३० श्रावण २०७७ शुक्रबार
विचार

संघर्षदेखि नहारेका बलदेव

सन्दर्भ : दलित नेता बलदेव रामको स्मृति दिवस

इतिहास भनेको केही महत्वपूर्ण व्यक्तिहरूको जीवनीहो । त्यस्तै इतिहास बोकेका व्यक्ति हुन्, बलदेव राम । बलदेव राम अहिले हामीसामु छैनन् । तर उनका विचार, सङ्घर्ष र योगदान भने जीवितै छन् । जसले सामाजिक आन्दोलनप्रति ऊर्जा थपेको छ ।  

होचो कद । दुब्लो शरीर । पूर्वी तराईको दलितआन्दोलनका एक हस्ती । चर्चित सिनो बहिष्कार आन्दोलनबाट स्थापित तराईको दलित आन्दोलनका सङ्गठक, राम । तर, त्यतिमात्र उनको परिचय र योगदान होइन ।  

२०६२/२०६३ को जनआन्दोलनमा ऐतिहासिक भूमिका खेले। चार सय दलितलाई लोकतन्त्र र भूमिको मागगर्दै सप्तरीमा भएको अनशनको नेतृत्व पनि गरे । अनशनपछि बीस हजार दलितहरूको सहभागितामा राजविराजमा लोकतन्त्रको पक्षमा जुलुस निकाले । यस्ता धेरै आन्दोलनको नेतृत्व बलदेवले नै गरेका थिए ।  

पहिलोपटक बलदेव रामलाई भेट्दा, पहिरन र शरीर हेर्दा जो, कोहीलाई पनिलाग्न सक्थ्यो, उनी वर्षौँदेखि भोकै छन् । पहिलो पटक हेर्दा मलाई पनित्यस्तै लागेको थियो । वास्तवमाउनीभोकाथिएनन् । तर भोकाहरूका लागि निरन्तर सामाजिक आन्दोलनको नेतृत्व गरिरहेका एक योद्धा भने थिए ।

जब म भूमि अधिकार आन्दोलनमा बलदेवसँगै भएँ । मैले उनलाई सामाजिक आन्दोलन र चेतनाको झिल्कोका रूपमा पाएँ । भोका पेटहरूका लागि सङ्घर्ष जारी राख्ने इमान्दार व्यक्ति हुन् बलदेव । समुदाय र परिवारका लागि उनी फरक थिए । उनको सोचाइ र बुझाइ फरक थियो । दलित, मोही र हरुवा/चरुवाहरूको भोक र छुवाछूतको कुरा गर्दा बलदेव तात्थे । उनलाई पीडा हुन्थ्यो ।  

किसान सङ्गठनले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा एक रातसँगै बस्यौँ । उनले दुई घण्टा सप्तरीका किसानसँग कुरा गरे । मैथिलीमा कुरा गरेकाले मैले आधामात्र बुझेँ । उनले गरेका कुरा सङ्गठन र सामुदायिक मेलमिलापकाथिए । यत्रो ठूलो आन्दोलन गर्दा पनि दलित, गरिबहरू एक हुन नसकेकामा उनको दुःखेसो थियो ।  

सँगै सुत्यौँ । उनले भागवत गीताको कुरा सुनाए । आफूले गीता पढेकै छैन । केही भाग सुनेँ । म सुत्नखोजेँ । उनले डायरी निकाले र लेख्न थाले । यसो डायरी नियालेँ । भोलिपल्टको कार्यक्रममाबोल्ने शब्दकोरेकाथिए । तीशब्दहरू सोच बदल्न ऊर्जा दिने खालका थिए । सामाजिक आन्दोलनमा कर्मठ धेरै व्यक्ति छन् मेरो सूचीमा। त्यसमध्ये तर्कसहितको स्पष्ट विचार राख्न सक्ने व्यक्ति बलदेव, मेरो सूचीमाथपिए ।  

विस्तारै तर प्रष्ट लेख्थे। एक काँधे झोलामाकिताव, डायरी र कलमकहिल्यै छुटाउँदैनथे । जुनदिनदेखि मैले उनलाई चिनेँ, बुझेँ र सङ्गत गरे ।भूमिअधिकारबाट वञ्चितकिसानहरूलाई गोलबद्धगर्दा पनि वैचारिक बहस, छलफल र तयारीका पक्ष बलियो बनाउन अगुवालाई प्रशिक्षित गर्थे ।  

सेतो कछाड, निलो कुर्ता । प्लास्टिकको कालो जुत्ताउनको साधारण पहिरनको पहिचानहो । लगाउने कुरामा धेरै खर्च गर्न हुन्नभन्थे । धेरै कुराको भरपुर उपयोग गरेर मात्र आवश्यकता हेरेर फेर्नुपर्छ । सम्भव भएसम्म आफ्नो होस् या अरूको खर्चमा मितव्ययी हुनुपर्छ भन्थे ।  

उच्चस्तरीय भूमिआयोगको सदस्यहुँदा मैले एक जोर कपडा परिवर्तन गर्न अनुरोध गरेँ । यसमाउनको जवाफथियो– कपडा परिवर्तन गरेर म र भूमिहीन परिवारको जीवन परिवर्तन हुँदैन । म आयोगमा भूमिहीन किसानको परिवर्तनको लागि गएको । त्यसैले मेरो व्यक्तिगत कुरा भन्दापनि भूमिको समस्या समाधानको लागिमलाई सघाउनू ।

आफूमाथिथिचोमिचो हुँदापनिअन्याय र अत्याचारका विरुद्धलागिपर्ने निडर सामाजिकअगुवाहुन् बलदेव । उनी प्रष्ट वक्ताहुन् । सामन्तवाद र कुरीतिकाबारेमा पृथक ढङ्गले प्रतिवाद गर्थे । औपचारिक शिक्षा सामान्यभएपनि, सङ्घर्ष र सामाजिकअन्तरविरोधले बलदेवलाई परिपक्वबनाएको थियो ।

कौवा ! तराई, पहाड र हिमालजहाँको भएपनिकालै हुन्छ । हिमाल, पहाड र तराई जहाँको भएपनिहामी सबै नेपालीहौँ भन्ने सन्देश हरठाउँमा बोल्थे । उनको छुरा जस्तो प्रश्न र गरिबको पक्षमाथर्थराउँदै बोलेकावाक्यले म आफैँजिरिङ्गहुन्थेँ ।

बलदेवले जहिले पनि सामन्तव्यक्तिभन्दा सामन्ती संस्कारको विरोध गरे । उनीभन्ने गर्थे–हाम्रो संस्कार परिवर्तन नभई हामीले चाहेको परिवर्तन हुँदैन । त्यसैले प्रत्येक परिवारले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ । परिवारभित्रको संस्कार परिवर्तन गर्न सकेमात्रहामी परिवर्तन हुन्छौँ । हाम्रो सोच परिवर्तन हुन्छ ।  

मैले बुझेको बलदेव समुदायमा जागरण ल्याउने जाँगरिला अगुवाहुन् । परिवर्तनको सम्वाहकर दलितको जीवन र सङ्घर्षको दियो हुन् । जीवनलाई नियालेका र चिनेका जीवन्त व्यक्ति बलदेव राम नरहे पनिउनको पीडा र उनीजस्तै पीडामा रुमलिएकाचमार समुदायको परिवर्तन, भूमिअधिकारबाट वञ्चितकिसानको भोक बुझेका उनले खेलेका भूमिका जीवन्त छ ।  

बलदेव राम सामाजिकअभियानकाजिउँदा वृहस्पतिहुन् । उनको बोलीमा सत्यताथियो । त्यसैले कहिल्यै झुट बोल्नुहुन्नभन्थे । बोल्दाबोल्दै गल्ती हुँदा तत्काल आफूलाई सुधार्थे । यो कुरामा मैले गल्ती गरेँ भन्थे ।  

पीडा भोगेकाले मात्र पीडा र पीडितको मर्म बुझ्छ । अघाएकाहरूबाट भोकाहरूको हित हुँदैन । त्यसैले उनी भन्ने गर्थे– राज्यको भुइँतहदेखि माथिल्लो तहसम्म सङ्गठन र अगुवाले पहुँच बढाउनुपर्छ ।  

बलदेव राम सामाजिकआन्दोलनकाअगुवामात्रहोइनन् । मेहनतीकिसानपनिहन् । आफ्नै उत्पादनले वर्षभरी खाना पुर्याउन खेतमै खाना खाएर निरन्तर खटिरहन्थे । साथै सबै किसानहरूलाई आफ्नो खेत र करेसाबारी बाँझो नराख्न सुझाव दिन्थे । जमिनबाँझो राखेर भोको भयौँ भन्न मिल्दैन भनेर सबैलाई ऊर्जा दिन्थे ।  

जमिनदारको सम्पूर्ण काम भूमिहीन दलित परिवारले गएर गरिदिनु पथ्र्यो । दलितहरूले आफ्नो बालबच्चालाई विचल्लीबनाएर आफ्ना छोरी, बुहारी र श्रीमतीले जमिनदारको बालबच्चा जन्मँदा गएर सित्तैँमा काम गरिदिनु पथ्र्यो । समाजमा बनेका यी नियमले कसरी विभेद गरेको छ भनी बलदेव बुझ्थे, बोल्थे र अन्यायप्रति कटाक्ष गर्थे ।  

उनीजहिले पनिभन्ने गर्थे– जव समुदायमा अन्याय हुन्छ । तब मानिसमा रिस भरिँदै जान्छ । त्यो रिसमा शक्ति हुन्छ । त्यो रिसको शक्तिलाई सामूहिक आक्रोसमा बदलेर अहिंसात्मक सामाजिक आन्दोलनगर्दामात्र परिवर्तन आउँछ ।

२०५६ सालमा सप्तरीको सिनो बहिष्कार आन्दोलनको नेतृत्व गरेकाबलदेव रामले २०६१ सालदेखि राष्ट्रिय भूमिअधिकार मञ्चको अध्यक्ष रहेर भूमिअधिकार आन्दोलनको नेतृत्व गरेकाथिए ।  

जबबलदेव रामले सिनो बहिष्कार आन्दोलनको सुरुवात गरे, ठूला जातिले दलितचमार परिवारलाई नाकाबन्दी नै लगाए । खानेपानीकालागिकलधारादेखि पोखरीसमेत उपयोग गर्न वञ्चितगरियो । नाकाबन्दी र दलितचमार परिवारलाई गरिएको अमानवीयव्यवहारपछि सिनो बहिस्कार आन्दोलनझन् फैलिएको थियो ।उक्तआन्दोलनपश्चातदलितहरूले सिनो उठाउन छाडे ।  

उनले जहिले पनितीन सपना सुनाउँथे– खेतीगर्ने किसानलाई बाह्रै महिनाखानपुग्ने जमिनको व्यवस्था । वर्ग, जात, धर्म, लिंग र भूगोलकाआधारमागरिने विभेदको अन्त्य र सबैको सुरक्षितबासस्थान । उनले सुरुदेखिनै गरेको आन्दोलनको सङ्घर्ष या नेतृत्वमायीतीनै कुरा समेटेकाथिए ।

बलदेवको आक्रोस, आशा र सपना पूरा हुननपाउँदै २०७४ साउन १७गते,६७वर्षको उमेरमानिधनभयो तर उनले पु¥याएको योगदानभने जीवन्त छ ।  

बलदेवको मृत्युले समग्र सामाजिकआन्दोलनमानै धक्कालागेको छ । उनले थालेका र नेतृत्व गरेका हरेक अभियानथाती रहनु हुँदैन । जसले बलदेवको बिचार पछ्याउने वाचा गरेका छन्,अबको अभियानमाक्रियाशीलअभियन्ताहरूले तीवाचा पूरा गर्नु नैस्वर्गीय बलदेव रामप्रतिको सच्चा सम्मानहुनेछ ।

प्रकाशित: १६ श्रावण २०७७ १४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App