्यमबाट स्वस्थ जीवनयापन गर्न मद्दत गर्न सकिनेस्थापित गरे। बन्दाबन्दीको समयमा चिकित्सकहरूको सल्लाह पनि योग गर्न र माथि चर्चा गरिएका जडीबुटीको प्रयोग गर्न सिफारिस गरेका थिए। यसबीच हामीले हाम्रा घरेलु उपचार विधिको प्रयोगमा जोड दियौँ। कोभिड–१९ महामारीबीचहामी हाम्रा पुरानो जीवनशैलीतर्फ फर्किने प्रयत्नमा लागेका छौँ। स्वस्थजीवनयापन गर्न नियमित हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, एकअर्कामा दूरी कायम गरी कार्य गर्ने आदि मेलो अपनाउन पुगेका छौँ। स्वस्थ जीवनयापनमा पहिला प्रयोग भई स्थापित भएका तर हाम्रा विस्मृतिमा रहेका यी चिजको प्रयोग यो महामारीमा भएको छ।

पृथ्वीलाई बन्दाबन्दीका कारण केही समय भएपनि आराम मिलेको छ। जलवायु परिवर्तनमा सकारात्मक योगदान, प्राकृतिक स्रोतको दोहनमा कमी र मानव जीवनशैलीमा भएको परिवर्तनले यसमा सकारात्मक योगदान गरेको छ। यो पनिउपलब्धिहो। अन्त्यमा, पृथ्वी र मानवसृष्टिको रक्षा गर्न ढिलो÷चाँडो हामीले हाम्रो जीवनशैलीमा परिवर्तन र दिगो विकासको अवधारणामाजोड दिनैपर्ने कुरा स्थापित भएकोछ।

प्रकाशित: २० श्रावण २०७७ १०:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App