८ वैशाख २०८१ शनिबार
विचार

विश्वविद्यालयलाई बन्दाबन्दीले देखाएको विकल्प

केनेथ रोगोफ  

के कोभिड–१९ अन्ततः उच्च शिक्षामा लामो समय थाती रहेको प्राविधिक अभ्यासको आरम्भबिन्दु बन्दै छ ? महामारीका कारण संसारभरका विश्वविद्यालय सेमेस्टरबीच अचानक बन्द गर्नुपर्दा धेरैले रातारात दूरशिक्षा अवलम्बन गर्न बाध्य भए। विश्वविद्यालय प्राध्यापक र विद्यार्थीलाई छोटो समयमै यो नया“ पद्धतिमा काम गर्न पक्कै सहज थिएन। तथापि, यसबाट केही राम्रा परिणाम आउन सक्ने सम्भावनालाई नकार्न मिल्दैन।  

संसारका अधिकांश व्यापारिक निगमजस्तै विश्वविद्यालय पनि कसरी आफ्नो पठनपाठन सुचारु गर्ने र त्यसका लागि कस्ता योजना बनाउने भन्ने विषयमा अनेक प्रयोग गरिरहेका छन्। उदाहरणका लागि, बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले कम्तीमा सन् २०२१ को गर्मीयामसम्म सबै ‘लेक्चर’ अनलाइन माध्यमबाट हुने सूचना सार्वजनिक गरेको छ। स्टान्डफोर्ड विश्वविद्यालय लगायत केही विश्वविद्यालयले कक्षा शिक्षण र अनलाइन शिक्षण दुवै पद्धतिको मिश्रित उपाय प्रयोग गरिरहेका छन्। ती विश्वविद्यालयले एकै समयमा कम संख्यामा मात्र विद्यार्थी क्याम्पसमा सहभागी गराउने मनसायले शैक्षिक वर्ष अवधि लम्ब्याएका छन्।  

प्रस्ट हुनुपर्ने विषय, कोभिड–१९ ले उच्च शिक्षा क्षेत्रलाई पनि ठूलो आर्थिक मारमा पारेको छ। छात्रावासका कोठा रित्ता छन्। खेल रंगशालामा धुलो जमेको छ। विद्यार्थीहरू शिक्षण शुल्क तिर्न मानिरहेका छैनन्। धेरै कलेज र विश्वविद्यालयमा विदेशी विद्यार्थी (मूलतः चिनिया“ विद्यार्थी) बाट उठ्ने आम्दानी घटेको छ। आगामी दिन निकै गाह्रो हुने देखिन्छ। साना र कम लगानीका शिक्षण संस्था सधैंका लागि बन्द हुने अवस्थामा छन्।  

अब्बल मानिएका विश्वविद्यालय समेतलाई यो अवस्था सामना गर्न हम्मे परिरहेको छ। मिचिगन विश्वविद्यालयले महामारीकै कारण सन् २०२० को अन्त्यसम्म एक अर्ब अमेरिकी डलर नोक्सानी व्यहोर्नुपर्ने अनुमान गरिएको छ। हार्भर्ड विश्वविद्यालयमा अर्को वर्ष ७५ करोड अमेरिकी डलर आम्दानी घट्ने पूर्वानुमान गरिएको छ।  

त्यसो भए, कोभिड–१९ को यो झट्काले अन्ततः धेरै विद्यार्थीलाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न मद्दत गर्ला ? यो प्रश्नको  आंशिक उत्तर विश्वविद्यालयले महामारी टरेपछि प्रविधि प्रयोगलाई छेउ लगाउनेछन् वा त्यसलाई अझ उत्कृष्ट प्रयोगमा जोड दिनेछन् भन्नेमा निर्भर हुनेछ। कक्षाभित्र र बाहिर प्राध्यापक र विद्यार्थीबीच हुने अन्तक्र्रियाको महत्वलाई ध्यान दिँदा यो सहज चुनौती भने पक्कै होइन।  

४० वर्षअघि नै, म ग्राजुयट विद्यार्थी छ“दा श्रव्यदृश्य शिक्षण (आजको प्रविधि)ले विश्वविद्यालय शिक्षामा परिवर्तन ल्याउन सक्नेमा विश्वास गर्थें। उत्कृष्ट प्राध्यापक र पठन सामग्रीमा संसारभरका विद्यार्थीको (अनलाइन) पहु“च हुनु राम्रो कुरा हो। आखिरमा एउटा कक्षा कोठामा दुई सय वा त्योभन्दा बढी विद्यार्थी राखेर पढाउ“दा पनि प्राध्यापक र विद्यार्थीबीच अन्तक्र्रियाको सम्भावना निकै सीमित हुने हो।  

निःसन्देह कोभिड–१९ संकटले हामी उभिएको आर्थिक भूमिमा तीव्र र दीर्घकालीन परिवर्तन ल्याउनेछ। तर, यो महामारीले थप उत्तम र व्यापक उच्च शिक्षातिर हामीलाई डो¥याउ“छ भने यसबाट डराइरहनुपर्ने कुनै कारण छैन।

तथापि, कक्षाकोठामा विद्यार्थी राखेर शिक्षकले पढाउने पद्धतिको शिक्षण महत्व धेरै छ। त्यो पद्धतिअन्तर्गत प्राध्यापकले शिक्षण सामग्रीको व्यवस्था र व्याख्या गरेको हुन्छ। त्यही क्रममा उठ्ने प्रश्नका उत्तर दिन्छन्। रेकर्ड गरिएका लेक्चरले कक्षा शिक्षणलाई विस्थापित नै गर्न सक्ने कुुरामा म विश्वास गर्दिनँ। (रेकर्ड गरिएका शैक्षिक सामग्री कक्षामा उपयोगी हुने कुरामा भने कुनै सन्देह छैन।) धेरै संख्यामा विद्यार्थी कक्षामा राखेर पढाउनु त टिठलाग्दो नै हुन्छ। अगतिलो ‘कक्षा कोठा शिक्षण’ भन्दा राम्रो ‘रेकर्ड लेक्चर कक्षा’ उत्तम हुन्छ भन्ने मेरो विश्वास छ।  

बितेका चार दशक निकै तीव्र गतिमा बिते। तर, यो अवधिमा उच्च शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग भने सीमित मात्रामा हुन सक्यो। यसको एउटा कारण विश्वविद्यालयको प्रशासन हो, विश्वविद्यालय सञ्चालन गर्ने प्राध्यापकले नै हुन्। आफ्नो कामको माग घट्ने बाटो कसलाई रोज्न मन होला र ? निकै थोरैले मात्र यो (अनलाइन शिक्षण) बाटो छाने। प्राध्यापकलाई त्यस्ता रेकर्ड गरिएका शिक्षण सामग्रीमा आधारित पद्धतिले आफ्ना विद्यार्थीलाई रोजगारी खोज्न गाह्रो हुन सक्नेमा पनि चिन्ता छ। नया“ ऊर्जा र ताजा विचार बोकेका विद्यार्थी नै अनुसन्धानका मुख्य चालक हुन्छन्।  

विषय र संकायप्रति विद्यार्थीको आकर्षणले पनि कलेज भर्नाको चाप तल–माथि भइरहेको छ। केही विषय (जस्तै कम्प्युटर विज्ञान)को माग निकै बढे पनि अरु धेरै विषयमा विद्यार्थी संख्या ओरालो लागिरहेको छ। यसले श्रमको खपत कम गर्ने नया“ प्रविधिको प्रतिरोध बढाएको छ।  

एउटा सबभन्दा प्रमुख चुनौती यो छ, कक्षा कोठामा जस्तै विद्यार्थीको चित्त बुझाउन सक्ने रेकर्ड गरिएका गुणस्तरीय लेक्चरहरू उत्पादनका लागि लाग्ने उच्च लागत। ठूलो संख्याका लागि उपयुक्त एउटा लेक्चरको उत्पादन पनि निकै जोखिमपूर्ण र समय धेरै लाग्ने हुन्छ। यसरी रेकर्ड गरिएका लेक्चर सजिलै नक्कल गर्न सकिने भएकाले त्यसको उत्पादनमा लागेको खर्च उठाउन निकै गाह्रो हुन्छ। शिक्षा व्यवसाय थालेका धेरै मानिस (म बस्दै आएको बोस्टन र वरपरका क्षेत्रमा पनि त्यस्ता धेरै छन्) ले यस्ता समस्या समाधानको खोजी गरिरहेका छन्। अहिलेको अवस्थामा त्यसले खास कुनै प्रभाव भने पार्न सकेको छैन।  

त्यसकारण  अमेरिकी सरकारले केही निश्चित विषयमा आधारभूत रेकर्ड गरिएको वा अनलाइन कलेज सामग्री उत्पादनमा खर्च गर्नुपर्ने विषयमा छलफल गर्नु जायज छ। (त्यस्ता सामग्री सरकारले उत्पादन गरे प्रौढहरूको शिक्षामा पनि प्रयोग गर्न सकिन्छ।) गणित, कम्प्युटर विज्ञान, भौतिकशास्त्र र एकाउन्टिङजस्ता प्राविधिक विषयका परिचयात्मक अनलाइन सामग्री उत्पादनमा सरकारले पैसा खर्च गरे हुन्छ। अरू प्राज्ञिक विषय, जस्तैः मेरो विषय अर्थशास्त्रको पनि अनलाइन शिक्षण सम्भव छ।  

अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले कलेजहरू निःशुल्क बनाउने प्रस्तावको समर्थन गरेका छन्। यसले केही प्राध्यापकको सातो उडाइदिएको छ। अमेरिकाको विद्यमान विश्वविद्यालय शिक्षा प्रणालीलाई विस्तार गर्नुभन्दा अनलाइन शिक्षण पद्धतिमा सरकारले लगानी गर्नु अझ न्यायपूर्ण र प्रभावकारी हु“दैन र ? यसो गरे सबै उमेरका प्रौढलाई पनि धेरै विषय सिक्न मद्दत मिल्नेछ।  

असमानता घटाउने सबैभन्दा उत्तम तरिका भनेको उच्च शिक्षाको पहु“च फराकिलो बनाउनु हो भन्नेमा सबै सहमत छन्। समाजलाई न्यायपूर्ण र थप उत्पादनमूलक बनाउन पनि उच्च शिक्षाकै खा“चो छ।

उच्च शिक्षाले विद्यार्थीलाई जीवनका महत्वपूर्ण सिप र बुझाइले समृद्ध बनाउ“छ, जीवनलाई अझ पूर्ण र समृद्ध तरिकाले हा“क्न सिकाउ“छ। कसैले त उच्च शिक्षाले उत्तम नागरिक तयार गर्ने अपेक्षा पनि गर्छन्। उच्च शिक्षालाई सिप सिक्ने, सामाजिक तथा बौद्धिक विकासजस्ता बहुपक्षीय बनाइनुपर्छ। विद्यार्थीलाई प्रत्यक्ष भेला गर्नुपर्छ। एकै समयमै त्यस्तो भेला हुनुपर्छ भन्ने जरुरी छैन।  

असमानता घटाउने सबैभन्दा उत्तम तरिका भनेको उच्च शिक्षाको पहु“च फराकिलो बनाउनु हो भन्नेमा सबै सहमत छन्। समाजलाई न्यायपूर्ण र थप उत्पादनमूलक बनाउन पनि उच्च शिक्षाकै खा“चो छ। प्रविधि र भूमण्डलीकरण (अथवा आजभोलिको सन्दर्भमा अ–भूमण्डलीकरण) लाई थप अनुकूल बनाउन र श्रम बजारमा बदलिँदो माग पूरा गर्न पनि उच्च शिक्षाकै आवश्यकता हुन्छ।  

निःसन्देह कोभिड–१९ को संकटले हामी उभिएको आर्थिक भूमिमा तीव्र र दीर्घकालीन परिवर्तन ल्याउनेछ। तर, यो महामारीले थप उत्तम र व्यापक उच्च शिक्षातिर हामीलाई डो¥याउ“छ भने यसबाट डराइरहनुपर्ने कुनै कारण छैन।  

(लेखक हार्वर्ड विश्वविद्यालयमा अर्थशास्त्र र सार्वजनिक नीतिका प्राध्यापक हुन्। सन् २००१ देखि २००३ सम्म उनी अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख अर्थशास्त्री थिए।)

प्रोजेक्ट सिन्डिकेटबाट नीरज लवजूको अनुवाद 

प्रकाशित: २८ असार २०७७ ०५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App